सिर्जना सिंह योञ्जन

सिर्जना सिंह योञ्जन

लक्ष्मी भण्डारी थापा

चैत्र २, २०७१

मेरो घर : संसारमा सबैभन्दा मनपर्ने ठाउँ ।

मेरो विश्वास : सकारात्मक सोच एवं कार्यले सकारात्मक परिणाम ल्याउँछ ।

मेरो आकांक्षा : एक सभ्य र समान नेपाली समाज निर्माणका लागि केही गर्न सकूँ ।

मेरो कर्म : जसबाट ठूलो समुदायको भलो होस् ।

मेरो मेहनत : जसले सही प्रतिफल ल्याउन सकोस् ।

मेरो उपलब्धि : प्राप्त गर्न बाँकी ।

मेरो खुबी : जे-जस्तो समस्या आइपरे पनि त्यसको हल तुरुन्तै सोच्छु ।

मेरो प्रेम : बेसर्त र नि:स्वार्थ ।

मेरो कमजोरी : दुईजिब्रे, अल्छी तथा गैरव्यावसायिक ठगहरूप्रति रिस थाम्नै नसक्ने ।

मेरो सपना : सुन्दर, समान र सुशासित नेपाल ।

मेरा सन्तान : मेरो मन, मुटु र मलाई प्राप्त सबैभन्दा ठूलो आशीर्वाद ।

मेरो जीवनसाथी : मेरो प्रेम, मेरो साथी अनि मेरो उडानको ऊर्जा ।

मेरो जीवन : प्रेम, माया, माता-पिताको आशीष, खुसी, पीडा, चुनौती, लक्ष्यको खोजी, सफलता, असफलता, सिकाइ, भोगाइ, केही योगदान गर्ने चाहना, द्वन्द्व, अन्तरात्माको खोजी, सन्तुष्टि, असन्तुष्टि, विश्वास, मेहनत, थकान, आराम आदिको मिश्रण ।

प्रस्तुति :

सिर्जना सिंह योञ्जन

क्रियटिभ कन्सल्ट्यान्ट तथा संस्थापक क्रियटिभ स्टेटमेन्ट्स

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्