गिफ्ट हाउस

गिफ्ट हाउस
श्रावण १, २०७१

आउटलेट : विशाल बजार, न्यूरोड।

विशेषता : विभिन्न सनग्लास तथा अन्य ब्रान्डेड आइटम।

विशाल बजारको ग्राउन्ड फ्लोरमा अवस्थित गिफ्ट हाउसमा समर सिजनका लागि आवश्यक ३० भन्दा बढी ब्रान्डका महिला र पुरुष दुवैलाई हुने एड्भान्स सनग्लास तथा घडी राखिएका छन्। विश्व बजारमा चलेका रेबन, अर्मानी, प्राडा, भर्सासी, गुची, टोमफोर्ड, पेरिकार्डिनजस्ता सनग्लास एकै ठाउँमा पाइने यो गिफ्ट हाउस सबैको आकर्षणको केन्द्र बन्न सफल छ। यहाँ १० हजारभन्दा माथि ४० हजारसम्म पर्ने सनग्लासका साथै त्यही मूल्य बराबरका कन्टिनेन्टल, क्यासियो ब्रान्डका बलपेन तथा पेनका साथै घडीहरू  पनि उपलब्ध छन्। माछा मार्ने काममा रुचि हुनेहरूका लागि फिसिङका सामान तथा ब्याडमिन्टन र लङटेनिसका सामग्रीसमेत खरिद गर्न सकिने गिफ्ट हाउसमा स्विस नाइफ, लेदरम्यान, जिप्पो लाइट, टेलिस्कोप, बाइनाकुलर, सेफर तथा परफ्युमजस्ता विभिन्न सामग्री उपलब्ध हुन्छन्।

आइसक्रिम पार्लर

आउटलेट : काठमाडौं मल

विशेषता : विभिन्न फ्लेभरका आइसक्रिम, चिसो पेय पदार्थ तथा बेकरी आइटम गर्मी मौसममा सबैको रोजाइमा आइसक्रिम नै हुन्छ। आइसक्रिम पार्लरमा भेनिला, कफी, चकलेट, बटर, स्ट्रबेरी, ट्वाइन्टी वान लभ, पिस्ता, नरिवल, आँप आदि विभिन्न स्वादका आइसक्रिमको मज्जा लिन सकिन्छ। यहाँ सबैभन्दा बढी मानिसलाई मनपर्ने ६० रुपैयाँ पर्ने ट्वान्टी वान लभ आइसक्रिम लगायत ५० रुपैयादेखि ८० रुपैयाँ पर्ने आइसक्रिमका विभिन्न आइटम पाइनुका साथै विभिन्न प्रकारका जुस पनि उपलब्ध हुन्छ। यो आइसक्रिम पार्लर स्लाइस केक, पेस्टी, डुन्ट, मफिनका साथमा कफी वा चिया खान सकिने राम्रो गन्तव्य पनि हो।

सलौना बिछ्यौना  

आउटलेट :  भाटभटेनी

विशेषता : जयपुरी बेडसेट

भारतकै लोकप्रिय ब्रान्ड सलौना बिछ्यौनाको आधिकारिक शोरुम भाटभटेनीमा खुलेको छ। यो ब्रान्डअन्तर्गतका जयपुर घराना, गुलमोहर, ग्लेज तथा साइन आदि सब ब्रान्डका सामग्रीहरू यहाँ उपलब्ध छन्। सलौना बिछ्यौनामा बेडसिट, बेड कभर, कम्फोटर्स, सिरक, डोहार सेट, दिवान सेट तथा अन्य आकर्षक सामग्रीमा अहिले १० प्रतिशत छुट प्रदान गरिएको छ। यहाँ १ हजारदेखि १० हजार रुपैंयाँसम्मका सेट खरिद गर्न सकिन्छ। विशुद्ध सुतीका जयपुरी प्रिन्ट सलौना बिछ्यौनाका विशेषता हुन्। यहाँ फरक-फरक ५ सय प्रकारका बेडसेट उपलब्ध छन्। यसका सामग्रीहरू गुणस्तरीय, टिकाउ तथा रंग नजाने खालका छन्। यहाँ होम डेलिभरीको व्यवस्था पनि छ।

टोयज स्टेसन

आउटलेट : नागपोखरी

विशेषता : बालबालिकाहरूको पार्टीका लागि आवश्यक सम्पूर्ण सामग्री । टोयज् स्टेसन पार्टी आयोजना गर्न लागेका अभिभावकहरूका लागि आवश्यक सामानको उपयुक्त गन्तव्य हो । आजभोलि प्राय: स्कुलमा बालबालिकाहरूको जन्मदिनमा विशेष पार्टी आयोजित गरिन्छ भने रिटर्न गिफ्ट दिने चलन पनि बढिरहेको छ । टोयज् स्टेसनमा सय रुपैंयाँदेखि ५ हजारसम्मका गिफ्ट खरिद गर्न सकिन्छ । यहाँ पाइने सामग्री फिचर प्राइज, फार्लिन, फनस्कुल, हर्टक्युलिस आदिका छन् । यहाँ पार्टीका लागि आवश्यक केक, क्राकर, क्राउन, मास्क आदिका सबै खालका विविध रेन्ज उपलब्ध छन् । टोयज् स्टेसनमा सामान मात्र पाइने होइन बर्थडेको विविध थिम तयार गरी त्यसको आयोजना पनि गरिन्छ ।

कालिन्चोक माता ज्वेलरी, धुम्बाराही, पीपलबोट

जुनसुकै पर्व तथा अवसरका लागि आकर्षक गहना पाइने लोकप्रिय गन्तव्य हो कालिन्चोक माता ज्वेलरी। यहाँ विवाहित तथा अविवाहित सबै महिलाका लागि इयररिङ, नेकलेस, ब्रासलेट तथा गहनाका सेट उपलब्ध छन्। यी गहनाहरू स्टोन, टरकुइस, क्रिस्टल, मोती, सिल्भर स्टर्लिङ आदिको संयोजनबाट तयार पारिएका छन्।  हातैले तयार पारिएका यी गहना सामान्यदेखि उच्च कोटीसम्मका छन्। यहाँ आकर्षक शैलीमा तयार पारिएका गहनाहरू विभिन्न रंगमा प्राप्त गर्न  सकिन्छ। १ सय ५० देखि १हजार १ सय रुपैयाँसम्म पर्ने यी गहना पार्टी, विवाह, पूजा, व्रतबन्ध तथा दैनिक प्रयोगमा समेत लगाउन सकिन्छ। यी गहना ड्रेस म्याचिङका लागि पनि उपयुक्त छन्। कालिन्चोकका यी गहनाका सम्बन्धमा थप जानकारी लिन कालिन्चोक माता ज्वेलरी नामको फेसबुक पेज भिजिट गर्न सकिन्छ।

रश्मिलाज स्किन केयर एण्ड ब्युटिपार्लर

आउटलेट  :  काठमाडौं मल

विशेषता  :  छालासम्बन्धी विशेष उपचार।

काठमाडौं मलको चौथो तल्लास्थित रश्मिलाज स्किन केयर सेन्टरमा अनुहारमा देखिएका सम्पूर्ण समस्या समाधान गरिन्छ। यहाँ छालाको उपचारमा लामो अनुभव बटुलेकी रश्मिला श्रेष्ठको प्रत्यक्ष निगरानीमा उपचार गरिन्छ। चिनियाँ पद्धतिअनुरूप गरिने यहाँको उपचारले अनुहारमा देखिएका चायाँ, पोतो एवं डन्डिफोरजस्ता सबै समस्या समाधान हुन्छन्।  यहाँ कोठी तथा टाटु हटाउने विशेष सेवा पनि उपलब्ध छ। सफा वातावरणमा गुणस्तरीय चिनियाँ सौन्दर्य प्रसाधन प्रयोग गरी उपचार गरिने यो पार्लरको मूल्य सेवाको तुलनामा निकै कम छ। यो पार्लरमा हेयर कट, मेकअप तथा अन्य सेवाका साथै सौन्दर्य प्रसाधन पनि खरिद गर्न सकिन्छ।

तुलसी टरमेरिक फेसवास

भर्खरै नेपाली बजारमा भित्रिएको तुलसी टरमेरिक फेसवासले छालालाई तुलसीमा निहित गुणको पोषण तथा बेसारमा विद्यमान छाला चम्काउने तत्व प्रदान गर्छ। यसको न्यानो एक्टिभ फर्मुलाका कारण छाला छोटो समयमै चम्किलो, मुलायम तथा नरम हुन्छ। यो फेसवासमा अनुहारको डन्डिफोर तथा दागहरू हटाउने तत्व पनि छ। यो तुलसी र बेसारयुक्त शतप्रतिशत सोप फ्री फेसवास भएकाले एभरयुथ नामजस्तै प्राकृतिक गुण एवं तत्वले भरिपूर्ण छ। यो फेसवासलाई जाइडास वेलनेस (एभरयुथ) ले नेपाली बजारमा प्रबर्द्धन गरेको हो।

कोरोली तेल

समुद्र ग्रुपअन्तर्गतको एसजी इन्टरप्राइजेजले हरेक वर्ष युरोप, अमेरिका तथा अन्य थुप्रै देशमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका विभिन्न जुस तथा तेल नेपाली बजारमा ल्याउँछ। यसै क्रममा हल्यान्डमा उत्पादन गरिएको कोरोली ब्रान्डको शुद्ध सूर्यमुखीको तेल बजारमा आएको छ। विश्वका ७० भन्दा बढी देशमा उपलब्ध यो तेल शतप्रतिशत शुद्ध छ। भिटामिन ए, डी तथा ईयुक्त यो तेल अक्सिडेन्ट तथा कोलेस्ट्रोल फ्री छ।

स्टार कस्मेटिक

स्टार कस्मेटिकका सम्पूर्ण रेन्ज बजारमा उपलब्ध छ। व्यक्तिगत एवं थिएटर मेकअपका लागि यी कस्मेटिक उपयोगी छन्। यसले पार्लरका लागि आवश्यक कस्मेटिकहरू पनि उत्पादन गर्छ। भारतीय ब्रान्ड भएकाले यसका उत्पादन नेपाली छालाका लागि उपयोगी छन्। यो कस्मेटिक नेपाली बजारमा भित्रिएको करिब १ वर्ष भएको छ। यसमा प्रयोग भएका सबै कच्चा पदार्थ छालाका लागि लाभदायक छन्। स्टार कस्मेटिक लिपस्टिक तथा नेलपलिस नेपाली ग्राहकहरूले विशेष रुचाएका छन्। प्रिमियम ब्रान्ड भएकाले यसका सबै उत्पादनको बिक्री मूल्य पनि त्यही अनुपातमा छ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्