सगरमाथा , नेपाल, मे २००८

सगरमाथा , नेपाल, मे २००८
फाल्गुन १, २०७०

सगरमाथा

नेपाल, मे २००८

सन् २००८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा खिचिएका तस्बिरहरू। पहिलो तस्बिरमा आशाकुमारी सिंह खुम्बु आइसफल तर्ने क्रममा भर्‍याङ चढ्दै। दोस्रो तस्बिरमा सगरमाथाको चुचुरोमा नेपालको झण्डा फहर्‍याउँदै टिमकी सदस्य पूजन आचार्य तथा तेस्रो तस्बिरमा ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा शैली बस्नेत र पेमा दिकी शेर्पा।

कोस्जिउज्को हिमाल

अष्ट्रेलिया, ७ जुलाई २०१०

विश्वका ७ महादेशका ७ वटा अग्ला हिमाल चढ्ने लक्ष्य बोकेको सेभेन समिटस् वुमन टिममा ७ जना नेपाली युवती आबद्ध छन्। तिनै ७ जना साहसी युवतीले सन् २०१० मा अस्ट्रेलियाको सबैभन्दा अग्लो कोस्जिउज्को हिमाल आरोहण गरे। विदेशका हिमाल सगरमाथाको तुलनामा होचा भए पनि समुद्री सतहबाट चढ्नुपर्ने र निक्कै अप्ठ्यारा बाटा पार गर्नुपर्ने भएकाले चुनौतीपूर्ण भएको टिमको अनुभव छ।

एल्ब्रस हिमाल

रसिया युरोप २९ अगष्ट २०१३

सातै महादेशका अग्ला शिखर चुम्ने साहसिक कीर्तिमानी अभियानका योद्धाहरू युरोपस्थित रसियाको एल्ब्रस हिमालको यात्रा गर्दै। पहिलो तस्बिरमा चट्टानको कठिन यात्रामा टिमका सदस्यहरू। दोस्रो तस्बिरमा युरोपको सर्वश्रेष्ठ अग्लो स्थानमा नेपाली युवतीहरू। तेस्रो तस्बिरमा साहसी नेपाली नारी पेमा दिकी शेर्पा एल्ब्रसको चुचुरोमा नेपाली झण्डा फहर्‍याउँदै।  

किलिमञ्जरो हिमाल

तान्जानिया, दक्षिण अफ्रिका ५ मार्च २०१३

दक्षिण अपि|mकाको ताञ्जानियास्थित सर्वोच्च शिखर किलिमञ्जरोको यात्राका क्रममा सेभेन समिटस् वुमन टिमका सदस्यहरू शैली बस्नेत, आशाकुमारी सिंह, पूजन आचार्य, पेमा दिकी शेर्पा, माया गुरुङ, चुनु श्रेष्ठ र निमडोमा शेर्पा शिखर चुमेपछि खुसी साट्दै।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्