बिजुलीको सदुपयोग गरौं

लक्ष्मी भण्डारी थापा

मंसिर ११, २०७२बिजुलीको सदुपयोग गरौं 

–एनर्जी सेविङ बल्ब, ट्युवलाइट र ल्याम्प प्रयोग गर्नुपर्छ । यसबाट बिजुलीको बिलमा धेरै हदसम्म बचत हुन्छ । 

–घरमा कुल खपत हुने बिजुलीका बारेमा बुझ्नुपर्छ । 

–कम्प्युटर उपयोग गर्दा बिजुली धेरै खपत हुन्छ । अत: प्रयोग नगरिँदा स्लिप मोडमा राख्नुपर्छ । 

–इलेक्ट्रोनिक्स ग्याजेट्सको प्रयोग भएको छैन भने तिनलाई अफ गर्नुपर्छ । एसी, पंखा र कुलरलाई पनि व्यर्थमा चल्न दिनु हुँदैन । यिनको सरसफाइ गरिरहनुपर्छ । 

–हरेक मौसममा आफ्नो घरको प्रकाश व्यवस्थामा ध्यान पुर्‍याउनुपर्छ । घरमा प्राकृतिक प्रकाशको व्यवस्था मिलाउनुपर्छ । गर्मीमा हल्का रंगको पर्दाले घरलाई राहत प्रदान गर्छ भने चिसोमा गाढा रंगको पर्दाले गर्मी प्रदान गर्छ । एसी, हिटर एवं कुलर आदि हरेक ग्याजेटको प्रयोग आवश्यकताअनुसार मात्र गर्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्