Teej banner

पार्टीको तयारी

झरना नहर्की

आश्विन २८, २०७२ पार्टीको योजना समय लिएर गर्नुपर्छ ।घरको सजावटमा ध्यान दिनुपर्छ । सजाउने सामग्री महँगो हुनुपर्छ भन्ने छैन । यसले घरलाई आकर्षकचाहिँ बनाउनुपर्छ । घरमा रहेका सामानहरू पनि सफा गरेर राख्नुपर्छ ।पाहुनहरूलाई पार्टीमा ३ दिन पहिलेदेखि निमन्त्रणा गर्नुपर्छ । यसो गर्दा आउने पाहुनालाइ असुविधा हँुदैन ।खाना खान घरमा पाहुनालाई बोलाउँदा सकेसम्म परिवारसहित बोलाउनुपर्छ ।पार्टी गर्दा बजेट बनाउनुपर्छ । यसले गर्दा राम्ररी बिना दुविधा किनमेल गर्न सकिन्छ ।

पार्टी आयोजना गर्ने भए किनमेल चाँडै गर्नुपर्छ । पार्टीको तयारी अन्तिम समयसम्म राख्नु हँुदैन ।

पार्टीमा फर्न म्युजिक तथा इन्टरटेनमेन्टको व्यवस्था मिलाउनुपर्छ ।रक्सी जुवाले पार्टीको माहौल खराब बनाउनु हुँदैन ।पार्टीलाई रमाइलो बनाउन विभिन्न खेल योजना गर्न सकिन्छ ।चाडपर्वलाई खुसीयाली रूपमा मनाउनुपर्छ ।

तस्वीर: नवराज वाग्ले

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्