मुना थापा मगर

सिर्जना दुवाल श्रेष्ठ

भाद्र ६, २०७२

गोर्खाबाट २०६२ सालमा गीत गाउनकै लागि काठमाडौं आएकी मुनाले सुरुमा दोहोरी साँझमा काम गरिन् । उनले गाएको केबुलकारमा गेट त्यतिबेलाको चलेको लोकदोहोरी हो । २०६२ मा जँड्याहा पोइ शीर्षकको तीज गीत गाएकी मुनाले आफ्नै तीज एल्बम निकालेकी छैनन् । यसपटक उनले एक दर्जनजति तीज गीत गाइसकेकी छिन् । मुनाले गाएका तीज गीतमध्ये महँगी, यही सालको तीजमा, बढ्यो सुनको भाउ बढी रुचाइएका तीज गीत हुन् । यसपटकका तीज गीतमा टिपिकल तीज गीत, भुइँचालो एवं सन्देशमूलक गीत रहेको उनले बताइन् । मुना स्टेज कार्यक्रमकै सिलसिलामा जापान, युके, अस्ट्रेलिया, कतार, दुबई, मलेसिया, हङकङ, साउदी अरब, पोर्चुगल आदि मुलुक पुगिसकेकी छिन् । मुनाका अनुसार तीजका गीत गाउने गायिकाहरूलाई यतिबेलाको कमाइले वर्ष दिनको खर्च पुग्छ । 

पहिरन : सविना महर्जन अवाले, लाइक्रा बुटिक, कुपण्डोल

मेकअप तथा हेयर : रुस्का वैद्य श्रेष्ठ, आइटीसी ट्रेनिङ सेन्टर, बनेपा

लोकेसन : कुपण्डोल बैंक्युट, कुपण्डोल

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्