नया प्रयोग

नारी संवाददाता

पुस ७, २०७२

कोरियामा लामो समय हेयर एक्सटेन्सन एण्ड डेडलकलगायत ब्युटिपार्लरसम्बन्धी अध्ययन गरेर नेपाल आएपछि सुरु भयो सान्द्रा ब्युटी क्लबको सेवा । पोखरा होम टाउन भएकी पुनले अहिले पोखरा र काठमाडौंका विभिन्न सहरमा ब्युटी क्लब सञ्चालनमा ल्याइन् । यसबीच उनी नयाँ स्पेशल कोर्सका लागि अस्ट्रेलिया जाने तयारीमा छिन् । आगामी दिनमा विश्वमा चलेको नयाँ ट्ेरन्ड नेपालमा पनि ल्याउन सकिने उनको दाबी छ ।  विभिन्न टेक्नोलोजीको विकास र  बिस्तार भएपछि काममा सहज भएको छ । यो क्षेत्रमा मानिसहरूको आकर्षण बढेको छ । विश्वमै चलेका उत्कृष्ट ब्रान्डका मेसिनमार्फत काम हुन थालेको छ । हेयर रिमुभ गर्ने, आइब्रो प्लान्टेसन गर्ने मेसिनहरू नेपालमा भित्रिसकेका छन् । ब्युटिसियनको सेवा अत्यावश्यक बन्दै गएको व्यवसायी सान्द्रा पुन बताउँछिन् । यो क्षेत्रमा जे–जति प्रगति र सकारात्मक प्रभाव देखिएको छ त्यो महिलाहरूको आत्मनिर्भर र निरन्तरताको उपज हो । जीवनशैलीसँग जोडिएको क्षेत्र भएकाले यसको विकास र प्रवद्र्धनमा संवेदनशील भएर लाग्नु आवश्यक छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्