मिस टिन अजिना र अनुष्का

सिर्जना दुवाल श्रेष्ठ

आश्विन ८, २०७२

 

अजिना कार्की र अनुष्का कार्की झट्ट नाम सुन्दा दिदीबहिनी जस्तै लाग्छन् । उनीहरू साथीजस्तै छन्, सँगै हिँड्छन्, कुराकानी गर्छन् तर उनीहरूको चिनजान भने डेढ महिनाअघि मिस टिनका क्रममा मात्र भएको हो । दुवै कार्की भए पनि अजिना सुनसरीकी हुन् भने अनुष्का सुर्खेतकी । अहिले यी दुई बेस्ट फ्रेन्ड भएका छन् । अजिना मिस टिन–२०१५ की विजेता हुन् भने अनुष्का फस्ट रनर अप । नारीको आधा जीवन कसले सफल बनाउँछ बुवा, श्रीमान् वा छोराले ? भन्ने प्रश्नमा अजिनाले श्रीमान्ले सफल बनाउँछन् भन्ने व्यावहारिक उत्तर दिएर मिस टिनको शीर्ष उपाधि जितेकी हुन् । चुलबुले स्वभावका अजिना र अनुष्का दुवै मिस नेपाल, मिस वल्र्डजस्ता प्रतियोगिता हेरेर आफ्नो शिरमा पनि क्राउन सजिएको सपना देख्थे । अजिनाको सपना मिस नेपाल हुनेछ भने अनुष्का टप मोडल हुन चाहन्छिन् । नाच्न, गाउन, घुम्न, पढ्न एवं बोल्न रुचाउने अजिना सबै किसिमका संगीतमा रमाउँछिन् । उनी अहिले समाज डेन्टलमा सीडीएस प्रथम वर्षमा अध्ययनरत छिन् । अनुष्का भने प्स टु दिएर बसेकी छिन् । उनी एमबीबीएस गर्ने योजनामा छिन् । नाच्न र गीत गाउन रुचाउने अनुष्का सुर्खेत जिल्लाव्यापी डान्सिङ स्टारकी विजयी पनि हुन् ।

 

तस्बिर : महेश प्रधान

मेकअप : जुनु चक्रधर, जुम ब्युटिपार्लर, कानदेवस्थान, कुपन्डोल

पहिरन : पिजे क्लब, कुमारीपाटी तथा सिभिल मल

लोकेसन : अरोमा स्वीमिङ पुल, सानेपा  

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्