सन्ध्या केसी, भिजे

सन्ध्या केसी, भिजे
मंसिर १, २०७१

विगत ३ वर्षदेखि भिजेका रूपमा सुपरिचित सन्ध्या केसी अहिले इमेज च्यानलमा व्यस्त छिन् । कल लाइभ, एसएमएस, इम्याक्स तथा पार्टी सेन्टर शीर्षकका कार्यक्रम चलाउने सन्ध्या बाहिरका कार्यक्रमहरू पनि संचालन गर्छिन् । केही विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गरेकी सन्ध्या खेलकुदमा विशेष रुचि राख्छिन् । राष्ट्रिय टेबल टेनिस कपमा दोस्रो भएकी सन्ध्या बास्केटबल एवं टेबल टेनिसमा राम्रो दख्खल राख्छिन् । केही र्‍याम्पमा हिँडेकी सन्ध्या सानैदेखि चुलबुले तथा पटर-पटर बोलिरहने स्वभावकी थिइन् । सन्ध्या राम्रो नृत्य पनि गर्छिन् । विनाप्रशिक्षण भिजेमा जमेकी सन्ध्याले चलचित्र तथा म्युजिक भिडियोबाट अनेकन अफर आए पनि तिनमा काम गरेकी छैनन् । राम्रो प्रस्ताव आए चलचित्रमा अभिनय गर्ने उनको सोच छ । त्यसका साथै सफल विजनेस वुमनका रूपमा आफूलाई स्थापित गर्ने सन्ध्याको सपना छ । नम्रता श्रेष्ठको अभिनयबाट प्रभावित सन्ध्या फुर्सदमा साथीहरूसँग घुम्न रुचाउँछिन् । कान्तिपुर पब्लिकेसन्सकै एम एण्ड एसमा आफूलाई ऐश्वर्या रायसँग तुलना गरिएको आर्टिकल आउँदाको क्षणलाई उनी सबैभन्दा खुसीको क्षण मान्छिन् ।

फिटनेसका लागि : प्रशस्त पानी पिउने, सबेरै उठेर एक्सरसाइज गर्ने ।

स्किन केयरका लागि : स्किनमा हावा तथा धूलो पर्न नदिने, क्लिन्जिङ, टोनिङ एवं मोस्चराइजिङ गर्ने ।

फेसन : फेसनेबल, नयाँ तर युनिक पहिरन लगाउने ।

प्रस्तुति :    सिर्जना दुवाल श्रेष्ठ

तस्बिर :    महेश प्रधान

मेकअप :    रोशना महाजू, ग्ल्यामर ब्युटिपार्लर, ज्ञानेश्वर

पहिरन :    मञ्जु ढकाल, डि्रम वेयर, कुपन्डोल

गहना :    न्यू जय लक्ष्मी ज्वेलर्स, न्यूरोड

लोकेसन :    फोटो हलिउड, काष्ठमण्डप बजार, कमलादी

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्