राजनीतिमा महिला

नारी संवाददाता

चैत्र ११, २०७२

मुलुकमा नयाँ शक्ति प्रवाह भएको छ । पछिल्लो समयमा आएर नेतृत्व तहमा महिला सहभागिता बढ्दो छ । त्यसैगरी राजनीतिमा पनि महिलाको विजय र पहुँच चुलिँदो छ । मुलुकको नेतृत्व तथा राजनीतिमा निर्णायक तहमा पुगेका महिलाहरूले अबका दिनमा कसरी महिला हितका कार्ययोजना तय गर्नुपर्छ भन्ने विषयमा यस पटकको नारी बहस केन्द्रित छ ।

रिता खनाल, राजनीतिज्ञ तथा सामाजिक अभियन्ता

धर्म, संस्कृति, संस्कार तथा राजनीतिमा हरेक हिसाबले पछि पारिएका नेपालीमहिला राजनीतिक नेतृत्वमा आउनु कठिन कार्य हो । जमिन, जल र जंगलको नेतृत्व महिलाले गर्छन् तर आफूले जन्माएको व्यक्तिबाटै महिलाले बलात्कृत हुनुपरेको स्थिति पनि छ । स्वतन्त्र ढंगले भन्दा पनि पुरुषसँगको सहकार्य र संरक्षण प्राप्त गरेका महिला राजनीतिमा सहज रूपमा अघि बढेका पाइन्छन् । स्वतस्फुर्त रूपमा आउने महिलालाई नेतृत्वमा टिक्न गाह्रो छ । पुरुष समकक्षी समान हैसियतभएकामहिलाले नेतृत्वप्राप्तगर्न सकेका छैनन् तसर्थ अब योग्यता र क्षमताको मूल्यांकनहुनु आवश्यक छ । राजनीतिमाअपराधीकरण घट्नुपर्छ । राजनीतिमा आउने व्यक्ति परनिर्भर होइन हरेक प्रहार चिर्न, थेग्न सक्षम हुनुपर्छ । राजनीति गर्ने महिलाको चरित्रहत्यागरिन्छ तर पुरुषको चरित्र हत्या हुँदैन । शिक्षा र चेतनाद्वारा राजनीतिमा आउने महिलाले छुटेका महिला मुद्दा, हकहित एवं अधिकारमा केन्द्रित हुनुपर्छ ।

निर्मला भण्डारी, अधिवक्ता

वि.सं. २०७२ को संविधानले समावेशी सहभागिताको कुरा उठाएको हो । वि.सं. ०४७को अन्तरिम संविधानले ५ प्रतिशत महिलाको कुरा गर्‍यो । नीतिगत रूपमामहिला सहभागिताको कुरा त्यहाँबाट सुरु भयो । ०६२–६३ को आन्दोलनमा महिलाको व्यापक सहभागिताले ३३ प्रतिशतको कुरा ल्यायो । हाल २८ दशमलव सातनौ अर्थात् लगभग २९ प्रतिशत सहभागिता भैसकेको छ । यो सहभागितालाई राम्रै मान्नुपर्छ । अब गुणात्मक सहभागितामा केन्द्रित हुनुपर्ने बेला आएको छ । महिलाहरू परिणाम होइन पहुँचमा पुग्नु आवश्यक छ । आर्थिक सशक्ततता अर्को सर्त हो । ०७२ को संविधानले मुलुकका हरेक निकायमा ३३ प्रतिशतको सुनिश्चितता गरेको भन्ने भ्रम छ जुन सत्य होइन । व्यवस्थापिका (कानुनबनाउने स्थान) मामात्र ३३ प्रतिशत सुनिश्चितता गरिएको छ तर स्थानीय तह, न्यायिक क्षेत्र, प्रशासनिक क्षेत्र, मन्त्रिपरिषद् (कार्यपालिका) मायसको सुनिश्चितता छैन । नेतृत्वतहका राजनीतिज्ञमा संरचनात्मक ज्ञानको कमी छ । उनीहरूमा हरेक कुरामा सचेतना र जानकारी हुनुपर्छ । बोलीमा भन्दा व्यवहारमा जोड दिनुपर्छ ।

कविता अधिकारी, सञ्चारकर्मी

मैले राजनीतिज्ञहरूसँग लाइभ टक शो चलाएको ६ वर्षको अन्तरालमाकमै महिला मात्रक्षमतावान् भेटेकी छु । केहीमहिला नेतृबाहेक अन्य अन्तर्वार्ताका लागि बोलाउँदा घरमा पाहुना आएको, बच्चा बिरामीभएको, आफैं अस्वस्थ भएको भनेर टार्छन् । नेतृत्वमा उनीहरूको पहुँच छैन । अन्तर्वार्तामा ठूला कुरा गर्छन् तर पार्टीभित्र सोही तरिकाले काम गर्दैनन् र गर्ने वातावरण पनि छैन । राजनीति गर्ने महिला–महिलाबीच लडाइँ छ । एउटी नेतृको अन्तर्वार्ता गर्‍यो भने अर्की नेतृले त्यसको किन अन्तर्वार्ता लिएको भनेर प्रतिक्रिया दिने सम्मका कुरा पनि हुन्छन् । यस्तो संस्कृतिको अन्त्य हुनुपर्छ । महिला राजनीतिज्ञहरू समग्र महिलाका लागि एक हुनुपर्छ ।

कृष्ण कुमारी बस्नेत, प्राध्यापक, त्रिचन्द्र क्याम्पस

राजनीति गर्ने महिला कतिपय अवस्थामा आफ्नै कारणले पछाडि परेका छन् । आफ्नो क्षमता र प्रस्तुति देखाउन नसकेका कारण उनीहरू यसरी पछाडि पर्ने गरेका छन् । गुणस्तरीय राजनीतिज्ञ उत्पादन हुन नसकेका कारण आजमु लुकको राजनीति धराशायी भएको छ । यसको मुख्य सर्त शिक्षा हो । क्षमतावान् नेता उत्पादन हुनुपर्छ । नेपालको ट्रेन्ड विपक्षी पार्टीको नेताको भावनाको कदर नगर्ने खालको छ । विपक्षीले राम्रो काम गरेको छ भने त्यसलाई स्वीकार गर्न सक्नुपर्छ । सक्षम र क्षमतावान्ले नेतृत्व गरेको खण्डमा महिलाका समग्र विषयलाई उत्पादन मूलक ढंगले प्रस्तुत गर्न सकिन्छ । महिलाहक, अधिकार एवं विकासका लागि आवाज उठाउनु र कार्यान्वयनग र्नु अहिले आएका महिला राजनीतिज्ञहरूको जिम्मेवारी हो ।

उमा शिवाकोटी, पूर्व सह–महामन्त्री ने.वि.संघ 

हिजो महिलाहरू राजनीति, नर्सिङ, प्रहरी एवं सौन्दर्य आदि क्षेत्रमा आउँदा समाजको दृष्टिकोण संकुचित थियो । अहिले आएर यिनै पेसामा महिलाको क्रेज बढ्दो छ । चुल्हो–चौकोबाट हामी सम्मानित स्थानमा आइपुगेका छौं । २९ प्रतिशत महिला सभास दहुने क्रममा अझैसम्म हामी महिला दोहोरो भूमिका निभाउनु पर्दा कठिन परिस्थितिमा छौं । तीसौं वर्ष राजनीतिमा होमिएकी महिला विवाह गरी आमा बनेपछि सारा करियर ओझेलमा पर्छ । जीवनभर राजनीतिन गरेकाहरू जीवनको उत्तरार्धमा आएर पैसाको बलमा नीति निर्माणको तहमा पुग्छन् । यस्तो प्रवृत्तिले हामी राजनीतिमै जीवन समर्पण गरेकाहरूलाई घात हुन्छ । अर्को कुरा राजनीतिमा हामी पुराना हौं भन्ने अनि समयअनुसार परिवर्तन हुन नसक्ने सोचले नयाँ पुस्तालाई आघात पुर्‍याएको छ ।

प्रस्तुति : लक्ष्मी भण्डारी थापा

विशेष सहयोग : विमिन एक्ट (रूपान्तरणका लागि महिला ऐक्यबद्धता), भाटभटेनी, टंगाल 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्