आयतन स्पा

नारी संवाददाता

फाल्गुन २०, २०७२ आयतन स्पा बाँसबारीस्थित साम्बाला होटलमा छ । दुई तल्लामा विभाजित यो स्पा शान्त, स्वच्छ तथा आकर्षक संरचनायुक्त छ । सज्जा मात्र होइन यहाँ प्रदान गरिने सेवा पनि उत्कृष्ट छ । स्पाका लागि मापदण्ड पूरा गरी यसको संरचना तयार गरिएको छ । यो स्पामा आफूलाई पुन: डिस्कभर गर्न सकिन्छ । यहाँको शान्त वातावरणमा तालिम प्राप्त थेरापिस्टले दिएको थेरापीले मानिसलाई शारीरिक एवं मानसिक रूपमा फ्रेस बनाउँछ । यहाँ तालिम प्राप्त थेरापिस्टहरूबाट क्लासिक, स्वीडिस, थाई तथा इन्डियन मसाज गरिन्छ । यो स्पा हप्ताको सातै दिन बिहान १० बजेदेखि राति ८ बजेसम्म खुल्छ । यहाँ प्याकेजलाई विभिन्न नाम दिइएको छ जसको सेवा पनि फरक–फरक छ । 

विशेषता  

सिंगल तथा कपल्सका लागि सुइट मसाज रुम उपलब्ध छ । 

ज्याकुजी, सौना र स्टिम मेल तथा फिमेलका लागि अलग–अलग छ । 

विभिन्न हर्बल जडीबुटीबाट फेसियल, बडी तथा फुटको उपचार गरिन्छ । 

यहाँ सेवाका लागि चाहिने अत्यावश्यक सामग्री उपलब्ध गराइन्छ । 

ग्राहकहरूको रुचिलाई ध्यानमा राखी प्याकेजको व्यवस्था गरिएको छ । 

सेवा

स्वीडिस फेसियल 

हेड एण्ड सोल्डर मसाज 

शिरोधारा 

हेयर स्पा 

बडी स्क्रब तथा पोलिस 

बडी र्‍याप 

स्वीडिस बडी मसाज 

हट स्टोन थेरापी 

मेनिक्योर 

पेडिक्योर 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्