नवजात शिशुसँग सम्बन्धित भ्रम तथा सत्य

नवजात शिशुसँग सम्बन्धित भ्रम तथा सत्य
चैत्र २, २०७१

शिशुहरू अत्यन्त कोमल तथा संवेदनशील हुन्छन् । त्यसैले नवजात शिशुको हेरचाह विशेष रूपमा गर्नु आवश्यक छ । सानोभन्दा सानो लापरबाहीले पनि शिशुको स्वास्थ्यमा असर पार्नसक्छ । कतिपयले बताएका कुरा सुनेर त्यसलाई पछ्याउँदा परिणाम गलत हुनसक्छ ।

भ्रम : शिशुका लागि तेल मालिस त्यति फाइदाजनक हुँदैन ।

सत्य : यो गलत हो । खासगरी तेल मालिस गर्दा शिशुको हाड बलियो हुनुका साथै रक्त संचार पनि राम्रो हुन्छ । यसले शिशुको छालालाई कोमल तथा चिल्लो बनाउँछ । तेल मालिसको केही समयपछि मनतातो पानीले नुहाइदिए राम्रो निद्रा पर्छ । त्यसैले तेल मालिस जरुरी हुन्छ ।

भ्रम : नवजात शिशुलाई धेरै नुहाउनु हानिकारक हुन्छ ।

सत्य : शिशुलाई ज्वरो, सर्दी, भाइरल ज्वरो तथा खोकी लागे पनि नुहाइदिँदा फरक पर्दैन, तर नुहाइदिने ठाउँमा हावा भने लागेको हुनुहुँदैन । नुहाइदिइसकेपछि पनि उसको शरीरलाई धेरै समयसम्म खुल्ला हावामा छोड्नुहुँदैन । शिशुलाई धेरै नै ज्वरो आए मलमलको कपडा पानीले भिजाएर उसको शरीर पुछिदिनुपर्छ । जाडो मौसममा तातोपानीले तथा गर्मी मौसममा चिसो पानीले शरीर पुछिदिनुपर्छ । यसो गर्दा शरीर सफा रहनुका साथै थकान पनि कम हुन्छ ।

भ्रम : सबै किसिमका आयुर्वेदिक मिश्रण, जस्तो ड्राइफ्रुट पाउडर, जन्म घुटी, ज्वानो पानी तथा ग्रेप वाटर शिशुलाई ख्वाउन सकिन्छ । यो एलोप्याथी औषधिभन्दा धेरै उत्तम हुन्छ ।

सत्य : आयुर्वेदिक उत्पादन कति हाइजेनिक हुन्छ भन्दा पनि यस्ता उत्पादन शिशुलाई दिनुहुँदैन । ज्वानो पानी, ग्रेप वाटर एक वर्षसम्मका शिशुलाई दिनुहुँदैन । किनभने यो समयमा शिशुको पाचनप्रणाली कमजोर हुन्छ । त्यसैले यस्ता कुराले शिशुलाई असर पुर्‍याउन सक्छ । एक वर्षपछि शिशुलाई फाइदा गरे ती कुरा दिन मिल्छ ।

भ्रम : शिशुलाई स्तनपान तथा बोतल फिडिङ एकै समयमा गराउनुहुँदैन । निप्पल तथा आमाको दूधमा शिशु झुक्किन सक्छ ।

सत्य : पहिले बोतलमा दूध पिलाएर पछि स्तनपान गराए मात्र शिशु निप्पलमा झुक्किन सक्छ । कतिपय अवस्थामा डेलिभरीपछि आमा बिरामी पर्न सक्छिन् । यस्तो अवस्थामा आमाको दूध पिलाउनुभन्दा बोतलको दूध पिलाउनु सजिलो हुन्छ । सुरुदेखि नै बोतलको दूध पिउने बानी परेको छ भने शिशुले स्तनपान गर्न जानेको हुँदैन । त्यसैले

स्तनपान गराएपछि बोतलको दूध पिलाउनु सहज हुन्छ ।

भ्रम : शिशुलाई रसायनयुक्त साबुन तथा स्याम्पुको साटो बेसार तथा बेसनले नुहाइदिनु राम्रो हुन्छ ।

सत्य : बेसार, बेसन हेर्दा देखिएजस्तो नरम नहुन सक्छ । बेसनले छालालाई सुख्खा बनाउँछ । यसको प्रयोगले शिशुको छालामा र्‍यासेज आउन सक्छ । शिशुका लागि बनाइएका बेबी प्रोडक्ट यीभन्दा धेरै सुरक्षित हुन्छन् ।

भ्रम : शिशुलाई पहिलो ठोस आहार पाकेको केरा दिनुपर्छ ।

सत्य : शिशुलाई पहिलो ठोस आहारका रूपमा पिसेको चामल दिनुपर्छ । यसमा प्रशस्त आइरन हुन्छ । यसलाई पचाउन पनि सजिलो हुन्छ । त्यसका अतिरिक्त मुंगको दाल पिसेर उम्लिएको पानीमा हाली केही समयपछि ख्वाउन सकिन्छ । केही महिनापछि शिशुलाई पाकेको केरा मिचेर ख्वाउन सकिन्छ ।

भ्रम : शिशुलाई हाछ्युँ आए चिसो लागेको बुझ्नुपर्छ ।

सत्य : यो सही होइन । शिशुको नाकको सफाइका लागि कुनै बाटो हुँदैन । त्यसैले नाकको फोहोर बाहिर निकाल्न पनि उसले हाछ्युँ गर्न सक्छ । हाछ्यँु गर्दैमा चिसो लागेको भन्ने हुँदैन ।

भ्रम : शिशुलाई हिक्का (बाडुली) आए पानी पिलाउनुपर्छ ।

सत्य : सुरुको केही महिना शिशुलाई हिक्का आउनु सामान्य हो । यस्तो अवस्थामा पानी पिलाउनुहुँदैन । पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र दिनुपर्छ । त्यसैमा पर्याप्त पानी हुन्छ । त्यसैले उसलाई अतिरिक्त पानीको आवश्यकता पर्दैन ।

०००००००००००००

बालबालिकामा चकलेटको असर

कुनै प्रतियोगिता जित्दा, थप हौसलाका निम्ति चकलेट नै दिइन्छ । हामीलाई लाग्छ, चकलेट दिएपछि बालबालिका खुसी हुन्छन् । हामीलाई यो पनि थाहा छ कि, चकलेटले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर गर्छ । यद्यपि सही तरिकाले खाने हो भने चकलेट उति हानिकारक हुँदैन । बरु यो स्वास्थ्यका लागि लाभदायक नै हुन्छ ।

बा.लबालिकाहरू चकलेट भनेपछि हुरुक्कै हुन्छन् । उनीहरूलाई रोइरहेको अवस्थामा फकाउनुपर्‍यो भने हामी चकलेट नै दिन्छौं । परीक्षामा राम्रो अंक हासिल गर्दा होस् वा कुनै प्रतियोगिता जित्दा, थप हौसलाका निम्ति चकलेट नै दिइन्छ । हामीलाई लाग्छ, चकलेट दिएपछि बालबालिका खुसी हुन्छन् । हामीलाई यो पनि थाहा छ कि, चकलेटले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर गर्छ । यद्यपि सही तरिकाले खाने हो भने चकलेट उति हानिकारक हुँदैन । बरु यो स्वास्थ्यका लागि लाभदायक नै हुन्छ । अध्ययनअनुसार डार्क चकलेट खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । चकलेटले शिशुको स्वास्थ्यमा सकारात्मक असर पनि गर्छ ।

कतिपय अभिभावकले आफ्ना बालबालिकालाई चकलेट खान दिँदैनन् । हुन पनि जुन पायो त्यही चकलेट खाँदा स्वास्थ्य खराब हुन्छ ।

चकलेटका केही नकारात्मक असर

मोटोपन

चकलेट कति खाने भन्ने कुरा बालबालिकालाई थाहा हुँदैन । उनीहरू जति पायो त्यति र जस्तो पायो त्यस्तै चकलेट खाइदिन्छन् जसले गर्दा उनीहरूमा मोटोपनको समस्या देखापर्छ ।

मधुमेह

मधुमेह ठूलालाई मात्र होइन सानालाई पनि हुन्छ । धेरै चकलेट खाने शिशुमा मधुमेहको जोखिम बढ्छ । किनभने चकलेटले उनीहरूको शरीरको इन्सुलिनलाई प्रभावित गर्छ ।

हाइपरएक्टिभिटी

चकलेटमा रिफाइन्ड सुगर हुन्छ, जसले रगतको स्टि्रममा मिसिएर ब्लड सुगरको मात्रा बढाउँछ । त्यसले शरीरमा एड्रेलिन हार्मोन वृद्धि गर्छ र शिशु हाइपरएक्टिभ हुन्छन् ।

कुलत

नियमित रूपले चकलेट खाने शिशुलाई यसको लत लाग्न सक्छ । उनीहरू बारम्बार चकलेट मात्र खान खोज्छन् । यसबाट छुटकारा दिलाउन निकै गाह्रो हुन्छ ।

एलर्जी

चकलेटमा केही त्यस्तो पदार्थ हुन्छ जसले शिशुलाई एलर्जी हुनसक्छ ।

पिसाब बढी लाग्ने

एउटा मिल्क चकलेटमा ५ मिलिग्राम क्याफिन हुन्छ, जुन शरीरमा पुगेपछि बढी पिसाब लाग्छ । कतिपय अवस्थामा त हरेक दस मिनेटमै पिसाब फेरिरहनुपर्ने अवस्था आउन सक्छ ।

स्वास्थ्यवर्द्धक खानामा अरुचि

जब शिशुलाई चकलेटको लत लाग्छ तब उनीहरूलाई अन्य खानेकुरा स्वादिलो लाग्दैन । यसले गर्दा उनीहरूको शरीरमा पोषक तत्वको अभाव हुन्छ र शरीर रोगी बन्छ ।

निद्रा लाग्दैन

धेरै चकलेट खाने शिशुलाई निद्रा लाग्दैन । चकलेटमा मिश्रण गरिने क्याफिनले उनीहरूको निद्रा कम गर्दै लान्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्