बाथरुम डेकोर

रोजिन शाक्य

भाद्र २०, २०७२

सम्पूर्ण घरमा बाथरुम नै त्यस्तो एउटा निर्देशित स्थान हो, जहाँ हामी अत्यन्त निजी क्षण बिताउँछौं । अत: यो विशेष स्थानलाई अझ सुन्दर बनाउनु आवश्यक छ ।

स्पेस मेनेजमेन्ट

–बाथरुम सानो छ भने बाथरुम एसेसरिजको छनोटमा अत्यन्त ध्यान पुर्‍याउनुपर्छ ।

–बाथ टबमा सानो बाथ सावर प्रयोग गर्नुपर्छ ।

–बाथरुममा सिन्क वा बेसिन राख्नु उचित मानिँदैन, यसबाट स्थानको बचावट हुन्छ ।

–भुइँ र भित्ताका लागि अलग–अलग कलर छनोट गर्नुुहुँदैन । यसबाट बाथरुम सानो देखिन्छ । सिंगल तथा लाइट कलर प्रयोग गर्दा ठाउँ ठूलो देखिन्छ ।

–स–साना टायल प्रयोग गर्दा पनि ठाउँ ठूलो देखिन्छ ।

–सेल्फ, क्याबिनेट्स र बेनिटी टप जडान गर्दा ती सबै सामग्री भर्टिकल लाइनमा कमभन्दा कम हुन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । कारण यसबाट बाथरुमको हाइट देखिए पनि फ्लोर एरिया सानो देखिन्छ ।

–बाथरुममा उक्त युनिट्स समानान्तर लाइनमा लगाउनुपर्छ । यसबाट बाथरुम ठूलो देखिन्छ ।

–फ्लोरदेखि सिलिङसम्म छुने ठूलो ऐनाले पनि कोठाको उचाइ बढाउँछ ।

–प्रोफेसनल कलर, टेक्सचर तथा प्याटर्नलाई यसरी प्रयोग गर्नुपर्छ कि त्यसले ठाउँ ठूलो देखियोस् ।

टाइल्स

–टाइल्सको छनोट त्यसको टेक्सचर हेरेर गर्नुपर्छ । चम्किलो, ग्लेन्ड, पोलिस्ड टाइल्स आकर्षक देखिन्छ र सहज रूपमा सफा पनि हुन्छ । यद्यपि यो चिप्लो हुने भएकाले यसलाई फ्लोरको साटो भित्तामा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

–बाथरुमका लागि सेरामिक टाइल्स विविधता र टिकाउपनका कारण सबैभन्दा बढी रुचाइन्छ ।

–टाइल्सको छनोट तिनको नमी सोस्न सक्ने क्षमताअनुसार गर्नुपर्छ ।

–प्राकृतिक स्टोन्स जस्तै मार्बल, ग्रेन्जइट वा स्लेट पनि प्रयोग गर्न सकिन्छ । यसमा दाग लाग्दैन र टिकाउ पनि हुन्छ । प्राकृतिक स्टोन्सलाई लामो स्लेबका रूपमा वा टाइल्सको आकारमा काटेर लगाउन सकिन्छ ।

रंग

–बाथरुमका लागि यस्तो रंग छनोट गर्नुपर्छ, जुन सुन्दर हुनुका साथै टिकाउ पनि होस् ।

–साधारण पेन्ट लगाउँदा भित्ताको कमी–कमजोरी लुक्छ, तर सफा गर्न गाह्रो हुन्छ ।

–बाथरुमको भित्ताका लागि ग्लस वा सेमिग्लस पेन्ट बेस्ट च्वाइस हो । 

–बाथरुमको भित्ताको मुनिबाट आधा दूरीसम्म आफ्नो रोजाइको टाइल्स लगाउनुपर्छ । यसो गर्दा नुहाउँदा उड्ने पानीले भित्ता खराब हुँदैन । टाइल्सलाई केही दिनको अन्तरालमा सफा गरिरहनुपर्छ ।

बाथ टब

–बाथ टब साधारणतया २ सय लिटरदेखि १ हजार लिटरसम्मको क्षमतामा पाइन्छ । अत: आफ्नो बाथरुमको साइजको हिसाबबाट बाथ टब छनोट गर्नुपर्छ ।

–फाइबर ग्लास बाथ टब कम मूल्यमा पाइन्छ, तर त्यसको साटो गुणस्तरीय एक्रेलिक बाथ टब छनोट गर्नुपर्छ जुन बढी राम्रो र टिकाउ पनि हुन्छ । यसको रंग फिक्का हुँदैन ।

–बाथ टबमा तातोपानी राख्ने हो भने ‘इन लाइन हिटर’ युक्त अप्सन छनोट गर्नुपर्छ, जसले बाथ टबमा तापमान तबसम्म कायम राख्छ जबसम्म आफू बाथ टबमा बसिन्छ ।

–बाथ टबमा सिंगल स्पिड पम्पको साटो मल्टी स्पिट पम्पको विकल्प छनोट गर्नुपर्छ ।

सेफ्टी रुल्स

–बाथरुममा चिप्लिएर लडे चोटपटक लाग्छ । बाथरुममा बाथ टब छ भने त्यसमा जाँदा वा निस्कँदा चोट लाग्न सक्छ । 

–दुर्घटनाको जोखिम कम गर्न बाथरुममा विशिष्ट स्थानमा बार लगाउनुपर्छ । त्यही बारलाई समातेर हिँड्ने वा उठ्ने काम गरे लड्ने वा चिप्लने सम्भावना कम हुन्छ ।

–टेम्प्रेचर कन्ट्रोल वाटर हिटर वा गिजर जडान गर्नुपर्छ । साधारणतया गिजरको तापक्रम ६५ डिग्रीमा सेट हुन्छ । यसले गर्दा स–साना बालबालिकालाई पानीले पोल्न सक्छ । त्यसैले गिजरको तापमान ४८ डिग्रीमा सेट गर्नुपर्छ ।

–बाथ टब वा सावरमा टेम्प्रेचर वा प्रेसर रेगुलेटेड भल्भ लगाउनुपर्छ, यसबाट पानीको तापक्रममा अचानक परिवर्तन आउन पाउँदैन ।

–औषधि वा क्लिनिङ प्रोडक्ट्स बाथरुममा राख्नुहुँदैन । यदि राख्नु नै छ भने सबैभन्दा माथिल्लो क्याबिनेटमा ताला लगाएर राख्नुपर्छ जसले गर्दा बालबालिकाको हात त्यहाँसम्म पुग्न सक्दैनन् ।

–बाथरुमको इलेक्ट्रिकल वायरिङ र अर्थिङ ठीक तरिकाले गराउनुपर्छ रं समय–समयमा चेक  गरिरहनुपर्छ ।

साबर

–साबरमा धेरै विकल्प उपलब्ध छन् । पहिलेको सिंगल फिक्स्ड वाल साबरबाहेक आजभोलि केसेड, एरिएटेड, वाइड कवरेज, सफ्ट र मसाज टाइप साबर पनि उपलब्ध छन् जसबाट क्लिनिङ र मसाज दुवै हुन्छ ।

–फिक्स्ड वाल साबर एउटै उचाइमा भए बालबालिकालाई नुहाउँदा कठिन हुन्छ । आजभोलि ‘एड्जस्टेबल साबर’ पाइन्छ, जसलाई तलमाथि गर्न सकिन्छ ।

–मार्केटमा नयाँ खालको इन्टिग्रेटेड थर्मोस्टेटिक साबर प्यानल पनि उपलब्ध छ जसमा एउटै युनिटले थुप्रै काम गर्छ । उदाहरणका लागि वर्षामा थोपा–थोपा आउने, थुप्रै बडी स्प्रे हुन्छ र मसाजरको काम गर्छ । यिनको स्प्रे प्याटर्न र पानीको भोल्युम एडजस्ट गर्न सकिन्छ । यिनलाई सफ्ट स्प्रे वा मसाजरका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

बेसिन

–सिन्क, बेसिन, बाउल्स वा काउन्टर टप्स बाथरुमको विशेष आवश्यकता हो, त्यसैले यिनीहरू आकर्षक हुनु आवश्यक छ ।

–यतिबेला मार्केटमा अलग–अलग रंग र डिजाइनका ग्लेज्ड, कास्ट आइरन, कल्चर्ड स्टोन आदिबाट बनेका बेसिन/सिन्क देख्न पाइन्छ, त्यसमा पारम्परिक सेतो रंग आज पनि उत्तिकै मन पराइन्छ ।

–बाथरुमका लागि बेसिन छनोट गर्दा कति र कुन रूपमा उपयोगमा आउँछ भन्ने विषयमा ध्यान पुर्‍याउनुपर्छ । पाहुनाले यसको प्रयोग गर्दा फोहोर हुन्छ भने हल्का रंगको बेसिन प्रयोग गर्नु उपयुक्त हुँदैन ।

–फेमिली बाथरुम छ र लगातार उपयोगमा आउँछ भने त्यसमा टुथ पेस्ट, कस्मेटिक्स, नेलपोलिस रिमुवर वा अन्य सरसामानको दाग लागिरहन्छ र नियमित सफाइको पनि आवश्यकता हुन्छ । अत: फेमिली साइजलाई ध्यानमा राखेर बेसिन/बाउल्स छनोट गर्नुपर्छ ।

लाइटिङ

–राम्रो बाथरुम लाइटिङ प्लान त्यही हो जसमा प्राइवेसीसित सम्झौता नगरी बढी उज्यालोको व्यवस्था गरिन्छ । 

–सूर्यको उज्यालो बाहेक आर्टिफिसियल सोर्सको आवश्यकता हुन्छ । यसका लागि टास्क लाइटिङ, एसेन्ट लाइटिङ र नाइट लाइटिङ प्रयोग गरिन्छ । यी सबै लाइटिङले बाथरुम उपयोग गर्ने व्यक्तिको मुडमा सकारात्मक प्रभाव पार्छ ।

–बाथरुममा सबै प्रकारको लाइट्समा ‘डिमर कन्ट्रोल’ लगाउनुपर्छ, जसले गर्दा चाहनानुसार उज्यालोलाई तीव्र र मध्यम गर्न सकिन्छ ।

ट्वाइलेट

–आजभोलि अटोमेटिक फ्लसर प्रयोगमा आउन थालेको छ । जसमा ट्वाइलेटलाई फ्लस गर्ने आवश्यकता पर्दैन । उपयोगकर्ता ट्वाइलेटबाट उठेपछि स्वचालित रूपमा फ्लस हुन्छ । 

–हिजोआज विशेष प्रकारको ट्वाइलेट आउन थालेको छ जुन आफैं माथितिर उठ्छ र काम सकिएपछि तलतिर जान्छ । यसबाट ज्येष्ठ नागरिक तथा अपाङ्गहरूलाई विशेष सुविधा हुन्छ ।

–कतिपय मोर्डन ट्वाइलेट्समा स्प्रे सिस्टम हुन्छ जसमा एउटा नोजल पछाडितर्फ अर्थात् व्यक्तिको पेल्भिक भागतर्फ हुन्छ । यसबाट निस्कने पानीको धारबाट आफैं क्लिनिङ हुन्छ ।

–कतिपय अवस्थामा पानीको कमीका कारण ट्वाइलेट फ्लस हुँदैन । यस्तो स्थितिमा इलेक्ट्रिक कम्प्रेसर लगाउनुपर्छ । पानीको कमी भएको स्थितिमा लो फ्लस ट्वाइलेट्स जडान गर्नुपर्छ । यसको फ्लसिङ मोडमा नर्मल ६ लिटरको साटो ३ लिटर पानी प्रयोग हुन्छ र पानी बचत हुन्छ ।

स्टोरेज

–बेसिन माथिको भित्तामा क्याबिनेट बनाउनुपर्छ । यसलाई आफ्नो उचाइअनुरूप सेट गर्नुपर्छ जसले गर्दा हरेक सामान राख्न–झिक्न सहज हुन्छ । त्यसमा सरसामानमा साबुन, टुथ पेस्ट, टुथ ब्रस, माउथ वास, फ्लस, स्याम्पु, कन्डिसनर, सेविङ आइटम्स, ट्वाइलेट पेपर, फस्र्ट एड बक्स, कस्मेटिक्स, हेयर ड्रायर आदि राखिन्छ ।

–सबैभन्दा माथिल्लो र्‍याकमा कहिलेकाहीँ प्रयोगमा आउने औषधि, सेनेटरी प्याड, वासिङ पाउडर आदि राख्नुपर्छ ।

–केही सेल्ब्ज खुला राख्नुपर्छ र तिनमा ब्राइट कलरको टाबेल्स, नेपकिन्स आदि राख्नुपर्छ । त्यसबाहेक यिनमा सनस्क्रिन, मोस्चराइजर, बडी लोसन, स्याम्पु कन्डिसनर आदिको डेकोरेटिभ बोतल सजाउन सकिन्छ । यसबाट बाथरुम कलरफुल देखिन्छ ।

–क्याबिनेट भित्तामा बनाउनुपर्छ वा फ्री स्टेन्डिङ राख्नुपर्छ । 

–सिन्कमुनि स्टोरेज बनाउनुपर्छ जहाँ क्लिनिङ मटेरियल, ब्रस आदि राख्न सकिन्छ ।

अन्य कुरा

–बाथरुमको दुर्गन्ध र ओस बाहिर पठाउने सबैभन्दा राम्रो उपाय हो झ्याल खोल्नु । यसबाट हावाको आवतजावत राम्रो हुन्छ ।

–बाथरुममा एडजस्ट फ्यान लगाउनुपर्छ । बाथरुमको आकारअनुसार एडजस्ट फ्यानको साइज छनोट गर्नुपर्छ ।

–आजभोलि अटोमेटिक एडजस्ट फ्यान पनि उपलब्ध हुन थालेको छ । यस्तो एडजस्ट फ्यान बाथरुममा नमीको मात्रा बढी भए चल्छ र नमी कम भए आफैं बन्द हुन्छ ।

–एडजस्ट फ्यानको ठूलो आवाजबाट जोगिन लो वाइड एडजस्ट मोडल रोज्नुपर्छ जसले अत्यन्त कम आवाज दिन्छ

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्