बजार

स्कुटीमा सरर

एमबीए अध्ययनरत पूनम थापा सबेरै उठी घरधन्दा भ्याएर बिहान ६.३० बजे कलेज पुग्दा उनको शरीर मात्र होइन मस्तिष्कसमेत थकित हुन्थ्यो । थकान र अनिद्राले उनी हरेक क्लासमा झुल्न थालेको देखेपछि उनले शिक्षकहरूबाट कयौं पटक गाली खानुपरेको थियो । उनी त्यस्तो वातावरणमा आफूले पढेको कुरासमेत बुझ्न नसकेको बताउँछिन् । जब उनले आफ्ना लागि स्कुटर किनिन् तब उनका ती सारा कष्ट र झन्झट दूर भए । अहिले उनी आधा घन्टा बढी सुत्ने समय पाउँछिन् भने सबै काम सकेर सहज तरिकाले समयमै कलेज पुग्छिन् । त्यस्तै वित्तीय क्षेत्रमा कार्यरत अर्पणा सार्वजनिक सवारी साधनको कोचाकोच मात्र होइन विविध खालका दुव्र्यवहारले वाक्क भएपछि आफूले स्कुटर किनेको बताउँदै भन्छिन्–समयको बचतका साथै अनेकन किसिमका तनावबाट समेत मुक्त भएकी छु ।अहिलेको समयमा कामकाजी हुन् वा गृहिणी अथवा कलेज स्टुडेन्ट नै किन नहुन् दुइपांग्रे सवारी साधनले उनीहरूको दिनचर्यालाई सहज र आनन्ददायक बनाएका छन् । आफ्नो समयमा आफूले चाहेको स्थानमा पुर्‍याउन सहयोगी यी सवारीले छिटो यात्राका लागि मात्र नभएर व्यक्तित्वको स्तर, पहिचान र क्षमता मापन गर्ने काममा समेत सहयोगी भूमिका खेल्छन् । २ वर्षअघिसम्म कम सीसीयुक्त छरिता स्कुटर बढी चलेको नेपाली बजारमा अहिले हेभी स्कुटरसमेत लोकप्रिय छन् । एप्रेलिया, एभिएटर, नोभा, जेड–आर, रे जेड आर ड्रम, रे जेड आर डिस्क, फ्यासिनो हेभी स्कुटरमा पर्छन् । स्पोर्ट्स तथा एड्भेन्चरस आदि क्षेत्रमा काम गर्नेहरूले यस्ता हेभी स्कुटर चढ्न मन पराएको पाइन्छ । अहिले भेस्पा, इटालियो, डियो, फेसिनोको बिक्री चुलिएको व्यवसायीहरू बताउँछन् । स्टाइलिस्ट बाइक तथा मोटरसाइकलको दुनियाँमा राम्रो नाम कमाउन सफल यामाहाले पछिल्लो समय ठूलो संख्यामा बेचेको फ्यासिनोको मूल्य १ लाख ९४ हजार ९ सय छ । आरामदायक तथा कम तेल खपत गर्ने दाबी गरिएको यो स्कुटरको खरिदमा फाइनान्सको सुविधासमेत छ ।चाइनिज ब्रान्डको इलेक्ट्रिक स्कुटर हो ‘न्यू’ । नम्बर प्लेट पाउने नेपालको पहिलो इलेक्ट्रिक स्कुटर न्यूको प्रयोगले प्रेट्रोलका लागि खर्च हुने वार्षिक ५० हजारसम्म जोगाउन सकिने बताइएको छ । ६ घन्टा लगाएर फुल चार्ज गरेपछि ८० किलोमिटर गुड्न सकिने यो स्कुटर प्रतिघन्टा ४५ किलोमिटरको रफ्तारमा कँुद्न सक्छ । युवापुस्ता लक्षित न्यू स्कुटरको लुक्स पेट्रोल स्कुटरभन्दा आकर्षक छ । संसारमै सर्वाधिक बिक्री हुने न्यू इलेक्ट्रिक स्कुटर सन् २०१५ मा सार्वजनिक भएको हो । यो स्कुटर अहिले २८ वटा देशमा बिक्री हुन्छ । काठमाडौंमा १ वर्षअघि यसको बिक्री सुरु भएको हो । गत महिना मात्र पोखरामा समेत बिक्री गर्न थालिएको यो स्कुटर विस्तारै अन्य सहरमा समेत पुग्ने कम्पनीले बताएको छ । यसको मूल्य २ लाख ३५ हजार रुपैयाँ छ ।नेपालमा विगत दुई वर्षदेखि स्कुटर राइडरहरूको सपना साकार पार्दै आएको भेस्पा १ सय २५ सिसीको लक्जरियस स्कुटर हो । प्रतिलिटर ५० किलोमिटर माइलेज दिने भेस्पा प्रतिघन्टा ६० किलोमिटर कुँद्ने बताइएको छ । अटोगियर सुविधायुक्त यो स्कुटरमा ७ लिटरको इन्धन ट्यांकी छ भने २ लाख, ३९ हजार ९ सय ४६ रुपैंयाँ यसको बजार मूल्य छ । विभिन्न कलरमा उपलब्ध भेस्पा अहिले नेपालका सहरी क्षेत्रमा सर्वाधिक बिक्री हुने स्कुटर भएको कम्पनीको दाबी छ ।होन्डाको डियोले स्कुटरको बजारमा बलियो हिस्सा ओगटेको छ । १ सय ५८ एमएम ग्राउन्ड क्लियरेन्स दिने यो स्कुटरमा ५ दशमलव ३ लिटर इन्धन अट्ने फ्युअल ट्यांकी छ । १ लाख ८२ हजार ९ सयमा १ हजार रजिस्ट्रेसन ट्याक्स तथा ५ हजार १ सय ५० इन्स्योरेन्स गरी यसको समग्र मूल्य १ लाख ८९ हजार ५० रुपैंयाँ पर्न आउँछ । त्यसो त अहिले कम्पनीले १२ महिने किस्तामा मासिक ९ हजार ४ सय ८४ रुपैंयाँ तिर्ने गरी १६ प्रतिशत ब्याजमा फाइनान्सको व्यवस्थासमेत मिलाएको छ ।त्यसैगरी यामाहा कम्पनीको १ सय १३ सिसीको फोर–स्ट्रोक रे–जेड पनि बजारमा उपलब्ध छ । प्रतिघन्टा ८६ किलोमिटर कुँद्ने यो स्कुटर निकै बलियो र भरपर्दो भएको बताइन्छ । रे–जेडमा ५ लिटर अट्ने फ्युअल ट्यांकी छ । १ सय २८ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो स्कुटरको खुद तौल १ सय ४ किलोग्राम छ ।इटालियन ब्रान्ड अप्रिलियाको आधिकारिक बिक्रेता डि–लाइफ स्टाइलले अप्रिलिया एसआर १ सय २५, अप्रिलिया एसआर १ सय ५० तथा अप्रिलिया एसआर १ सय ५० रेस इडिसन गरी तीन किसिमको हेभी स्कुटर नेपाल भित्र्याएको छ । अप्रिलिया एसआर १ सय २५ को ग्राउन्ड क्लियरेन्स १ सय ६० एमएम छ भने प्रतिघन्टा १ सय ५० किलोमिटर गति तथा प्रतिलिटर ४० किलोमिटर माइलेज जस्ता विशेषताले भरिपूर्ण छ । अटोगियरयुक्त यो स्कुटरको मूल्य २ लाख ३५ हजार ९ सय छ । त्यसैगरी अप्रिलिया एसआर १ सय ५० को २ लाख ५४ हजार ९ सय तथा अप्रिलिया एसआर १ सय ५० रेस इडिसनको २ लाख ६४ हजार ९ सय रुपैयाँ पर्छ । इन्जिन र इन्धन क्षमताका साथै ठूलो फ्युअल ट्यांक र अन्य थप सुविधाका कारण एउटै ब्रान्डका स्कुटरमा पनि फरक मूल्य निर्धारण गरिएको बताइन्छ ।नेपालमा सबैभन्दा बढी बिक्री हुने स्कुटरमध्ये यामाहा फ्यासिनो पनि एक हो । कामकाजी युवती मात्र होइनन् कलेज जाने विद्यार्थीहरूले समेत अत्यन्तै रुचाएको यो स्कुटर विभिन्न कलरमा उपलब्ध छ । २ लाख १ हजार ९ सय बजार मूल्य तोकिएको फ्यासिनोमा ५ दशमलव २ लिटर पेट्रोल अट्ने ट्यांकी तथा १ सय २८ एमएम ग्राउन्ड क्लियरेन्स छ । 

लक्ष्मी भण्डारी थापा, मंसिर १, २०७५

-- पुरै पढ्नुहोस् --

व्यावसायिक मार्केटमा महिला

स्वउद्यम एवं स्वरोजगारीले मानिसलाई स्वावलम्बी बनाउँछ, आत्मनिर्भर हुन र आफूमा निर्णय क्षमता वृद्धि गर्न मात्र नभई आजको प्रतिस्पर्धात्मक समयमा आफूलाई अपडेट गर्न पनि महिलाहरू कामकाजी हुनु जरुरी छ ।

लक्ष्मी भण्डारी थापा, कार्तिक २६, २०७५

-- पुरै पढ्नुहोस् --

तीजका लागि सुनका गहना

तीजका लागि सुनका गहना

नारी संवाददाता , भाद्र २०, २०७५

-- पुरै पढ्नुहोस् --

साउने सौन्दर्य सामग्री

शबाव चुरा पसल, नक्साल, काठमाडौं

नारी संवाददाता , श्रावण ७, २०७५

-- पुरै पढ्नुहोस् --

कलर कस्मेटिक्स

के हो त कलर कस्मेटिक्स ? सन् २०१२ देखि कलर कस्मेटिक्सको बजार वृद्धि हुन थालेको हो । जब कन्सिलर, बिबी क्रिमजस्ता स्किन स्टोन गर्ने प्रसाधनको उत्पादन सुरु भयो तब यस्ता प्रसाधनले राम्रो बजार पाउन थाले । सन् २०१२ मा सार्वजनिक युरोमोनिटर इन्टरनेसनल्स प्रिलिमिनरी डाटाले विश्वभर कलर कस्मेटिक्सको बजार ५५ बिलियन अमेरिकी डलर देखाएको छ जुन प्रतिवर्ष ५ दशमलव ७ प्रतिशतले वृद्धि हुँदै गएको छ ।

लक्ष्मी भण्डारी थापा, असार २४, २०७५

-- पुरै पढ्नुहोस् --

अनलाइन सपिङको क्रेज

बढ्दो व्यस्ततामा यस्ता आवश्यकता पूर्ति गर्न समय खर्चिरहनु कठिन कुरा हो । जसलाई सहज बनाइदिएका छन् लोकप्रिय बन्दै गैरहेका अनलाइन सपिङ सेवाले । घरमै बसी–बसी आफूले चाहेको सामग्री प्राप्त गर्न सकिने यी माध्यम ग्राहकहरूका लागि वरदान साबित भएका छन् ।

लक्ष्मी भण्डारी थापा, असार १४, २०७५

-- पुरै पढ्नुहोस् --

आहा क्या कुल

अहिले बजारमा गर्मी लक्षित थुप्रै किसिमका उत्पादन पाइन्छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्रान्डका रेफ्रिजेरेटर, कुलर, एयर कन्डिसनर, भ्याकुम क्लिनर, एयर प्युरिफायर, आइसक्रिम मेकर आदि सामग्रीको बजार यतिबेला ह्वात्तै बढ्छ । यस्ता सामग्री हरेकका लागि निक्कै उपयोगी हुने र एकपटक खरिद गरेपछि वर्षौं टिक्ने भएकाले क्रेताहरूको संख्या बढ्दै गएको भाटभटेनी सुपरमार्केटका सेल्सम्यान सुरज बताउँछन् ।

लक्ष्मी भण्डारी थापा, असार ३, २०७५

-- पुरै पढ्नुहोस् --

ठन्डा–ठन्डा कुल–कुल

सफ्ट ड्रिंक्सबिनाको पार्टी नुन नहालेको तरकारीजस्तै हुन्छ । थिंक योङ–ड्रिंक योङ, डु समथिङ डिफरेन्ट, जम्प इन्टु–समरजस्ता नाराका साथ संसारभर बिक्री–वितरण भैरहेका यस्ता सफ्ट ड्रिंक्सले प्यास मेटाउने मात्र नभई रिफ्रेसमेन्टको समेत काम गर्ने जनविश्वास छ ।

लक्ष्मी भण्डारी थापा, वैशाख २८, २०७५

-- पुरै पढ्नुहोस् --

थरीथरीका परफ्युम

कानको पछाडिको भाग धेरै हदसम्म ओयली हुन्छ । ओयल भएकै कारण त्यहाँ परफ्युम छर्कदा त्यसको प्रभाव लामो समयसम्म कायम रहन्छ । यसको मनोवैज्ञानिक प्रभाव पनि छ । जब यसको प्रयोग गरी कसैसित अंगालो मारिन्छ, उक्त व्यक्तिले सुगन्धका माध्यमबाट तपाईंसित एक किसिमको ब्रान्ड महसुस गर्छ ।

रोजिन शाक्य, वैशाख १२, २०७५

-- पुरै पढ्नुहोस् --

घरैमा प्राप्त गरौं विदेशी ब्रान्ड

रोजगारीका लागि खाडी मुलुक जाने प्राय: सबैले पहिलोपटक घर फर्किंदा अरू केही नल्याए पनि राम्रो ब्रान्डको एउटा टेलिभिजन ल्याएकै हुन्थे । पछिल्ला दिनमा विदेशबाट बढीजसो एसेसरिज, पहिरन, सुन–हीरा तथा ग्याजेट्स भित्रिरहेका छन् ।

लक्ष्मी भण्डारी थापा, वैशाख २, २०७५

-- पुरै पढ्नुहोस् --

हङकङको फोर सिजन स्टोर काठमाडौंमा

विगत १८ वर्षदेखि हङकङमा संचालित फोर सिजन स्टोरको अनुभव र अवधारणाअनुसार नेपालमा पनि त्यस्तै सेवा बिस्तार गरिएको हो ।

नारी संवाददाता , माघ २८, २०७४

-- पुरै पढ्नुहोस् --