अंगुरबाबालाइ जगदम्बाश्री

लक्ष्मी भण्डारी थापा

मंसिर १३, २०७२ जगदम्बाश्री पुरस्कार अंगुरबाबालाइ 

यस बर्षको मदन पुरस्कारबाट ‘खुसी’ पुस्तकका लागि विजयकुमार पाण्डे र जगदम्बाश्री पुरस्कारबाट शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनुभएका अङ्गुरबाबा जोशी सम्मानित भएका छन । मदन पुरस्कार गुठीले आज एक समारोहबीच उनीहरुलाई सम्मान गरेको हो । प्रत्येक वर्ष दसैँको बेला प्रदान गरिंदै आएको सो पुरस्कार यसपटक भारतको नाकाबन्दीका कारण आजका दिन कार्यक्रम गर्नुपरेको गुठीका प्रमुख कमलमणि दीक्षितले जानकारी दिनुभयो ।

पुरस्कार ग्रहण गर्दै जोशीले आफूले प्राप्त गर्ने गरेको कुनै पनि सम्मान रकमलाई समाजसेवामा खर्च गर्दै आइरहेको बताउँदै अहिले प्राप्त पुरस्कार रकम रु दुई लाखमध्ये एक लाख नेपालको इतिहासमा पहिलोपटक स्थापना भएको गार्गी कन्या गुरुकूल र अर्को एक लाख अन्य समाजसेवामा खर्च गर्ने बताएका छन ।

यसैगरी अर्का सम्मानित व्यक्तित्व पाण्डेले पुरस्कार प्राप्त गर्ने उद्देश्यले आफूले पुस्तक नलेखेको भए पनि पुस्तकले धेरैलाई प्रेरणा दिएकाबारे थाहा पाउँदा अत्यन्त खुसी लागेको बताए । स्वर्गीय जनरलब मदनशंसेरको सम्झनामा मदन पुरस्कार २०१२ सालदेखि र रानी जगदम्बाको स्मृतिमा जगदम्बाश्री पुरस्कार २०४५ सालदेखि प्रदान गरिँदै आएको हो । सो पुरस्कारको राशि रु दुई/दुई लाख रहेको छ 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्