स्वास्थ्य

मोटोपन के हो ?

लगनखेलका सात वर्षीय दिवस शर्मा अहिले १० वर्षका भए । उनको तौल ६० किलो छ । जंकफूड तथा चिल्लो खाना मनपराउने उनी उमेरका हिसाबले धेरै मोटा छन् । कतिपय मानिस टेम्पो तथा माइक्रोमा हिड्दा पनि मोटो भएर सिटमा नअटेको गुनासो सुनिन्छ । अहिले धेरै मानिसमा मोटोपन बढ्दै गएको छ ।जसको उचाई भन्दा तौल बढी भयो त्यसलाई मोटोपन मानिन्छ । बडी मास इन्डेक्स (बीएमआई) ३० भन्दा बढी भए मोटोपन भनिन्छ । पहिले–पहिले मोटोपनलाई हृष्टपुष्ट, खानदानी तथा आर्थिक हिसाबले सम्पन्न भन्ने मानिन्थ्यो भने हिजोआज यसलाई विकराल रोगका रुपमा लिन थालिएको छ । अहिलेको अनुसन्धानअनुसार मोटोपन महामारी रोग निम्त्याउने बाटो बनेको छ साथै यो आफैंमा एउटा रोग पनि हो । कतिपयले छि यो कस्तो मोटो भन्दा मोटा मानिसमा मानसिक असर समेत पर्न सक्छ । मोटोपनले शारीरिक तथा मानसिक पीडा हुने भएकाले अन्य रोग लाग्ने संभावना पनि उत्तिकै रहन्छ । मधुमेह, घुँडा दुख्ने, कलेजोमा बोसो जम्ने जस्ता समस्या उत्पन्न हुन सक्छन् । मन मष्तिष्कलाई आफ्नो नियन्त्रणमा राख्न सके शरीरको तौल घटाउन खासै गाह्रो छैन । यसका लागि खानपान, शारीरिक व्यायाम एवं समय–समयमा उचित खाना खानु आवश्यक हुन्छ ।यसो गर्दा शरीरको तौल सन्तुलित र कम राख्न सहयोग पुग्छ । यसका साथै दिनमा साढे दुई देखि तीन लिटर पानी एक–एक घन्टाको फरकमा सेवन गर्नुपर्छ । खाना र पानी सँगै खानुहुँदैन । खाना खानुभन्दा आधा घन्टा अघि तथा खाएको आधा घन्टा पछि पानी पिउनुपर्छ । नियमित रुपमा सन्तुलित खाना (गहँु, मकै, जौ, फापर, धान, जुनेउलो आदि) खानुपर्छ । माछा, मासु, गेडागुडी, दाल सबै प्रकारका तरकारी, हरियो तरकारी, तेल पनि उचित मात्रामा सेवन गर्नुपर्छ । दिनहुँ नियमित रुपमा शारीरिक व्यायाम गर्नुपर्छ ।उमेरवृद्धिसँगै मोटोपन पनि बढ्ने हुनाले विभिन्न रोगको शिकार हुने संभावना बढ्छ । अहिले धेरै मानिस कामकाजी छन् । जसले गर्दा उनीहरुसँग शरीर घटाउने समय हुँदैन । त्यसैले उचित आहारको लागि पोषणविद्सँग सल्लाह लिन उपयुक्त हुन्छ । डाइटिसियन, ग्राण्डी इन्टरनेशनल हस्पिटल, धापासी 

शान्ता अस्थानी, आश्विन २५, २०७५

-- पुरै पढ्नुहोस् --

महिनावारीमा अनियमितता, लगातार रक्तश्राव र समाधान

मेनोरेजियाका धेरै कारण भएकाले पत्ता लगाउन विभिन्न परीक्षण गर्नुपर्ने हुन सक्छ । तपार्इंको अर्को समस्या गर्भ नरहेको भन्ने छ । प्रश्नमा तपाईको उमेर, श्रीमान्को उमेर, विवाह भएको अवधि तथा यौनसम्पर्क र परिवार नियोजनका साधन प्रयोग गरे/नगरेको केही खुलेको छैन ।

डा.बालकृष्ण शाह, आश्विन १९, २०७५

-- पुरै पढ्नुहोस् --

रोग अनुसार खाना

अहिलेको बदलिँदो जीवनशैलीसँगै धेरैलाई मोटोपन (ओबेसिटी) को समस्याले सताएको छ । व्यायाम नगर्ने, धेरै गाडी चढ्ने तथा निस्क्रिय जीवनशैलीका कारण पनि यो समस्या सिर्जना भएको पाइन्छ । खाने–बस्ने काम मात्र गर्दा व्यायामको कमी हुन्छ । मोटोपन भएकाहरूले तारेको भन्दा पनि उसिनेको मासु खानु उपयुक्त हुन्छ ।

उपासना घिमिरे, आश्विन ११, २०७५

-- पुरै पढ्नुहोस् --

ढिलो महिनावारी र यसका असर

समान्यत: महिनावारी २१ दिन देखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन सम्म हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्राम सम्म रगत जान सक्छ अर्थात ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ भने कसै–कसैमा रगत जमेर वा कालो भएर आउन सक्छ ।

डा.बालकृष्ण शाह, आश्विन ७, २०७५

-- पुरै पढ्नुहोस् --

स्पा

स्पाअन्तर्गत स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सेवा उपलब्ध गराइन्छ । विभिन्न किसिमका मसाज, शिरोधारा, स्टिम, साउना, ज्याकुजी, मेनिक्योर, पेडिक्योर, विविध प्रकारका थेरापी, अकुपञ्चर, अकुप्रेसर आदि थुप्रै कुरा यसअन्तर्गत आउँछन् ।

सुरेश पुरी, आश्विन ४, २०७५

-- पुरै पढ्नुहोस् --

पोटली मसाज

यसले विशेषगरी रक्त सञ्चार वृद्धि गर्छ जसले गर्दा शरीरका टिस्युहरूमा अक्सिजन र न्युट्रिसनको वितरण बढ्छ अनि रोगको हिलिङ छिटो हुन्छ । यो मसाजले शरीरका छिद्रहरू खोलिदिन्छ र टक्सिन बाहिर निकाल्न सहयोग पुर्‍याउँछ

सुदर्शन बस्नेत, आश्विन ३, २०७५

-- पुरै पढ्नुहोस् --

एजिङ (जर प्रक्रिया) के हो ?

एजिङ एक किसिमको जैविक प्रक्रिया हो । यो कुनै रोग होइन । यसलाई संस्कृतमा जर भनिन्छ । घामको सीधा असर, धूलो, धूवाँ आदिका कारण छाला छिट्टै प्रभावित हुन्छ । त्यसबाहेक छालामा लगाइने कृत्रिम क्रिमले पनि छालाको सौन्दर्य नष्ट गर्छ । एजिङमा छाला पातलो हुँदै जान्छ । छालामा चाउरी देखिन थाल्छ । छालाको तल्लो भागको फ्याट कम हुँदै जान्छ । केश सेतो हुन्छ ।

डा. प्रमेश कोइराला, आश्विन २, २०७५

-- पुरै पढ्नुहोस् --

हट स्टोन मसाज

जाडोयामका लागि बढी उपयोगी यो मसाजमा, हर्बल ओयलले मालिस गरी, हट स्टोनले सेकेर फेरि मालिस गरिन्छ । एकपटकको मालिस पछि शरीरको पछाडीपट्टिको भागमा जोइन्ट–पोइन्ट पत्ता लगाएर त्यही स्थानमा तातो ढुंगा राखी केही समय सेकिसकेपछि त्यसलाई झिकेर पुन मालिस गरिन्छ ।

लिमा अधिकारी, आश्विन २, २०७५

-- पुरै पढ्नुहोस् --

स्वस्थ खानाबाट पनि एसिडिटी ?

कुनै–कुनै खानाले हाम्रो शरीरमा ग्याँस अर्थात् एसिडिटी उत्पन्न गर्नसक्छ । खाना हेल्दी भए पनि यस्तो समस्या देखापर्न सक्छ । स्वस्थ खानाबाट पनि एसिडिटीको समस्या हुने भएकाले खाना बनाउने तरिकामा केही परिवर्तन ल्याउन सके यस्तो समस्या हटाउन सकिन्छ ।

नारी संवाददाता , भाद्र २९, २०७५

-- पुरै पढ्नुहोस् --

मुख गन्हाउने समस्या र समाधान

दाँतले खानेकुरालाई टुक्रा–टुक्रा पार्दा दाँतबीचको चेप–चेपमा गएर खानेकुरा अड्किन्छ र त्यसलाई समयमै निकाल्न सकिएन भने हाम्रो भान्साको फोहोर जसरी नै (कुहियर ) गन्ध फ्याँक्न थाल्छ अनि त्यही गन्ध मुखको ओडारबाट बहिर श्वास–प्रश्वाससँगै बहिर निस्कन्छ अनि वरिपरिका सबैलाई गन्हाउन थाल्छ ।

डा. दिनेशकुमार कार्की, भाद्र १९, २०७५

-- पुरै पढ्नुहोस् --

स्वस्थ खानाबाट पनि एसिडिटी ?

वैज्ञानिक हिसाबले मानिसहरू प्याज र लसुनको सेवन फाइदाजनक छ भनेर बढी सेवन गर्छन् । यसले क्यान्सरको जोखिम पनि कम गर्छ । क्यान्सर भएपछि प्याज तथा लसुनको सेवन बढाउन सुझाव दिइन्छ । लसुन र प्याज जति फाइदाजनक भए पनि धेरैका लागि यो एसिडिटी बढाउने कारण पनि हो ।

नारी संवाददाता , भाद्र १५, २०७५

-- पुरै पढ्नुहोस् --