आर्चिजमा भ्यालेनटाइन गिफ्टको बाहार

सरस्वती कटुवाल

माघ २८, २०७२आउटलेट : आर्चिज नयाँ बानेश्वर, पुरानो शिवदर्शन हलअगाडि (तयार)

विशेषता : उपहार सामग्रीका लागि विशेष गन्तव्य । 

एउटै छानामुनि खोजेजस्तो आकर्षक र सुपथ मूल्यमा उपहार सामग्री तथा अन्य एसेसरिजहरू पाइने ठाउँ हो–आर्चिज । यहाँ युवायुवतीहरूका लागि गुणस्तरीय तथा आकर्षक सामान उपलब्ध छन् । विगत एक वर्षदेखि संचालित आर्चिजमा मेकअप आइटम, घडी, ज्वेलरी, सन ग्लास, बालबालिकाका खेलौनाहरूका साथै सबै प्रकारका वर्थ डे आइटम उपलब्ध छन् । सेवाग्राहीलाई पारिवारिक वातावरणमा सामान उपलब्ध गराइने आर्चिजका सुशील अग्रवालको भनाइ छ । यहाँ कुनै पनि विशेष दिनमा आफ्नो प्यारो मानिस, परिवारका सदस्य तथा साथीभाइलाई दिन योग्य उपहार खरिद गर्न सकिन्छ । बालकदेखि वृद्धसम्मका लागि उपहार सामग्री एकै ठाउँमा उपलब्ध हुनु आर्चिजको प्रमुख विशेषता हो । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्