सदाबहार नायिका झरना थापा
निर्माता सुनीलकुमार थापासँग विवाह गरेपछि झरनाले आफ्नो पहिलो चलचित्र धर्मसंकटमा नायिकाका रूपमा अभिनय गरेकी हुन् । नायिकाका रूपमा पहिलो पटक आएकी झरनालाई दर्शकहरूले निकै रुचाए र उनले त्यसैमा आफ्नो छवि बनाउँदै गइन् । धर्मसंकटको मलाई नेपाली माया मनपर्छ गीत टेलिभिजनमा आएपछि त झरनाले थुप्रै दर्शकको मन जितिन् । एउटा गीतमै २२ जोर लुगा फेरेकी झरनाको चर्चा ग्ल्यामरस नायिकाका रूपमा हुन थाल्यो । उनले केही समय होम प्रोडक्सनको चलचित्रमा मात्र काम गरिन् तर पछि चलचित्र जीवनसाथीबाट अरूले बनाएका चलचित्रमा पनि अभिनय गर्न थालिन् । झन्डै एक सय चलचित्रमा नायिकाका रूपमा अभिनय गरिसकेकी मृदुभाषी नायिका झरना आफूमा अझै निखार ल्याउन बाँकी भएको बताउँछिन् । उनले चलचित्रमा टिनएजर, गृहिणी, दुःखी, अपाङ्ग आदि सबै भूमिकामा सशक्त अभिनय गरेकी छिन् ।
झरनासँग भलाकुसारी
तपाईंसँग धेरैजसो हुने महँगो वस्तु ?
हीराको रिङ ।
स्वादिलो गरी पकाउने परिकार ?
खसीको मासु ।
तीन कुरा जुनबिना बाँच्न सक्नुहुन्न ?
काम, परिवार र म आफै ।
मन नपर्ने कलाकार ?
यो त भन्नै मिल्दैन । मारिहाल्छन् नि ...
रमाइलो लागेको क्षण ?
धर्मसंकटबाट नायिकाका रूपमा प्रवेश गर्दा, विवाह गरी घरमा प्रवेश गर्दा, छोरी पाउँदा... धेरै छन् ।
सबैभन्दा लाज लागेको क्षण ?
बाल्यकालका बदमासीहरू सम्झदा साह्रै लाज लाग्छ ।
समकालीन नायिकामध्ये कोसँग प्रभावित हुनुहुन्छ ?
जल शाह र निरुता सिंह ।
अहिलेका तपाईंलाई मन पर्ने नायिकाहरू ?
रेखा थापा, नन्दिता केसी, केकी अधिकारी र नीता ढुंगाना ।
नायकहरू नि ?
राजेश हमाल, दीलिप रायमाझी, श्रीकृष्ण, राजबल्लभ, सुमन सिंह र जीवन लुइँटेल ।
नायिका, श्रीमती, आमा, बुहारीमध्ये कुनमा बढी सफल भएजस्तो लाग्छ ?
म सबैतिर उत्तिकै परफेक्ट छु ।
सुरज सुब्बा -निर्देशक)
झरनासँग मैले दुईवटा चलचित्रमा काम गरेको छु । उनको व्यवहार एवं कलाकारिताबाट म निकै प्रभावित छु । उनी जति सरल छिन्, उति नै अभिनयमा गहन छिन् । नायिकाका रूपमा उनीसँग जुन क्षमता छ त्यसलाई अझै पनि पर्दामा उतार्न सकिएको छैन । धेरै सम्भावना बोकेकी नायिका हुन्-उनी । झरनालाई जुनसुकै भूमिका दिए पनि उनले त्यसमा उत्तिकै न्याय गर्न सक्छिन् । उनलाई जे कुरा पनि एकपटक भने पुग्छ । उनी समूहमा काम गर्दा सबैसँग राम्रो व्यवहार गर्छिन् । उनमा घमण्ड पटक्कै छैन । सानालाई माया र ठूलालाई आदर गर्ने उनको शैली लोभलाग्दो छ ।
नन्दिता केसी नायिका
झरना दिदीसँग म फेमिलियर भएर अभिनय गर्छु । चलचित्र इन्द्रेणी र हामी तीन भाइमा सँगै काम गर्ने अवसर पाएकी थिएँ । नयाँ भए पनि उनले मप्रति त्यतिबेला गरेको व्यवहार एवं मार्गदर्शनले मलाई उनी निकै मज्जाकी लागेकी थिइन् । मलाई उनी आपmनी दिदीजस्तै लाग्छिन् । चलचित्र क्षेत्रमा आउनुअघि नै मैले उनको चलचित्र ए मेरो हजुर हेरेकी थिएँ । त्यतिबेला नै म उनीबाट प्रभावित थिएँ । प्रत्यक्ष भेटेपछि त झन् मन पर्यो । उनको व्यक्तित्व भव्य छ । यत्रो वर्षसम्म पनि आफूलाई मेन्टेन राख्नु पनि कला हो । फिगरदेखि अभिनय एवं नृत्य सबैमा पोख्त छिन् उनी । अरू नायिकासँग काम सकिएपछि हाइहेल्लो मात्र हुन्छ तर उनीसित मेरो दिदीबहिनीको सम्बन्ध छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्