धावक मीरा राइको जीवन

नारी संवाददाता

वैशाख १५, २०७३ धनकुटाको दुर्गम गाउँ दुम्माकी मीरा राईले यो वर्ष विभिन्न देशमा ४ वटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिन् । २७ वर्षकी मीराले यो वर्ष मात्र इटाली, फ्रान्स र हङकङमा भएका अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनमा प्रथम पुरस्कार जितिन् । इटालीमा ५७ किलोमिटर दौडिएकी मीरा हङकङमा ५० किलोमिटर कुँदिन् । साढे पाँच घन्टामा पूरा गरिएको उक्त दौडले उनलाई एसियन च्याम्पियनसीप दिलायो ।

१५ वर्षको उमेरमा चरम गरिबीमा परेर उनले माओवादी द्वन्द्वमा लाग्ने निर्णय गरेकी थिइन् । अनमिनले अयोग्य लडाकु मानेर हटाएपछि उनको नेपाली सेनाको जवान हुने सपना अन्त्य भएको  थियो । यद्यपि अनमिनकै निगरानीमा हुँदा गरिएको खेलकुद अभ्यासले उनलाई अन्तर्राष्ट्रिय अवार्ड मात्र दिलाएन, संसार प्रसिद्ध पनि बनाइदियो । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्