बालबालिकाहरूको हाई एक्सपेक्टेसन

नारी संवाददाता

पुस १६, २०७२सबैभन्दा पहिले सर्वेक्षणको एउटा नतिजा हेरौं ।

–वर्ष २००६ मा लगभग ६ हजार स्कुले बालबालिकाले आत्महत्या गरे ।

–वर्ष २००९ सम्ममा यो आँकडा अरू बढ्यो ।

–स्कुले बालबालिकामा बढ्दो डिप्रेसन र डिस्ट्रेसका घटना ।

–सेन्टर्स फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको रिपोर्टअनुसार एक्सिडेन्ट र होमिसाइडपछि १५ देखि २४ वर्षको उमेरबीच आत्महत्याबाट मृत्यु तेस्रो सबैभन्दा ठूलो कारण हो ।

–बालबालिकामा आक्रामक शैली पनि बढ्दो छ ।

उपर्युक्त तथ्यांकले हाम्रो बढ्दो अपेक्षाले कुन रूपमा बालबालिकाको अबोध बालापन पिल्सिँदै गएको छ भन्ने कुरा बताउँछ । बढ्दो डिप्रेसन र आत्महत्याको सबैभन्दा ठूलो कारण हो एकेडेमिक प्रेसर, बालबालिकाबाट हाई एक्सपेक्टेसन, ट्युसन र कोचिङको बढ्दो बोझ एवं हाम्रो बदलिँदो लाइफ स्टाइलबाट प्रभावित हुँदै गएको हाम्रो सम्बन्ध ।

विशेषज्ञहरूका अनुसार

–अभिभावकको प्रेसरबाट बालबालिकामा डरको भावना उत्पन्न हुन्छ । बालबालिकाले अभिभावकको चाहनाअनुसार नम्बर ल्याउन सकेनन् भने उनीहरू डराउँछन् ।

–बालबालिकाहरू असफलताका कारण कुनै नयाँ काम गर्न डराउँछन् जसबाट उनीहरूको विकास अवरुद्ध हुन्छ ।

–उनीहरू हरेक कुराका लागि अभिभावकहरूमाथि निर्भर हुन पुग्छन् ।

–जुन बालबालिकामाथि अभिभावकको बढी प्रेसर हुन्छ, उनीहरू समाजमा बढी घुलमिल हुन सक्दैनन् । अभिभावकहरू हरेक समय उनीहरूमाथि हाबी हुन्छन् ।

–बालबालिकामा राम्रो अंक ल्याएर प्रथम भएँ भने आमाबुबाले मलाई बढी माया गर्छन् भन्ने चाहना विकसित हुन्छ । यदि उक्त चाहना पूरा भएन भने उनीहरू चिन्तित हुन्छन् र डिप्रेसनको सिकार बन्न पुग्छन् ।

–जब आमाबुबाले उनीहरूको तुलना अन्य बालबालिकासित गर्छन् तब उनीहरू आफू अरूभन्दा कम योग्य भएको महसुस गर्छन् । यही सोचले कतिपय अवस्थामा गम्भीर समस्या सिर्जना हुन सक्छ ।

अभिभावकले के गर्ने ?

–बालबालिकाको क्षमता पहिचान गर्नुपर्छ । उनीहरूले कम परिश्रम गरेका भए बढी परिश्रम गर्ने प्रेरणा दिनुपर्छ ।

–अभिभावकहरूले हामीले जस्तो चाहन्छौं, बालबालिकाहरूले पनि त्यस्तै गर्नुपर्छ भन्ने सोच राख्नु हुँदैन ।

–बालबालिकाको तुलना कसैसित गर्नु हुँदैन । यसले बालबालिकाको आत्मसम्मान एवं आत्मविश्वासमा चोट पुर्‍याउँछ ।

–स्कुल र ट्युसनका बीच फ्रि टाइम दिनुपर्छ । उनीहरूसित पढाइ, चाहना र अन्य गुणका बारेमा पनि चर्चा र प्रशंसा गर्नुपर्छ ।

–उनीहरू उदास भए, मुड वा व्यवहारमा परिवर्तन आए बेवास्ता गर्नु हुँदैन, आवश्यकताअनुसार सहयोगी व्यवहार गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्