राशी

असोज महिनाको राशिफल

 मेषकाममा अपेक्षाकृत सफलता मिल्दै जानेछ । जोस–जाँगर बढ्नेछ भने आफ्नो इच्छानुसार काम गर्ने अवसर प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । मनमा भएको चिन्ता हटेर जानेछ । धैर्यपूूर्वक सबैको कुुरा सुुनी तर्कपूूर्ण विचार एवं व्यवहार प्रकट गर्न सके सम्भावित विवाद टर्न सक्छ । व्यावसायिक काममा सजग रहनुुपर्ने समय छ । हडबड नगरी आरामपूर्वक सोच–विचार पुर्‍याएर काम गर्नुुहोला ।          वृषछोराछोरीको कुुरालाई लिएर श्रीमान्सित बहस हुुनसक्छ । आफ्नो जोडीले गरेको कुुनै कार्य चित्त नबुुभ््mन सक्छ । शरीरमा रक्तचापको मात्रामा घटबढ हुुनसक्छ । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । तपार्इंको भावना बुुझ्ने प्रयास गरिनेछ । मनमा खुुसी बढ्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । मनमा कुुनै नयाँ काम गर्ने विचार आउनसक्छ । आर्थिक लाभ हुुनेछ भने रोकिएका काम सुचारु हुनेछन् ।      मिथुनपारिवारिक वातावरण सुुखमय रहनेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहला । छोराछोरीले तपाईंको कुुरा बुुझेर काम गर्नेछन् । विभिन्न व्यक्तिहरूसित भेटघाट गर्ने अवसर जुुर्नेछ । काम गर्दा कसैको सहयोगको अपेक्षा नगर्नुु नै उपयुक्त हुुन्छ । मनमा भएको कुुरा खुुलस्त रूपमा प्रकट गर्न सके मानसिक बोझ कम हुनेछ । पारिवारिक खुुसीका साथै आफ्नो स्वास्थ्यका लागि पनि केही समय छुुट्याउनुुहोला ।कर्कटशारीरिक एवं मानसिक रूपले स्वस्थ भइनेछ । काम गर्ने उत्साह वृद्धि हुनेछ । मनमा प्रसन्नता छाउनेछ । कतै घुुमघाम गर्ने अवसर जुट्नसक्छ । आर्थिक पक्ष सुुदृढ हुुनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । कसैकसैलाई रोजगारीको सम्भावना छ । काममा अपेक्षित सफलता हात पर्नेछ । साथीभाइहरूसित रमाइलो भेटघाट गर्ने अवसर जुर्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ ।सिंहपारिवारिक वातावरण सुखमय रहनेछ । विभिन्न कार्यक्रममा महत्वपूर्ण मानिसहरूसित भेटघाट गर्ने अवसर जुुर्नेछ । इच्छाइएका सबै काम सम्पन्न हुनेछन् । मान–सम्मान मिल्नुका साथै तपाईंको इच्छा तथा सुख–दु:खको पनि ख्याल गरिनेछ । आर्थिक पक्ष सुदृढ होला । कतै घुमघामको अवसर जुट्नसक्छ । कुुनै कामले आपूूmबाट टाढा भएका प्रियजनको सम्झना आउँदा मन भावुुक हुुनसक्छ । खानपानमा ध्यान दिनसके सम्भावित स्वास्थ्य समस्या टर्नेछ ।कन्याव्यस्तताले भरिपूूर्ण महिना छ । छोटो समयमा धेरै काम भ्याउनुुपर्दा केही गार्‍हो हुुनसक्छ । सहयोगी हातहरू पछि हट्नसक्ने भएकाले आफ्नो काम आफै गर्ने प्रयास गर्नुुहोला । अलिकति समय आफ्नो व्यक्तिगत कार्यका लागि पनि छुुट्याउनुुहोला । रक्तचापको मात्रामा घटबढ हुुनसक्ने भएकाले खानपानमा विशेष सजग रहनुुपर्नेछ । धैर्यपूूूर्वक एकपछि अर्को गर्दै कार्य सम्पन्न गर्नु सहज होला । कसैको चित्त नदुख्ने गरी आफूलाई जे काम गर्दा प्रसन्नता प्राप्त हुुन्छ, त्यही गर्नुहोला ।तुलापारिवारिक सुख प्राप्त हुनेछ भने घरका कतिपय सामग्री हेरफेर हुुनसक्छन् । व्यक्तिगत काममा सफलता हात पर्नेछ । आफ्नो इच्छानुुसार काम गर्ने मौका मिल्नेछ । परिवार, श्रीमान् तथा छोराछोरी सबैबाट माया एवं सहयोग मिल्नेछ । आपूूmलाई मनपर्ने चीजबीज खरिद गर्न पाइनेछ । सबैले तपाईंको स्वाद एवं इच्छाको ख्याल गर्नेछन् । कुुनै कामको जिम्मेवारी आइलाग्नसक्छ । काममा अपजस मिल्नसक्ने भएकाले कसैको भर नपरी आफै काम गर्ने प्रयत्न गर्नुुहोला । खानपानमा पनि सजग रहनुुपर्ने समय छ ।वृश्चिकयात्रा हुुनसक्छ । काममा सफलता हात पर्नेछ । कसैकसैलाई उपहार, पुुरस्कार वा सम्मान मिल्नसक्छ । परिवारका सदस्यहरूले तपाईंको सुुख–दुु:खको ख्याल गर्नेछन् । आर्थिक पक्ष सुुदृढ रहनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहला । काम गर्ने जाँगर वृद्धि हुनेछ भने शरीर पनि स्वस्थ देखिन्छ । व्यक्तिगत कार्यका लागि केही समय निस्कनेछ ।धनुअपेक्षाअनुरूप काममा सफलता मिल्दै जानेछ । समस्याहरू समाधान हुुनेछन् । कुुनै विशेष कार्यमा सफल भइनेछ । श्रीमानबाट अपेक्षित माया एवं सद्भाव प्राप्त होला । आर्थिक पक्ष पनि सुुदृढ रहनेछ । नयाँ एवं पुुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुुट्नेछ । आफ्नो इच्छानुुसार काम गर्ने अथवा समय बिताउने अवसरसमेत प्राप्त होला । काम विशेषले आफूबाट टाढा भएका प्रियजनसित भेटघाट हुुनेछ । मकरसानोतिनो कामका लागि पनि निकै खट््नुुपर्नेछ । आकस्मिक कामहरू आइलाग्नसक्छन् । कार्यतालिका बनाई काम गरे सहज हुुनेछ । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । घर एवं माइतीबाट अपेक्षित सहयोग मिल्नेछ । कुुनै महत्वपूूर्ण काममा सहभागी हुुने अवसर जुट्नेछ । श्रीमान्बाट सोचेजस्तै सहयोग एवं माया पाइनेछ । अनावश्यक कुराबाट टाढा रहनसके विवादमा परिने छैन ।कुम्भपारिवारिक वातावरण सुखमय रहनेछ । कुुनै धार्मिक काममा संलग्न हुुने अवसर जुट्नेछ । उपहार प्राप्तिको योग  छ । गरगहना जोरिने सम्भावना पनि छ । आर्थिक पक्ष सुुदृढ रहनेछ । दाम्पत्य जीवनमा सोचेजस्तै माया एवं समझदारी कायम रहनेछ । छोराछोरीले अपेक्षाअनुरूप कार्य गर्नेछन् । प्राय: सबै काम तपाईंकै इच्छा एवं निगरानीमा सम्पन्न हुुनेछन् । कामका साथसाथै आफ्नो स्वास्थ्यलाई पनि समय दिनुुहोला । आपूूmलाई कुुनै कुुरा चित्त नबुुझेको खण्डमा विनम्रतापूूर्वक सम्बन्धित व्यक्तिसमक्ष व्यक्त गरे समस्या टर्नसक्छ ।                 मीनयात्रा हुुनसक्छ । परिवारका सदस्यहरूसित रमाइलो समय बिताउने मौका मिल्नेछ । काममा अपेक्षित सफलता हात पर्नेछ । महिनाको पूूर्वाद्र्धमा दम्पतीको विचारमा विविधता देखिए पनि उत्तराद्र्धमा एकरूपता आउनेछ । मनमा प्रसन्नता छाउनेछ । आफ्नो व्यक्तिगत कार्यका लागि केही समय निस्कनेछ । ग्यास्ट्रिक एवं रक्तचापको समस्या भएकाहरूले आफ्नो खानपान एवं रहनसहनको ख्याल गर्नुुहोला । घरमा नयाँ सदस्यको आगमन हुुनसक्छ ।    

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यआश्विन १, २०७५

-- पुरै पढ्नुहोस् --

भाद्र महिनाको राशिफल

पारिवारिक वातावरण सुुखमय रहनेछ । छोराछोरीको खुुसीका निम्ति केही खर्च हुुनसक्छ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । किनमेलमा समय बित्नेछ । उपहार पनि प्राप्त होला । दाम्पत्य जीवन अपेक्षा गरेजस्तै सुुखमय रहनेछ । कसैकसैलाई कुुनै कार्यका लागि स्यावासी मिल्नसक्छ । तपार्इंको वाकपटुुता एवं कार्यदक्षताको सबैले प्रशंसा गर्नेछन् । सवारीसाधन जोरिने सम्भावना छ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यभाद्र ३, २०७५

-- पुरै पढ्नुहोस् --

साउन महिनाको राशिफल

काममा अपेक्षित सफलता हात पर्नेछ । कुनै कामविशेषले यात्रा गर्नुपर्ला । परिवारबाट अपेक्षित सहयोग मिल्नेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । कुनै नयाँ कामको थालनी हुुनसक्छ । छोराछोरीले पनि आफ्नो इच्छाअनुरूप काम गर्नेछन् । प्रतिस्पर्धात्मक काममा सफलता प्राप्त होला । प्राय: सबै कार्य योजनानुुसार नै सम्पन्न हुुनेछन् ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यश्रावण २, २०७५

-- पुरै पढ्नुहोस् --

असार महिनाको राशिफल

बहुुप्रतीक्षित काममा सफलता हात पर्नेछ । अपेक्षा गरेजस्तै सबै कार्य सम्पन्न हुुँदै जानेछन् । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । विभिन्न कुुराको लाभ हुुनेछ । पारिवारिक वातावरण सुखमय रहनुका साथै दाम्पत्य जीवन पनि सुमधुर देखिन्छ । साथीभाइसित भेटघाट गर्ने अवसर जुर्नेछ । विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्यमा सहभागी हुुन पाइएला । पारिवारिक स्वास्थ्य एवं खानपानको ख्याल राख्नुहोला ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यअसार ४, २०७५

-- पुरै पढ्नुहोस् --

जेठ महिनाको राशिफल

विभिन्न कुुराको लाभ हुुनेछ । दाम्पत्य जीवनमा अपेक्षा गरेजस्तै सुुख एवं सहयोग मिल्नेछ । काम गर्दा आकस्मिक बाधा आइलागे पनि क्रमश: सफलता हात लाग्दै जानेछ । पारिवारिक सुख एवं छोराछोरीबाट सन्तोष प्राप्त होला । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रमा पनि सफल भइनेछ । राम्रो गर्दागर्दै पनि अपजस आइलाग्ने भएकाले जिम्मेवारीको काम गर्दा सजग रहनुहोला ।

प्रीति आत्रेय ज्ञवाली फलित ज्योतिषाचार्य, जेष्ठ १, २०७५

-- पुरै पढ्नुहोस् --

वैशाख महिनाको राशिफल

घरमा कुनै धार्मिक काम सम्पन्न हुुनसक्छ । विभिन्न कुुराको किनमेल हुुनेछ । व्यक्तिगत खुुसीका लागि पनि केही खर्च होला । दाम्पत्य जीवनमा वैचारिक मतभेद देखापरे पनि माया–प्रीति भने यथावतै रहनेछ । आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुनसक्ने भएकाले खानपान एवं व्यायाममा ध्यान पुर्‍याउनुहोला ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यवैशाख ३, २०७५

-- पुरै पढ्नुहोस् --

चैत महिनाको राशिफल

जोस–जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । चिन्ता हट्नेछ । आर्थिक पक्ष सुुदृढ होला । यात्रा हुुनसक्छ । कसैकसैले विशेष कामले जिल्ला वा देशबाहिर जानुुपर्ला । नयाँ एवं पुराना साथीभाइसित भेटघाट गर्ने अवसर जुट्नेछ । नयाँ काम गर्ने अवसर पनि प्राप्त होला । सबै काम योजनाअनुुरूप सम्पन्न गर्न पाउँदा मन प्रसन्न हुनेछ ।

प्रीति आत्रेय ज्ञवाली, फलित ज्योतिषाचार्यचैत्र ३, २०७४

-- पुरै पढ्नुहोस् --

फागुन महिनाको राशिफल

मौसमी स्वास्थ्य समस्या सिर्जना हुुनसक्छ । रक्तचापको समस्याले सताउला । कुुनै कुुराले तनाव सिर्जना गर्नसक्छ । काममा जाँगर लाग्ने छैन । मनमा नकारात्मक कुुराहरूको प्रभाव बढ्नेछ । व्यक्तिगत एवं पारिवारिक खुुसीका निम्ति खर्च हुुनसक्छ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यफाल्गुन १, २०७४

-- पुरै पढ्नुहोस् --

माघ महिनाको राशिफल

दाम्पत्य जीवनमा मतभेद भए पनि माया एवं समझदारी भने कायम रहनेछ । काममा सफल भइनेछ । मनमा दोधार उत्पन्न हुुनसक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । सोचेअनुुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुुखसमेत प्राप्त होला ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यमाघ २, २०७४

-- पुरै पढ्नुहोस् --

पुस महिनाको राशिफल

काममा अपेक्षाकृत सफलता हात लाग्नेछ । प्राय: सबै कार्य आफ्नै निगरानीमा सम्पन्न हुुनेछन् । एक–अर्काको मनोभाव बुुझेर काम गरे दाम्पत्य जीवन सुुमधुुर रहनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । विभिन्न सामग्रीको किनमेल हुुनेछ । छोराछोरीबाट पनि सुुख–सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र सन्तोषजनक रहनेछ भने अनावश्यक खर्च हुने सम्भावना छ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यपुस १, २०७४

-- पुरै पढ्नुहोस् --

मंसिर महिनाको राशिफल

छोराछोरीको कुुरालाई लिएर श्रीमानसँग खटपटहुनसक्छ । गर्भवती महिलाहरूले बोली, व्यवहार एवं स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुुहोला । यात्राका क्रममा समस्या सिर्जना हुुने देखिन्छ । दाजुुभाइ–दिदीबहिनीहरूबीचको सम्बन्धमा प्रगाढता छाउनेछ । कामको थकानले गर्दा अनायास रिस उठ्नसक्छ । शरीरको प्रकृतिअनुुसार पानी पिउनुु, उचित आहार खानुु एवं बिहान–बेलुुका टहल्नुु लाभप्रद होला ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्यमंसिर ३, २०७४

-- पुरै पढ्नुहोस् --