विविध

४४ सन्तानकी आमा

यो दुनियाँ आश्चर्यले भरिएको छ । यस्तै आश्चर्यको एउटा उदाहरण एक महिलाले पेस गरेकी छिन् । ३९ वर्षकी ती महिलाले अहिलेसम्म ४४ वटा सन्तान जन्माइसकेकी छिन् । तीमध्ये ३८ जना अहिले पनि जीवितै छन् भने ६ जनाको मृत्यु भैसकेको छ । संसारकै जब्बर ती महिला युगान्डाकी हुन् । उनको नाम मरियम नाबातन्जी हो । १२ वर्षको उमेरमा विवाह गरेकी मरियमले १३ वर्षको उमेरदेखि सन्तान जन्माउन थालेकी थिइन् र पछिल्लो २६ वर्षमा उनले झन्डै ४ दर्जन सन्तान जन्माइसकेकी छिन् । विवाह गर्दा उनी आफैं बाल्यकालमा थिइन् तर उनको लोग्नेको उमेर ४० वर्षको थियो । त्यसैले विवाहलगत्तै उनी गर्भवती भइन् र त्यसपछि पनि नियमित रूपमा सन्तान जन्माइरहेकी छिन् । ३९ वर्षको उमेरमा ३८ वटा सन्तान हुनु सामान्य होइन । उनका ती सन्तानमध्ये धेरै जुम्ल्याहा हुन् । उनले ६ पटक जुम्ल्याहा, चारपटक तिम्ल्याहा तथा तीनपटक चम्ल्याहा सन्तान जन्माएको बताइन्छ ।

नारी संवाददाता , असार ५, २०७६

-- पुरै पढ्नुहोस् --

मन पर्ने  रंगअनुरूप स्वभाव

    जसको फेभरेट कलर ग्रे हुन्छ उनीहरू जीवनको खुसी, समस्या आदिलार्ई गम्भीरतापूर्वक लिँदैनन् ।     सम्झौतावादी स्वभावका हुन्छन् । 

नारी संवाददाता , वैशाख २५, २०७६

-- पुरै पढ्नुहोस् --

महिला लिडर

विदेशमा नेपाली महिलाहरुले भोग्नु परेका पीडा बेलाबेला समाचारको हेडलाईन बन्ने गर्छ । मुलुकमा निरन्तर महिला अधिकार र समानताको मुद्दा उठिरहदा, समुद्रपारीको मुलुकमा आएर पनि नेपाली समाजको अग्रणी भूमिकाको साथै विदेशी भूमी र सरोकारवालालाई पनि नेपाली जाती र समुदायको उत्कृष्ट परिचय दिन सफल छन् हङकङेली महिलाहरु ।

अनोज रोक्का, आश्विन १४, २०७५

-- पुरै पढ्नुहोस् --

युवा जोसमा अश्लेषा र त्रिशाला

३ वर्षअघिदेखि पत्रपत्रिका तथा विज्ञापनहरूमा छाइरहेकी अश्लेषा राणाले आफू मोडलिङमा लाग्छु भनेर योजना बनाएकी थिइनन् ।

नारी संवाददाता , वैशाख १२, २०७४

-- पुरै पढ्नुहोस् --

प्रोपर्टी एक्सपो

गत महिना राजधानीमाछैटौं घरजग्गा मेला (प्रोपर्टी एक्सपो) सम्पन्न भयो । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा भृकुटीमण्डपमा सम्पन्न मेलामा १ सय २० वटा स्टल राखिएका थिए ।

नारी संवाददाता , वैशाख ११, २०७४

-- पुरै पढ्नुहोस् --

आमाबुवाले अति गर्नु ठीक होइन

हरेक आमाबुवामा आफ्ना सन्तानले प्रगति गरून् र अगाडि बढून् भन्ने चाहना हुन्छ । त्यसैले उनीहरूले आफ्ना सन्तानमाथि पूर्ण ध्यान दिन्छन् । सन्तानको सफलताका लागि समय–समयमा उनीहरूलाई गाली पनि गर्छन् ।

दीपिका प्याकुरेल खनाल , चैत्र १७, २०७३

-- पुरै पढ्नुहोस् --

बाहिर निस्कदा विचार पुर्‍याऔं

वर्षामा चारैतिर हिलो, पानी र मैलो देखिन्छ र पनि घरबाहिर निस्कनैपर्ने हुनसक्छ । कतिपय अवस्थामा घरबाहिर जाँदा पानी पर्छ र तल लगाएको कपडा खराब हुन्छ । यसबाट जोगिन केही कुरामा विचार पुर्‍याउनु राम्रो हुन्छ ।

नारी संवाददाता , चैत्र १५, २०७३

-- पुरै पढ्नुहोस् --

घरमा अफिस बनाउँदा ध्यान दिनुपर्ने कुरा

धेरैजसो मानिस घर तथा कामलाई छुट्टाछुट्टै राख्न चाहन्छन् तर केही वर्षयता घरमा अफिस बनाउने अवधारणाको पनि विकास भएको छ ।

नारी संवाददाता , चैत्र ७, २०७३

-- पुरै पढ्नुहोस् --

निर्भय

माया–प्रेमबाट कोही पनि अछूतो रहँदैन भन्ने विषयमा निर्माण गरिएको चलचित्र हो–निर्भय । यो चलचित्रमा नायक निखिल उप्रेती नेपाल प्रहरीको डिएसपीको भूमिकामा छन् ।

नारी संवाददाता , चैत्र ४, २०७३

-- पुरै पढ्नुहोस् --

खुसीको पासवर्ड

खुसीको पासवर्डको कुनै परिभाषा वा फर्मुला हुँदैन । हरेक व्यक्तिका लागि खुसी हुने कारण फरक–फरक हुन्छन् तर खुसी रहनु सबैका लागि जरुरी छ ।

नारी संवाददाता , माघ १०, २०७३

-- पुरै पढ्नुहोस् --

वार्तालाप कसरी गर्ने ?

वार्तालाप हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग हो । हामीले प्रत्येक दिन धेरै मानिससँग वार्तालाप गर्नुपर्छ । वार्तालापको माध्यमले हामी एक–अर्कासँग विचारको आदान–प्रदान गर्छाैं । यसबाहेक वार्तालाप नयाँ अनुभव, नयाँ ज्ञान र नयाँ जानकारी प्राप्त गर्ने साधन पनि हो । वार्तालापको विषयको कुनै सीमा हुँदैन तथा वार्तालाप धेरैजसो कुरा गर्ने मानिसको रुचि, ज्ञान एवं तत्कालीन परिस्थितिअनुरूप नै हुन्छ । वार्तालापमा मनोविज्ञानको पनि महत्वपूर्ण भूमिका हुन्छ । कहिलेकाहीँ सन्कीपन वा धेरै बोल्ने बानीले पनि वार्तालापलाई प्रभावित गर्छ ।

नारी संवाददाता , पुस २२, २०७३

-- पुरै पढ्नुहोस् --