कला

छैनन् कलाका नेपाली ग्राहक

काठमाडौं बूढानीलकण्ठकी उमा खड्काले चित्रहरूमा आफ्नो भावना क्यानभासमा उतार्न थालेको १० वर्ष भयो । बितेका १० वर्षमा खड्काले आफ्ना केही थान चित्र विदेशी पर्यटकलाई बेचे पनि आजसम्म कुनै पेन्टिङका नेपाली ग्राहक फेला पारेकी छैनन् । कमर्सियल आर्टअन्तर्गतका आर्ट विदेशी पर्यटकको रोजाइमा पर्ने गरेका छन् । देशका हिमाल, पहाडमा मात्रनठोक्किने उमाको मनले अन्य सेक्टरका चित्र पनि कोर्ने गरेको छ ।त्यस्ता चित्रको एक त बिक्री छैन, अर्को छोरी मान्छेलाई चित्र कोर्न निकै कठिन हुने उनको अनुभव छ । विवाहितहरूका हकमा स्थिति अझ जटिल हुने उमा बताउँछिन् । आर्ट गरिरहेका बेला विभिन्न किसिमका स–साना कामले मुड बारम्बार भङ्ग भएर कयौं सिर्जना त्यसै मरेको उमा बताउँछिन् । सानै उमेरदेखि आर्ट मन पराउने उमाले आर्टमै स्नातकोत्तर गरेकी छिन् । नेपाली कलालाई फराकिलो बनाउने सपनासहित पेन्टिङ गर्दै आएकी उमाले गत महिना आर्ट काउन्सिलमा आयोजित चित्रकला प्रदर्शनीमा ३ वटा पेन्टिङ प्रदर्शनमा राखेकी थिइन् ।यता गोर्खाकी रितु थापाले उक्त चित्रकला प्रदर्शनीमा आफ्ना ३ वटा पेन्टिङ प्रदर्शनमा राखिन् । ५ दिनसम्म चलेको उक्त प्रदर्शनीमा उनका कुनै कला बिक्री भएनन् । थापाका पेन्टिङ मात्र होइन नेपालमा यस्ता चित्रका ग्राहक निकै कम रहेको उनको भनाइ छ । कमै नेपाली मात्र पेन्टिङप्रेमी भएको बताउने थापाले आर्टमै मास्टर डिग्री गरेकी छिन् तर उनलाई पेन्टिङ नै गरेरसहजताका साथ जीवन चलाउन सकिन्छ भन्ने लाग्दैन । विदेशी पर्यटकले नेपालका नदी, हिमाल तथा मन्दिरका तस्बिर किने पनि नेपालीहरूले भने नकिन्ने थापा बताउँछिन् ।उक्त प्रदर्शनीमा पाटनकी सुदेशा श्रेष्ठका पनि ७ वटा पेन्टिङ प्रदर्शित थिए । ५ दिनसम्म आर्ट काउन्सिलका भित्तामा टाँगिएका उनका चित्र पनि ७ दिनपछि निकालिए । महिनौं लगाएर कोरिएका उनका चित्रले पनि बजार पाउन सकेनन् । आर्टमै मास्टर्स सकेकी श्रेष्ठले पनि चित्र कोरेरै समृद्ध जीवन हासिल गर्ने सपना देखेकी छैनन् । आर्टकै विविध पाटोमा आफूलाई समर्पित गर्दै फरक पहिचान बनाउने उनको सपना छ । कलामा गीत–संगीत तथा चलचित्रको जस्तै कलाको प्रचार–प्रसार हुन नसक्दा आर्टका बारेमा थोरैले मात्र चासो राख्ने सुदेशा बताउँछिन् । विभिन्न पर्यटकीय स्थलका ग्यालरीबाट केही थान चित्र विदेशी पर्यटकले किने पनि आर्टका विशुद्ध नेपाली ग्राहक भने लगभग नभएको उनको दुखेसो छ ।फाइन आर्टको चौथो सेमेस्टरका विद्यार्थीको आर्थिक संकलनसँगै आर्ट काउन्सिलको सहयोगमा ५ दिन चलेकोउक्त प्रदर्शनीमा १९ जना चित्रकारका चित्र प्रदर्शित थिए जसमा जेनी घलेको एउटा र अर्को एउटा गरी २ वटा चित्र मात्र बिक्री भए । १९ जना चित्रकार सहभागी भएको उक्त प्रदर्शनीमा जया शर्मा, उमा खड्का, जेनी घले, सुदेशा खड्का, प्रमिला लामा, रितु थापा आदि ८ जना महिलाको सहभागिता थियो ।  

राधिका अधिकारी, मंसिर ६, २०७४

-- पुरै पढ्नुहोस् --

राष्ट्रिय ललितकला प्रदर्शनी

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा गत महिना सातौं राष्ट्रिय ललितकला प्रदर्शनी–२०७४ बबरमहलस्थित आर्ट काउन्सिलमा सम्पन्न भयो । यो वर्षको प्रदर्शनीमा प्रतियोगी तथा अप्रतियोगी गरी विभिन्न विधाका कुल ४ सय ५८ कलाकृति प्रदर्शन गरिए जुन ४ सय २८ जना कलाकारले निर्माण गरेका थिए ।

नारी संवाददाता , असार २०, २०७४

-- पुरै पढ्नुहोस् --

विश्वभरका कलाकारहरूको जमघट : काठमाडौं ट्रिएनल

विश्वभर आयोजना हुँदै आएको ट्रिएनल नेपालमा पहिलो पटक सिद्धार्थ आर्ट फाउन्डेसनले काठमाडौं ट्रिएनलका रूपमा सम्पन्न गर्‍यो । उक्त ट्रिएनलको उद्देश्य नेपाली कला–संस्कृतिलाई चिनाउनुका साथै काठमाडौंलाई दक्षिण एसियाको कल्चरल हबका रूपमा विकास गर्ने रहेको काठमाडौं ट्रिएनलका निर्देशक निश्चल वलीले बताए।

सिर्जना दुवाल श्रेष्ठ, वैशाख १३, २०७४

-- पुरै पढ्नुहोस् --

कस्तो सेपका लागि कस्तो पहिरन ?

कम्मरभन्दा तल्लो भाग मोटो छ यसमा विशेष ध्यान दिनुपर्छ । यसका लागि स्ट्रेट कट जिन्स पाइन्ट लगाउनुपर्छ सिगरेट पाइन्ट लगाउनु हुँदैन ।

नारी संवाददाता , चैत्र ८, २०७३

-- पुरै पढ्नुहोस् --

जादु पेडिङको

ब्रेस्ट ट्रान्सप्लान्टभन्दा धेरै गुणा कम जोखिम र कम खर्चमा हेभी ब्रेस्ट प्राप्त गर्ने सबैभन्दा सरल उपाय पेडेड तथा पुसअप ब्राको प्रयोग हो । यसबाट स्तनलाई ठूलो देखाउन सकिन्छ । यसलाई कुनै पनि पहिरनअनुरूप लगाउन सकिन्छ ।

नारी संवाददाता , पुस २८, २०७३

-- पुरै पढ्नुहोस् --

पियर बडी सेप

यो बडी सेपमा शरीरको तल्लो भाग, शरीरको माथिल्लो भागको तुलनामा ठूलो हुन्छ । हिप्स पोर्सन सोल्डर्सभन्दा चौडा हुन्छ । यो बडी सेपमा हिप्सबाट ध्यान हटाएर पातलो कम्मरलाई उभार्नुपर्ने हुन्छ । आफ्नो सोल्डर्सलाई भोल्युम प्रदान गर्नुपर्छ र शरीरको तल्लो भागमा भोल्युम कम गर्नुपर्ने हुन्छ । यो बडी सेपले फेमिनेन लुक प्रदान गर्छ र पातलो कम्मर आकर्षणको केन्द्र बन्छ ।

नारी संवाददाता , पुस २४, २०७३

-- पुरै पढ्नुहोस् --

कसरी लगाउने पहिरन

धेरैलाई आफूले लगाएको पहिरन उत्तम लाग्छ । मैले छानेको डिजाइन ठीक छ भन्ने भ्रम हुन सक्छ । यद्यपि सत्य के हो भने राम्रो फेसन डिजाइनरबाहेक धेरैलाई कुन पहिरन कुन बेला कस्तो मानिसका लागि उपयुक्त हुन्छ भन्ने जानकारी नहुन सक्छ ।

नारी संवाददाता , पुस ४, २०७३

-- पुरै पढ्नुहोस् --

ट्रेडिसनल आउटफिट लगाउने हो भने

ट्युनिक खरिद गर्नु बेस्ट अप्सन हुन्छ, कारण यसलाई जिन्स, पाइन्ट र चुँडीदारसित लगाउन सकिन्छ ।

नारी संवाददाता , मंसिर २७, २०७३

-- पुरै पढ्नुहोस् --

किशोरीहरूका लागि उपयुक्त इनरवेयर

ठिक्कको इनरवेयरले व्यक्तित्वलाई आकर्षक बनाउनुका साथै स्वस्थ रहन पनि मद्दत गर्छ ।

नारी संवाददाता , मंसिर १६, २०७३

-- पुरै पढ्नुहोस् --

जाडोमा कस्ता पहिरन लगाउनुपर्छ ?

अहिले बिस्तारै चिसो बढिरहेको छ ।

झरना नहर्की, मंसिर ८, २०७३

-- पुरै पढ्नुहोस् --

ड्रेसिङ स्टाइलमा नयाँ ट्रेन्ड

काउल नेकको प्रयोग पहिरनको अगाडि वा पछाडि दुवैतर्फ गर्न सकिन्छ ।

नारी संवाददाता , मंसिर ३, २०७३

-- पुरै पढ्नुहोस् --