लक्की शेर्पाको एकदिन

४० वर्षीया शेर्पा दुई सन्तानकी आमा हुन् । आफ्नो प्रयासले बनेको देशी–विदेशी सञ्जाललाई जीवनभरिको कमाइ मान्ने लक्की फुर्सदमा संगीतमा रम्न मन पराउँछिन्, मानिसहरूको जीवनी पढेर उनीहरूले जीवनमा अपनाएका राम्रा पक्ष अनुसरण गर्ने प्रयास गर्छिन् ।

झरना नहर्की

भाद्र २, २०७२विभिन्न सामाजिक संस्थामा आबद्ध लक्की शेर्पा सकारात्मक सोच राख्छिन्् । जीवनमा जतिसुकै अप्ठ्यारो आइपरे पनि त्यसबाट हतास नहुुनु उनको विशेषता हो । ४० वर्षीया शेर्पा दुई सन्तानकी आमा हुन् । आफ्नो प्रयासले बनेको देशी–विदेशी सञ्जाललाई जीवनभरिको कमाइ मान्ने लक्की फुर्सदमा संगीतमा रम्न मन पराउँछिन्, मानिसहरूको जीवनी पढेर उनीहरूले जीवनमा अपनाएका राम्रा पक्ष अनुसरण गर्ने प्रयास गर्छिन् । 

अहिले उनी ग्रीन फर नेपाल संस्थामा आबद्ध छिन् । नेपालको संविधानले महिलाहरूको हक–अधिकारको सुनिश्चितता गरोस् भन्ने उनको चाहना छ । नेपाली महिलाहरूलाई शिक्षा, अवसर तथा आर्थिक स्वतन्त्रताले माथि उठाउन सक्ने उनको धारणा छ । हँसिली स्वभावकी लक्की समयअनुसार पहिरन लगाउनुका साथै स्वास्थ्य तथा सौन्दर्यको हिसाबले आफूलाई सदैव फिट राख्छिन् । 

तस्बिर: श्रुति श्रेष्ठ

 

 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्