महिला दृष्टि

आइक्लबमा  फेसन मेनियाँ 

दरबारमार्गस्थित आईक्लबमा अघिल्लो बुधवारको वातावरण केही फरक थियो । मोडलहरू लामो समयदेखि आयोजना हुँदै आएको फेसन मेनिया शीर्षकको फेसन शोको १९ औं श्रृंखलामा क्याटवाक गर्न तयार देखिन्थे । राति दस बजेपछि र्‍याम्पमा चम्किलो प्रकाशसँगै मोडलहरूको क्याटवाक प्रारम्भ भयो ।कोरियोग्राफर विनोद सिंह मोडलहरूले करिब दुई साताको प्रशिक्षण लिएको बताइरहेका थिए । अभिनेत्री कविता श्रेष्ठ शो–स्टपर रहेको उक्त फेसन शोका क्रममा गायक सुमन श्रेष्ठले सांगीतिक प्रस्तुति दिएका थिए भने जादुगर तथा अभिनेता महादेव त्रिपाठीको हास्य प्रस्तुतिबाट दर्शकले प्रशस्त मनोरञ्जन प्राप्त गरे । उक्त फेसन शोमा डिजाइनर्स हाउस तथा एसएनएस ट्रेड कन्सर्नका पहिरनहरू प्रदर्शन गरिएको थियो । 

नारी संवाददाता , फाल्गुन २६, २०७५

-- पुरै पढ्नुहोस् --

साहसी महिला

अहिले नेपाली महिला तुलनात्मक धेरै अगाडि बढिसकेका छन् । समाजले महिलालाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउन थालेको छ ।

नारी संवाददाता , कार्तिक २५, २०७३

-- पुरै पढ्नुहोस् --

लैंगिक समानताका दृष्टिले नेपाल एक सय दसौं स्थानमा

पटक–पटकको जनआन्दोलन र महिलाहरूको संघर्षपछि नेपालको संविधानले महिलाहरूलाई विशेष प्राथमिकता दिएको छ ।

युवराज गौतम, चैत्र २८, २०७२

-- पुरै पढ्नुहोस् --

कति स्वच्छन्द छन् महिलाहरू ?

जीवनका कतिपय क्षण महत्वपूर्ण हुन्छन् ।.....

नारी संवाददाता , फाल्गुन ११, २०७२

-- पुरै पढ्नुहोस् --

कति स्वच्छन्द छन् महिलाहरू ?

जीवनका कतिपय क्षण महत्वपूर्ण हुन्छन् । जीवनको अप्ठ्यारो पलबाट हामीले केही न केही सिक्नुपर्छ । यसमध्ये केही स्मरण यथावत् रहन्छन् भने केही मेटिन्छन् । महिलाहरूको जीवनमा पनि यस्ता क्षणहरू आइरहन्छन् । आज महिलाहरूको जीवन स्वतन्त्र छ ।

नारी संवाददाता , पुस १७, २०७२

-- पुरै पढ्नुहोस् --

अविवाहित रहनु अभिशाप होइन

हाम्रो समाजमा कतिपय गलत धारणाले पनि स्थान पाउँदै गएका छन् । समाजमा खराब विचारहरूले स्थान पाएकै हुनाले कतिपय असल कुरा विलीन हुँदैछन् । जसले गर्दा समाजका सबै व्यक्तिले खराब कुरा मात्र देख्ने अनि सुन्ने गरेका छन् । हरेक कुराका दुई पाटा हुन्छन् ।

नारी संवाददाता , पुस ३, २०७२

-- पुरै पढ्नुहोस् --

मम्मी मेकओभर

आफ्नो प्रतिबिम्बलाई संसारमा अवतरण गर्ने चाहना हरेक नारीमा हुन्छ तर गर्भावस्थाका कारणउनको शरीरमा पर्ने प्रभावलाई लिएर अधिकांश महिला आशंकित रहन्छन् ।

झरना नहर्की, मंसिर २१, २०७२

-- पुरै पढ्नुहोस् --

घुम्टोभित्रका हीरा

महिलाहरू हरेक क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न धर्म बाधक बनेको भन्दै संसारभरबाट विरोध आइरहेका बेला यही समुदायका कतिपय महिलाले आफ्नो साहस र संघर्षलाई खुलेर अभिव्यक्त गरिरहेका छन् । विखण्डित समाजमा हुर्किएका उनीहरूले चलिआएको संस्कारलाई सहर्ष स्वीकार गरेका छन् तर सँगै आफ्नो विकास र सशक्तीकरणमा पनि आफूलाई परिमार्जित गर्दै लगेका छन् । त्यति मात्र होइन, उनीहरू आफ्नो संस्कारको मर्मलाई मर्न नदिई आफ्नो क्षेत्रमा अघि बढिरहेका छन् । यसको उदाहरण बंगलादेशमा महिला प्रधानमन्त्रीहरूको निरन्तरता पनि हो । एयरपोर्टबाट बाहिर निस्कँदा बुर्काभित्र रहेका महिला बढी देखिए पनि यथार्थ बुझ्दै जाँदा उनीहरू परिवारभित्र निर्णयको स्वतन्त्रता, आर्थिक स्वतन्त्रता तथा शिक्षामा अब्बल भेटिए ।

झरना नहर्की र लक्ष्मी भण्डारी थापा ढाकाबाट फर्किएर , भाद्र ६, २०७२

-- पुरै पढ्नुहोस् --

संकलित विचार

अबको संविधानले समानतालाई सुनिश्चित गर्नुपर्छ । नागरिक–नागरिकबीचको विभेद अन्त्य गर्न वंशजको आधार र अङ्गीकृत नागरिकतासम्बन्धी व्यवस्था लैङ्गिक समानताको दृष्टिकोणबाट न्यायोचित हुनुपर्छ । प्रत्येक महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गर्नुपर्छ ।

दीपक दहाल, भाद्र १, २०७२

-- पुरै पढ्नुहोस् --