चाँडै परिपक्व हुँदैछन् किशोरीहरू

चाँडै परिपक्व हुँदैछन् किशोरीहरू
मंसिर १, २०७१

हिजो आजका बेबी वुमेन अर्थात् बालिका वा किशोरी चाँडै वुमेन अर्थात् महिलामा परिणत हुन उत्सुक देखिन्छन् । जवान देखिने उनीहरूको चाहना थ्रेडिङ गरिएका आँखीभौं, मिलाईएको हेयर स्टाइल, नेलपोलिसले आकर्षक देखिएका मेनिक्योर गरिएका लामा नङहरूले संकेत गर्छन् । अंशुकी आमा जब मेकओभरका लागि ब्युटिपार्लर जान्थिन् तब उनी पनि आमाको पछि लाग्थिन् । अंशु पार्लरमा आमाले थ्रेडिङ, वेक्सिङ, मेनिक्योर आदि गराएको ध्यान दिएर हेर्थिन् । अंशु जब १२ वर्षकी भइन् तब आफ्नो जन्मदिनमा उनले आमासित थ्रेडिङ गराउन अनुरोध गरिन् । आमाले हाँस्दै उनलाईर् ब्युटिपार्लर पुर्‍याइन् र भनिन्-'अरू के-के गर्ने इच्छा छ, सबै गराउनू ।' वर्थ डे पार्टीमा जब उनी पूर्ण मेकअपसहित देखा परिन्, तब उनी सबै दृष्टिकोणबाट १२ वर्षकी बालिका देखिन्नथिन् । यसरी अंशुले बेबी वुमेन बन्ने तयारीमा एक चरण पार गरिन् । अंशुको उमेरका अधिकांश बालिकाले आफ्नो आँखीभौं थ्रेडिङ गरी चिटिक्क पारेका छन् । केश पनि ब्लिच गरी रंगीन बनाएका छन् । हिजोआज अधिकांश स्कुले बालिकाको खबर यस्तै छ । अंशु पनि त्यसकै हिस्सा बन्न चाहन्छिन् । उनी अध्ययनशील मनीषाजस्तै आउटडेटेड हुन चाहँदिनन् । मनीषा कक्षाकी सबैभन्दा कम आकर्षक छात्रा हुन् । उनी मात्र पढाइमा अगाडि छिन् । अंशु उनीजस्ती नभै फेसनेबल देखिन चाहन्छिन् जुन उनीजस्ता धेरै बालिकाको चाहना हो ।

यही सोचका कारण १३-१४ वर्षका टिनएजर पनि आफ्नो फेसनेबल र स्टाइलिस देखिने चाहनामा पेडेड ब्रा तथा जिन्सभित्र फिटेड हिप प्याड पेन्टी लगाएको देख्न सकिन्छ । यी सामान आवश्यक नभएर रुचिका हुन् जसको प्रयोगले शरीर उनीहरूको चाहनाअनुरूप नै हेभी देखिन्छ । आफूभन्दा बढी उमेरका पुरुषलाईर् आकषिर्त गर्दा उनीहरूलाईर् आनन्द लाग्छ । त्यसैले १४-१५ वर्षका टिनएजरको २५-२६ वर्षका वयस्क व्यक्ति ब्वाइफ्रेन्ड भए पनि अनौठो मान्नुपर्दैन । हिजोआज सपिङ मलमा आफ्नो उमेरभन्दा बढीका युवकसित हिँडेका थुप्रै बेबी वुमेन देख्न सकिन्छ । जो पूर्णरूपले फेसनेबल अन्दाजमा आफ्नो ब्वाइफ्रेन्डसित आइसक्रिमको माग गरिरहेका हुन्छन् । ब्वाइफ्रेन्ड भने बेबी वुमेनलाईर् हेर्दै आफ्नो पर्स छाम्छन् । यस्ता बेबी वुमेनलाईर् कसैले मूर्ख बनाउन सक्दैनन् । प्रेम त्यसपछि ब्रेकअपको सिलसिला जवान हुँदासम्म दर्जनौं पटक गुजि्रसकेको हुन्छ । उनीहरू आफ्नो कलरफुल मिनिजका साथ सिपी शंखको माला, रेजर कट, स्टेप्स कटमा सजाइएको केशमा औंला फिराउँदै बाटोमा रौनक छर्दै हिँड्छन् । उनीहरू फेसनको पछि नलागी अरूभन्दा अगाडि हिँड्ने प्रयासमा हुन्छन् ।

मेकअपको आफ्नै आकर्षण छ । ग्लिटर आइलाईनरले सजिएको परेला, साइनी आइस्याडो तथा गाढा रंगको मस्काराले यी बेबी वुमेनको मुहारलाईर् मेच्योर लुक दिएर ठूली देखाउने चाहनालाईर् पूर्णता प्रदान गर्छन् । मोटो मोती वा शंख, सिपी जडित लेदर बेल्ट, कानमा लट्किएको विडेड हुप्सका साथमा मस्किने यी बेबी वुमेनहरू आखिर के चाहन्छन् ? मोजमस्ती वा मनोरञ्जन ? मात्र सपिङ होइन, घुम्दै-फिर्दै आफ्नो प्रदर्शनी पनि । आफ्नो हाउभाउको आकर्षण छर्दै, स्टाइलिस ड्रेसमा सजिएका, ब्रोन्ज स्मोकी मेकअपमा पूर्णरूपमा डुबेका उनीहरू हरेक अनुभव लिन चाहन्छन् । महानगर र ठूला सरहमा त ट्युव टप, पनामा ह्याट, प्लास्टिक रिमयुक्त ग्लेअर्स वा गगल्स तथा विभिन्न हेयर एसेसरिजमा उनीहरू स्वयंलाईर् फरक लुक दिन्छन् । आफूलाईर् चाहनेहरूको लाईन लगाउने चाहना पनि उनीहरूमा लुकेको हुन्छ । कम उमेरका किशोरीहरूमा आफ्नो उमेरभन्दा पहिले नै वयस्क देखिने होडबाजी छ । यसमा उनीहरूका आमाको पनि पूर्ण सहयोग हुन्छ । आमाहरूलाईर् आफ्नी छोरी आफूभन्दा बढी फेसनेबल र मोर्डन स्टाइल्सका बारेमा जानकार भएको मन पर्छ । जहाँ कोही प्रोत्साहन गर्ने हुँदैनन्, त्यहाँ यी बेबी वुमेन आफ्नो पकेट मनी उपयोग गरेर आफ्नो सौन्दर्यमा निखार ल्याउन र समयपूर्व ठूली देखिने कसरत गर्छन् । उनीहरू नियमित रूपमा ब्युटिपार्लर जान्छन् । समयपूर्व नै संसार बुझ्ने उनीहरूको चाहनाले गर्दा चाँडै हारमोनल परिवर्तन प्रारम्भ हुन्छ र कम उमेरमै यौवनको आरम्भ हुन्छ ।

ब्युटी एक्सपर्टहरूका अनुसार पहिले १८ वर्षका किशोरीहरू बेक्सिङ-थ्रेडिङ गर्न ब्युटिपार्लर आउँथे । विस्तारै १६ वर्षका पनि आउन थाले र अहिले १४ वा १२-१० वर्षका बालिका पनि आउन थालेका छन् । यसको कारण मात्र अर्ली प्युबर्टी नै हो । अर्ली प्युबर्टीका कारण किशोरीहरूको केश र स्किनमा समस्या देखा पर्न थाल्छ । सेविग द लाईफ अफ एडोलसेन्ट गल्र्सकी लेखिका मेरी पाइपरका अनुसार किशोरावस्थाका यी युवतीहरू सुन्दर एवं आकर्षक देखिने चाहनामा तनावबाट गुजि्ररहेका छन् । यसको अर्थ हुन्छ, सेक्सुअल देखिनु, ब्वाइफ्रेन्ड बनाउनु । उनीहरू यी सबै कुराको दुस्परिणामबाट अवगत हुँदैनन् । उनीहरूको मन र कल्पनामा ठूली देखिनेे चाहना यति धेरै किन हुन्छ ? वास्तवमा जति पनि संचार माध्यम छन् ती सबैले उनीहरूका सामु ती तस्बिर बारम्बार प्रस्तत गरिरहेका छन्-प्रेम-रोमान्ससित जोडिनु एउटा स्वाभाविक प्रक्रिया हो । उनीहरू संचार माध्यमको नयाँ कल्चरको सिकार भएका छन् । अटलान्टाको सेन्टर फोर डिसिज कन्ट्रोल एन्ड त्रिवेन्सनका अनुसार अनुमानित ५० लाख यौनजन्य मामिला हरेक वर्ष अगाडि आउँछन् जसमध्ये ३० लाख किशोरावस्थासँग सम्बन्धित छन् । विशेषज्ञहरूका अनुसार यस प्रकारको सम्बन्धको आग्रह दुवैतर्फबाट हुन्छ । उनीहरू आफ्ना गर्लफ्रेन्ड-ब्वाइफ्रेन्डको गहिरो दबाबमा हुन्छन् । युवतीको ब्वाइफ्रेन्ड छैन भने त्यसको अर्थ उनमा आकर्षण छैन भन्ने बुझिन्छ । यी सब कुराका कारण उनीहरू यौनजन्य मामिलामा सहभागी हुन्छन् र त्यसपछि स्वयंलाईर् अत्यन्त लज्जित, एक्लो एवं अवसादले घेरिएको महसुस गर्छन् । यसबाट निस्कन उनीहरू पुन: त्यस्तै प्रकारको अर्को सम्बन्धमा बाँधिन्छन् । तिनलाईर् यसबाट जोगाउनु छ । यसका लागि बाहिरी सुन्दरता र आकर्षणको साटो आफ्नो गुण र मूल्य-मान्यतामा विश्वास बढाउनु जरुरी छ ।

विशेषज्ञहरूका अनुसार आमाबुवाले नै समय एवं अवस्था हेरेर सामाजिक परिवेश, प्रकृति तथा यौनका बारेमा बालबालिकालाईर् सही जानकारी दिनुपर्छ । छोरीलाईर् प्रेम, सौन्दर्य एवं यौनका विषयमा पनि ज्ञान दिनुपर्छ । छोरीका साथमा बसेर टिभी एवं फिल्ममा देखिने, देखाइने यौनजन्य दृश्यहरूको वास्तविकताका सम्बन्धमा जानकारी गराउनुपर्छ । छोरीहरू कहाँ जान्छन्, के गर्छन्, उनीहरूका साथीसंगीहरू कस्ता छन्, घरमा कतिबेला आउँछन् विशेष ध्यान पुर्‍याउनुपर्छ । इन्टरनेटमा उनीहरू के सर्च गर्दैछन् भन्ने पनि बुझ्नुपर्छ । उनीहरूको शारीरिक, मानसिक एवं सामाजिक विकासका साथै अनुशासनका बारेमा पनि सचेत हुनु जरुरी छ । तीव्र रूपमा अघि बढ्दै गएको सांसारिक परिवेशमा असुरक्षित यौन सम्बन्धको खतरा एवं परिणामका बारेमा अवगत गराई उनीहरूलाईर् अध्ययन, करियर एवं आत्मनिर्भरतातर्फ प्रेरित गर्नुपर्छ । सही वा गलत कुराका सम्बन्धमा स्पष्ट ज्ञान दिएर उनीहरूलाईर् स्वयं आफ्नो निर्णय लिन लाईक बनाउनु अभिभावकहरूको दायित्व हो ।

मनोचिकित्सकहरूका अनुसार हिजोआज बालबालिकाहरू मानसिक रूपमा समझदार हुनुको साटो जानकारीको स्तरमा चाँडै ठूलो भएको पाइएको छ । बेबी वुमेनका सामु सेक्स, गु्रमिङ आदिका बारेमा अनेकन जानकारी हुन्छ । स्कुलमा सहपाठीहरू र घरमा टिभी, इन्टरनेट यी सबैका माध्यम बन्ने गरेका छन् । बालिकाहरू आफ्नो वरिपरि जे देख्छन् त्यसैलाईर् अपनाउन चाहन्छन् । फेसन र मेकअपका बारेमा जानकारी राख्नुपर्छ तर आफ्ना लागि ठीक बेठीक पनि छुट्याउनु  जरुरी छ । यदि उनीहरूलाईर् चाहिने भन्दा बढी पकेट मनि प्राप्त भैरहेको छ भने उनीहरूले कहाँ खर्च गर्छन् भन्ने जाँच गर्नु पनि आवश्यक छ । आमाबुवाले उनीहरूलाईर् बचत गर्न सिकाउनुपर्छ, पैसाको मूल्य र महत्वका विषयमा अवगत गराउनुपर्छ । आमाबुवाले छोराछोरीलाईर् टिभीमा मात्र नभई घरेलु कामकाज, पारिवारिक जमघट एवं विवाह भोज आदिमा पनि सक्रिय बनाउनुपर्छ । उनीहरूलाईर् सामाजिक, धार्मिक, सांस्कृतिक एवं रीतिरिवाजसित पनि परिचित गराउनुपर्छ । त्यसपछि उनीहरू स्वयं आफूलाईर् धेरै कुरामा अनभिज्ञ रहेको कुरा स्पष्ट हुन्छ । उनीहरूले ठूली देखिने प्रयास मात्र होइन सोहीअनुरूप क्षमताको पनि विकास गर्नुपर्ने कुरा बुझ्छन् । संस्कारका थुप्रै बाटा वा विकल्प उनीहरूका सामु खुल्ला छन् तर उनीहरूले सही बाटो पहिचान गरी कदम चाल्नुपर्छ । यसका लागि अभिभावकहरूको भूमिका महत्वपूर्ण हुन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्