जाडोमा पनि स्वस्थ रहौं

नारी संवाददाता

पुस १०, २०७२

क्रिम बेस्ड उत्पादनको प्रयोग जाडो मौसमको प्रारम्भदेखि नै गर्नुपर्छ । यसमा क्रिम बेस्ड गाढा मोइस्चराइजरको प्रयोग जरुरी हुन्छ । वाटर बेस्ड उत्पादनको ठाउँमा गाढा उत्पादन प्रयोग गर्नुपर्छ । यसैगरी आफ्नो छालाबाट मोइस्चराइजर हटाउन पहिले भन्दा हल्का र जेन्टल फेसवासको आवश्यकता पर्छ । यसबाट छालाको प्राकृतिक नरमपन कायम रहन्छ । मोइस्चराइजर भएको सनस्क्रिन प्रयोग गर्नुपर्छ । मुहारबाट मेकअप हटाउँदा पनि मोइस्चराइजरयुक्त क्लिन्जर प्रयोग गर्नुपर्छ । यदि छाला संवेदनशील एवं रुखो छ भने हल्का मोइस्चराइजिङ साबुन प्रयोग गर्नु उपयुक्त हुन्छ । 

तेल मालिस : मालिसका लागि सुतेर उठेपछि १५ मिनेट समय निकाल्नुपर्छ । तेललाई मनतातो गरी सम्पूर्ण शरीरमा लगाउनुपर्छ । यसलाई मुहार र शिरमा पनि प्रयोग गर्नुपर्छ । यो कामसँगै दिनहुँ गरिने अखबार पढ्ने, नास्ता बनाउने आदि काम सम्पन्न गर्न सकिन्छ । यो प्रक्रियालाई सातामा दुई दिन मात्र गरियो भने पनि छाला लामो समयसम्म स्वस्थ रहन्छ । यसको प्रभाव जाडोमा मात्र होइन त्यसपछि पनि देख्न पाइन्छ । मालिसका लागि नरिवलको तेल सबैभन्दा उपयुक्त हुन्छ । यसले छाला र शरीर दुवैलाई फाइदा मिल्छ । 

एक्सफोलिएट : जाडो मौसममा छालालाई सुख्खापनबाट जोगाउन क्रिम र तेल प्रयोग गरिने भएकाले कतिपय अवस्थामा छालाको रोमछिद्र बन्द हुन्छ । यसबाट छालालाई हुने नोक्सानबाट जोगाउन हरेक दिन दस मिनेटमा एकपटक एक्सफोलिएट गर्नुपर्छ । छालाको मृतकोशिका हटाउन र त्यसलाई सफा गर्न प्रयोग गरिने यो प्रक्रियाबाट छाला कोमल हुन्छ, रोमछिद्र खोलिन्छ तथा चायाा–पोतो हट्छ । 

पानीसित प्रेम गरौं : जाडो मौसममा कम पानी पिइन्छ । त्यसैले पनि छालाको डिहाइड्रेसन बढ्छ र छाला सुख्खा हुन्छ । जाडो मौसममा पसिना नआउने भएकाले तिर्खाको अनुभूति पनि कमै हुन्छ तर तिर्खा नलाग्नुको अर्थ पानी पिउनु आवश्यक छैन भन्ने होइन । यदि चिसो पानी पिउन सकिँदैन भने मनतातो पानी पिउनुपर्छ । पानी एकपटक तताएपछि थर्मसमा राखेर प्रयोग गर्न सकिन्छ । छालाको नरमपन कायम राख्न र ओठलाई फुट्नबाट जोगाउन बारम्बार पानी पिउनुपर्छ । 

सन्तुलित आहार : यदि भित्रबाट स्वस्थ महसुस गरियो भने बाहिरबाट पनि स्वस्थ देखिन सकिन्छ । राम्रो स्वास्थ्य स्वस्थ शरीरबाट नै सम्भव छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्