बजार रिपोर्ट

भान्साका उपयोगी सामग्री

जीवनका परिदृश्यहरूसँगै भान्साको स्वरूपमा पनि परिवर्तन देखा परेको छ । अहिले पहिले–पहिलेजस्तो भान्सालाई घरको उपेक्षित भागका रूपमा लिइँदैन । भान्सालाई पनि अहिले महत्वका साथ तयार गरिन्छ । अहिले यसको निर्माण तथा आन्तरिक सज्जामा पनि राम्रै रकम छुट्याइन्छ । सकारात्मक सोच तथा सुखी जीवनको सुरुवात भान्सामा तयार गरिएको मीठो परिकारबाटै हुन्छ । यद्यपि समयसँगै मानिसको व्यस्तता पनि बढिरहेको छ । घन्टौं भान्सामा बिताउने समय कसैसँग छैन । भान्साको काम सकेसम्म चाँडो सक्ने चाहना सबैमा हुन्छ । यसैलाई मध्यनजर गरी अहिले बजारमा भान्सामा उपयोगी हुने विभिन्न किसिमका औजार भित्रिएका छन् जसले भान्सामा गरिने कामको समय बचत गर्छन् । यस्ता औजार प्रयोग गर्दा कम मेहनत लाग्छ भने तिनले छालाको सौन्दर्य पनि जगेर्ना गर्छन्् । यस्ता औजारको स्वरूप आकर्षक हुने भएकाले यसले भान्साको आन्तरिक सज्जामा सुन्दरता थप्ने काम गर्छन् । अब लसुन केलाउन घन्टौं खर्चनु पर्दैन न त भुइँकटर खान कुनै समस्या नै मान्नुपर्छ । यस्ता सबै कामलाई मिनेटभरमै सक्ने विभिन्न औजार बजारमा उपलब्ध छन् ।  एप्पल स्लाइसर स्याउलाई राम्रोसँग काटिएन भने त्यो खान लायक हुँदैन । स्याउको बियाँ तथा अरू भागलाई काटेर खानका लागि तयार गर्नु कठिन कार्य मानिन्छ । यो समस्या समाधानका लागि एप्पल स्लाइसर खरिद गर्न सकिन्छ । यो उपकरण प्रयोग गर्दा स्याउलाई आकर्षक तथा समान आकारमा काट्न सकिन्छ । यसरी काटिएको स्याउलाई विविध प्रकारले प्रयोग गर्न सक्छ । यसबाट समय बचत हुनुका साथै स्याउका टुक्रा निकै आकर्षक देखिन्छन् ।  एग स्लाइसर उसिनेको अण्डालाई काटेर विविध रूपमा प्रयोग गर्न सकिन्छ । उसिनेको अण्डा स्लाइस गर्न निकै कठिन हुन्छ । स्टेनलेस स्टिलले बनेको एग स्लाइसरले उसिनेको अण्डालाई मिनेटभरमै आकर्षक तरिकाले टुक्रा बनाइदिन्छ । अहिले विभिन्न ब्रान्डले एग स्लाइसर बजारमा उपलब्ध गराउन थालेका छन् । एग स्लाइसर विभिन्न रंगमा पाइन्छ । यो आधुनिक भान्साका लागि उपयोगी पनि छ । यसलाई प्रयोग गरेपछि सजिलै सफा गर्न सकिन्छ । यसको ह्यान्डलले यसलाई चलाउन निकै सजिलो बनाउँछ ।  चप विजार्ड भान्सामा खाना पकाउँदा सबैभन्दा झन्झटिलो काम भनेको तरकारी काटकुट गर्नु हो । यस्तो काम सजिलो र छोटो समयमा गर्न सके समयमै खाना पकाउन सकिन्छ । पोर्टेबल चप विजार्डले भान्सामा खासै ठाउँ लिँदैन । यसलाई चलाउन पनि सजिलो छ । चाहिएको तरकारी तथा फलफूललाई यसको विभिन्न प्रकारका ब्लेडको सहायताले विविध आकारमा काट्न सकिन्छ । तरकारी काटेपछि त्यसलाई सफा गर्न पनि सजिलो हुन्छ ।  विस्क कुनै पनि कुरा तार्न वा फिट्न विस्क प्रयोग गरिन्छ । फिट्ने काम राम्रोसँग भएन भने खाद्यपदार्थ भनेजस्तो बन्दैन । यो राम्रो देखिँदैन र त्यति स्वादिलो पनि हुँदैन । कुनै पनि खाद्यपदार्थलाई एकसार बनाउन विस्क आवश्यक हुन्छ । बजारमा फरक–फरक आकारका विस्क खरिद गर्न सकिन्छ । पकाउने सामानको आकार हेरी यसको चयन गर्नुपर्छ । अण्डा फेट्न सानो आकारको विस्क प्रयोग गर्नुपर्छ भने पकौडाको व्याटर तयार गर्दा ठूलो आकारको विस्क प्रयोग गरिन्छ । स्टेनलेस स्टिलले बनेको विस्क प्रयोग गर्न निकै सजिलो हुन्छ । यसलाई सफा गर्न खासै मेहनत गर्नुपर्दैन ।  वाइसेप्ट पिलर आलु, मेवा, काँक्रा तथा घिरौंलाको बोक्रा नफाली त्यसलाई प्रयोग गर्न सकिँदैन । यसको बोक्रालाई पिलरले निकाल्नुपर्छ । बजारमा विभिन्न प्रकारका पिलर उपलब्ध छन् । यद्यपि वाइसेप्ट पिलरले कुनै पनि तरकारी तथा फलफूलको बोक्रा निकाल्न निकै सजिलो हुन्छ । सजिलो ह्यान्डल भएकाले यसलाई चलाउन पनि सरल छ । यसले बोक्रालाई पातलो गरेर निकाल्छ ।  कोलान्डर खाना पकाउने कार्य जटिल भए पनि भान्सामा प्रयोग गरिने विविध सामग्रीले त्यसलाई सहज बनाउँछन् । तरकारी काटेपछि तथा साग केलाएपछि त्यसलाई राम्रोसँग नधोई पकाउनु हुँदैन । विशेषगरी सागमा माटो मिसिने भएकाले यसलाई राम्रोसँग पखाल्नुपर्छ । कोलान्डरमा तरकारी, फलफूल, चाउचाउ तथा पास्ता आदि पखाल्न सकिन्छ ।  पेपर ग्राइन्डर पिज्जा तथा पास्तालाई मरिचको प्रयोगले अझ स्वादिलो बनाउँछ । यसलाई धूलो बनाएर प्रयोग गर्नुपर्छ । पेपर ग्राइन्डरले मरिचलाई राम्रोसँग धूलो बनाएर प्रयोग गर्न सहज तुल्याउँछ । यसलाई कुनै पनि खाद्यपदार्थमा छर्कन सकिन्छ ।  गार्लिक प्रेस लसुनबिना कुनै पनि तरकारी तयार गर्न सकिँदैन । खाना बनाउँदा लसुन छोडाउनुलाई निकै झन्झटिलो काम मानिन्छ । यसले बोक्रा छिलेर लसुनलाई चप पनि गर्छ । यसमा रहेको ह्यान्डीले बोक्रा निकाल्ने तथा चपिङ गर्ने दुवै काम गर्छ । यसबाट लसुनको पेस्टसमेत तयार गर्न सकिन्छ ।

नारी संवाददाता , फाल्गुन ३, २०७३

-- पुरै पढ्नुहोस् --

फर्निचर घरको शोभा

अहिले फर्निचरबिनाको घर कल्पना पनि गर्न सकिँदैन। फर्निचर आधुनिक जीवनका लागि नभै नहुने सामग्री हो भने यो घर सजावट सामग्रीको अभिन्न अंग पनि हो।

झरना नहर्की, माघ २८, २०७३

-- पुरै पढ्नुहोस् --

‘कलर मी व्युटिफुल’

दरबारमार्गस्थित साइसा कस्मेटिकले अमेरिकन ब्रान्ड ‘कलर मी व्युटिफुल’ का उत्पादन नेपाली बजारमा भित्र्याएको छ । गत बुधबार प्रोडक्ट लन्चको शुभारम्भ पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् ।

नारी संवाददाता , पुस १३, २०७३

-- पुरै पढ्नुहोस् --

तिहारका लागि किनमेल

तिहारको समयमा बजारको रमझम नै फरक हुन्छ ।

नारी संवाददाता , कार्तिक ९, २०७३

-- पुरै पढ्नुहोस् --

रत्न परीक्षण गर्न ४ सी

रत्नको सुन्दरताले सबैलाई आकर्षित गर्छ

नारी संवाददाता , कार्तिक ५, २०७३

-- पुरै पढ्नुहोस् --

जुत्ता छान्दा

दसंैलाई लक्षित गरेर नयाँ–नयाँ शैलीका जुत्ता पनि बजारमा आउँछन् ।

नारी संवाददाता , आश्विन २०, २०७३

-- पुरै पढ्नुहोस् --

गोदरेज नेपालमा बीस वर्ष मनाउँदै

गोदरेज कन्जुमर प्रोडक्टस लिमिटेडले नेपालमा आफ्नो सेवा प्रारम्भ भएको २० औं वर्ष मनाएको छ । उक्त उपलक्ष्यमा आफ्नो सफलताको श्रेय ग्राहकको विश्वासका साथै आफ्ना वितरकहरूको कठोर परिश्रम र मायालाई दिँदै गोदरेज नेपाल टिमले काठमाडौंमा रहेका अधिकांश खुद्रा तथा थोक विक्रेताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नारी संवाददाता , श्रावण १३, २०७३

-- पुरै पढ्नुहोस् --

कुल्फी संसार

नयाँ वर्षको सुरुवातसंगै काठमाडौं लगायत विभिन्न ठाउँमा अत्याधिक गर्मी बढी सकेको छ । दिउँसो प्रचण्ड घाम चर्किने र विहान बेलुका चिसो हुने । विहानबेलुका चिसो भएपनि दिउँसोको गर्मी छल्न मानिसहरु विभिन्न उपाय अपनाउँछन् ।

सृजना तामाङ, जेष्ठ ९, २०७३

-- पुरै पढ्नुहोस् --

सौन्दर्य प्रसाधन टीप्स

बजारमा नक्कली प्रसाधनको बिगबिगी बढेकाले सौन्दर्य प्रसाधन खरिद गर्दा ब्रान्ड र क्वालिटीमा ध्यान पुर्‍याउनुपर्छ ।

नारी संवाददाता , चैत्र १२, २०७२

-- पुरै पढ्नुहोस् --

सेल तथा छुट

सेल, छुट तथा विविध कम्बो अहिले व्यापारको अस्त्र बन्दै गएको छ । व्यवसायीहरूले यस्ता शस्त्रलाई स्टकका सामान रित्याउने माध्यम बनाउँछन् । यसको आकर्षणले ग्राहकहरू सामान खरिद गर्न आउँछन् ।

झरना नहर्की, आश्विन १७, २०७२

-- पुरै पढ्नुहोस् --

ब्रान्डेड बजार

नेपालीहरूको जीवनशैलीमा परिवर्तन आइरहेको छ । नेपालीहरूको रहनसहन, लवाइखवाइ तथा जिउने तरिकामा पनि निकै फरक भएको छ । एक दशकअघि मात्रै पनि नेपाली समाज यस्तो प्राविधिक तथा फेसनमय थिएन ।

झरना नहर्की, आश्विन १७, २०७२

-- पुरै पढ्नुहोस् --