एक्सप्रेस नेपाल

एक्सप्रेस नेपाल
जेष्ठ १, २०७१

आउटलेट ः दरबारमार्ग

विशेषता ः अमेरिकामा उत्पादित विभिन्न पहिरन तथा इटालियन सुट

अमेरिकाकै टप ब्रान्ड 'एक्सप्रेस' कम्पनीका विभिन्न आइटमका  पहिरन पाइने ठाउँ हो-नेपाल एक्सप्रेस। यहाँ अमेरिकन कम्पनीका पार्टी वेयर, र्फमल तथा क्याजुअल पहिरन उपलब्ध छन्। यहाँ किशोर अवस्थादेखि ४० वर्षसम्मका महिला तथा पुरुष दुवैका लगि विभिन्न प्रकारका पहिरनका साथै पुरुषका इटालियन सुटसमेत पाइन्छ। यहाँ एसियामै पहिलोपटक अमेरिकाबाट सोझै नेपाल आयात गरिने आइटम सँगै रेवलन, मेलिवन तथा लोरियल कम्पनीका कस्मेटिक डिजाइनर एवं परयुम पनि राखिएका छन्। मौसमअनुसारका पहिरन तथा ब्रान्डेड कम्पनीका कस्मेटिक एकै ठाउँमा पाइने 'नेपाल एक्सप्रेसमा' १ हजार ९ सय रुपैयाँदेखि ६ हजार रुपैयाँसम्मका पहिरन किन्न सकिन्छ।

बजारमा नयाँ

केट मोस म्याट लिपस्टिक

रिमेलको केट मोस म्याट लिपस्टिक बजारमा उपलब्ध छ। लामो समयसम्म टिक्ने यो लिपस्टिकको सेड धेरै प्रकारका छन्। म्याट फिनिसको यो लिपिस्टक ओठमा लगाएपछि लामो समय रहन्छ। यसका सेड २० वर्षदेखिका मानिसले प्रयोगमा ल्याउन सक्छन्। यसले ओठलाई कुनै असर पुर्‍याउँदैन। यसको बजार मूल्य १ हजार २ सय रुपैयाँ छ।

नेपाल क्याप हाउस

आउटलेट ः मच्छिन्द्रकेल टोल

विशेषता ः स्वदेशी तथा विदेशी टोपीको भण्डार  

काठमाडौको व्यस्त क्षेत्र मच्छिन्द्रबहाल र इन्द्रचोकको बीचमा पर्ने मच्छिन्द्रकेल चोकको मुख्य प्रवेशद्वारमा अवस्थित नेपाल क्याप हाउसमा, बालबालिकादेखि वृद्धसम्मका लागि उपयुक्त नेपाली ढाकाका टोपी तथा अन्य क्याप पाइन्छ। यहाँ ६५ रुपैयाँदेखि ९ सय रुपैयाँसम्म पर्ने नेपाली ढाकाको टोपी तथा  विदेशी ह्याट उपलब्ध छ। नेपाल क्याप हाउसमा टोपीका साथै नेपालको झन्डा, खुकुरीको प्रतिमा, ब्याच, गार्ड, टाई, नेपालको नक्सा, कि रिङ आदि पनि खरिद गर्न सकिन्छ। यहाँ फ्यान्सी प्ल्ाास्टिक सिट, युनिर्फम ब्याज आदि पाइनुका साथै अर्डर बमोजिम नेपाली चिह्न अंकित हरेक सामग्री तयार पारिन्छ।

लो मोटो

लो मोटो आयुर्वेदिक क्याप्सुल तथा फुड सप्लीमेन्ट हो। यसले मोटोपन कम गर्ने मात्र नभै मानिसलाई स्वस्थ पनि बनाउँछ।  लो मोटो सेवनबाट स्लिम तथा फिट रहन सकिने दावी यसको उत्पादक कम्पनीको छ। यसलाई नेपालमा सिटी मार्केटिङले प्रवर्द्धन गरेको हो। लो मोटो बानेश्वरस्थित कप्युटर बजारको दोस्रो तल्लामा खरीद गर्न सकिन्छ। यो स्वादिलो तथा सजिलै पचाउन सकिने खालको छ। यसले शरीरको मेटाबोलिज्म सन्तुलित गर्नुका साथै भोक व्यवस्थापन पनि गर्छ। यसको मूल्य तीन हजार रुपैयाँ छ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्