पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म काठमाडौंको साँखुस्थित शालीनदीमा एक महिनासम्म माधवनारायणको ठूलो मेला लाग्छ ।शालीनदीमा स्नान गरी श्रीस्वस्थानी परमेश्वरीको पूजा गर्दा पाप नष्ट हुनुका साथै अविवाहित कुमारीहरूले असल श्रीमान् प्राप्त गर्ने तथा विवाहित नारीका श्रीमान्को आयु लामो हुने कुरा शास्त्रमा उल्लेख छ ।हिमालयकी पुत्री पार्वतीले महादेवलाई श्रीमान् पाऊँ भनेर ठूलो तपस्या गरेपछि उनले महादेवलाई नै श्रीमान्का रूपमा प्राप्त गरिन् । शालीनदीमा एक महिनाभर स्नान गरी पूजाआजा गर्न भक्तजनको ठूलो भीड लाग्छ ।
नारी संवाददाता , फाल्गुन ९, २०७५
-- पुरै पढ्नुहोस् --