Teej banner

अन्तराष्टिय प्याजेनमा मिस नेपालका तीनै जना

नारी संवाददाता

कार्तिक १, २०७२ यस वर्षका मिस नेपालका साथमा फस्ट रनर अप तथा सेकेन्ड रनरअपले आफूले प्रतिनिधित्व गर्ने छुट्टाछुट्टै तीन अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा प्रतिस्पर्धाका लागि जाने तयारी पूरा गरेका छन् । मिस वल्र्डमा भाग लिनका लागि मिस नेपाल इभाना मानन्धर मंसिर ५ मा चीनको सान्या प्रस्थान गर्नेछिन् भने मिस अर्थमा सहभागी हुन मिस नेपाल फस्ट रनरअप दिव्यता वैद्य मंसिर १ मा अस्ट्रियाको भियना र सेकेन्ड रनरअप मेधा कोइराला मिस इन्टरनेसनलका लागि शनिबार नै जापान उड्कि छिन् । मिस इन्टरनेसनल कातिर्क १९ मा सम्पन्न हुँदै छ । हिडेन ट्ेरजरले तीनै सुन्दरीको अन्तिम तयारी पूरा भइसकेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मिस नेपालका उत्कृष्ट तीनले नै आफ्ना अन्तर्राष्ट्रिय स्पर्धाका लागि झन्डै पाँच महिनादेखि कडा प्रशिक्षण गरेको आयोजक हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले जनाए ।  मिस इन्टरनेसनलकी प्रतियोगीका रूपमा मेधाले पनि मुस्कान शीर्षकमा भिडियो प्रस्तुति तयार पारेकी छन् । उनले मुस्कान सेवा नेपालका १३ अनाथ बालबालिकालाई नेपाल म्युजिक सेन्टरमा संगीत प्रशिक्षणमार्फत् भूकम्पपछिको मनोवैज्ञानिक त्रास हटाउन र क्षमता अभिवृद्धिका लागि सघाएकी थिइन् । त्यसबाहेक मेधाले झ्याउरे तामाङ सेलो मिक्स डान्स प्रस्तुत गर्ने र एकल गायनको प्रस्तुति दिनेसमेत तयारी पूरा गरेको बताइन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्