राम्रो काम

ब्रिटिश एशियन वेडिङ अवार्डका लागि डिजाइनर संयुक्ता श्रेष्ठ मनोनयन

 आगामी मार्च ६ तारिखमा लन्डनस्थित मारियोट होटलमा संचालन हुने ‘ब्रिटिश एशियन वेडिङ् अवार्डस् २०१७’ अन्तर्गत वेष्ट वेडिङ डिजाइनर विधामा फेसन डिजाइनर संयुक्त श्रेष्ठ मनोनयमा पर्न सफल भएकी छिन् । उनी संगै यो विधामा पायल मल्होत्रा, काजलस् काउचर, ज्योति चन्डोक लिमिटेड, एकता सोलन्की लगायत डिजाइनरहरु पनि उक्त मनोनयनमा परेका छन्। यस अघि वर्ष २०१७ को प्रारम्भमै संयुक्ता द युके वेडिङ अवार्डस् २०१७ अन्तर्गतको वेष्ट ब्राइडल डिजाइनर विधामा मनोनयमा पर्न सफल भएकी थिइन् । लन्डनमा आफ्नो फेसन डिजाइनिङ कर्मलाई व्यवसायिक विस्तारित रुप दिंदै आएकी फेसन डिजाइनर संयुक्ता श्रेष्ठको पहिचान र चर्चा उनको ब्राइडल वेयरका लागि रहेको छ ।  ब्राइडल वेयरकै लागि संयुक्ताले २०११ मा द पर्फेक्ट वेडिङ अवार्डमा वेष्ट वेडिङ न्युकमर अवार्ड तथा जेपी सेलेक्ट्स एक्सिलेन्स अवार्ड २०११ मा ब्राइडल इनोभेसन अवार्ड प्राप्त गरेकी थिइन् । यसैगरी २०१२ मा सोर्स अवार्ड अन्तर्गत ग्लोबल अवार्डस् फर सस्टेनेबल फेसनमा हाइली कमेन्डेड ब्रान्ड लिडर तथा द पफेक्ट वेडिङ अवार्ड २०१३मा हाइली कमेन्डेड नेम टु वाचको सम्मानबाट सम्मानीत भइसकेकी छिन् । संयुक्ताले तयार पारेको पीपा गाउन लन्डनस्थित बाथ फेसन म्युजियममा संग्रहित रहेको छ । संयुक्ताद्वारा तयार गरिएको पीपा गाउन इको फ्रेन्ड्ली फेसनको ज्वलन्त नमूना हो । जसलाई तीस वर्ष पुरानो न्युजपेपर तथा नेपाली हाते बुना अर्गानिक कटन प्रयोग गरी बनाइएको हो । यसको सुन्दरतामा तीस हजार स्वरोस्की क्रिस्टलले शोभा बढाएको छ । 

नारी संवाददाता , फाल्गुन १५, २०७३

-- पुरै पढ्नुहोस् --

राम्रो स्वरमा समयको मागअनुसार गाउन सक्ने मेलिना

कम्मरमाथि पटुकी तथा शिरैमा शिरबन्दीजस्ता लोकप्रिय गीत गाएर चर्चामा आएकी २३ वर्षीया मेलिना राई युवापुस्ताकी लोकप्रिय गायिका हुन् ।

नारी संवाददाता , माघ २०, २०७३

-- पुरै पढ्नुहोस् --

नयाँ पुस्ताका नायिकाहरूले आफ्नो पारिश्रमिक आफैं तोक्न थाले

केही समय अघिसम्म पनि नायकको तुलनामा नायिकाहरू पारिश्रमिकका दृष्टिले पीडित थिए । अहिले समय फेरिएको छ ।

नारी संवाददाता , माघ १९, २०७३

-- पुरै पढ्नुहोस् --

नेपाली युवापुस्ता फेसन डिजाइनिङतर्फ आकर्षित

नेपाली युवापुस्ता फेसन डिजाइनिङतर्फ पनि आकर्षित छ । तिनै युवा फेसन डिजाइनरमध्ये एक खुस्बु राना चर्चामा रहेकी डिजाइनर हुन् ।

नारी संवाददाता , माघ १८, २०७३

-- पुरै पढ्नुहोस् --

सपनाको काष्ठमण्डप

कलाकार सपना पौडेल महर्जनलाई परम्परागत कलाप्रति विशेष रुचि छ । त्यसैले उनी अहिले यस्तै चित्रहरू कोर्न व्यस्त छिन् । उनको कला अनलाइनमार्फत विदेशमा पनि बिक्री भैरहेको छ । सपनाको यो चित्र काष्ठमण्डपको हो ।

नारी संवाददाता , पुस १७, २०७३

-- पुरै पढ्नुहोस् --

कपिलवस्तु डान्स आइडल

छैटौं कपिलवस्तु डान्स आइडलको उपाधि १० वर्षीया सृष्टि पाण्डेले हात पारेकी छिन् । आठौं कपिलवस्तु महोत्सवमा सञ्चालित आइडलमा १७ जनालाई पछाडि पार्दै पाण्डे विजेता भएकी हुन् ।

नारी संवाददाता , पुस १०, २०७३

-- पुरै पढ्नुहोस् --

सिद्धार्थ आर्ट ग्यालरीमा ‘डिभाइन डेब्रिस’ प्रदर्शनी

यतिबेला सिद्धार्थ आर्ट ग्यालरी आर्टिस्ट मीना कायस्थको सिर्जनाले भरिएको छ । नोभेम्बर २७ बाट सुरु भएको चित्रकला प्रदर्शनीमा मीनाले भूकम्पले भत्काएका एवं काम नलाग्ने सामाग्रीहरू संकलन गरेर तिनमै आफ्नो प्रतिभा पोखेकी छिन् ।

नारी संवाददाता , मंसिर २७, २०७३

-- पुरै पढ्नुहोस् --

बनौं स्मार्ट सपर

सबैभन्दा पहिले आफूलाई कुन–कुन कुरा आवश्यक छ, त्यसको सूची तयार पार्नुपर्छ ।

नारी संवाददाता , मंसिर २७, २०७३

-- पुरै पढ्नुहोस् --

नेपालकै पहिलो मलेसियाको क्लारा इन्टरनेसन स्पा तथा ब्युटी कलेज पोखरामा खुल्यो

पोखराको हङकङ ब्युटी इन्स्टिच्युटले मलेसियाको क्लारा इन्टरनेसनले समन्वयमा स्पा तथा ब्युटी कलेज स्थापना गरेको छ ।

नारी संवाददाता , मंसिर २४, २०७३

-- पुरै पढ्नुहोस् --

वृद्धवृद्धाको सेवा नै हार्माेनीको अन्तिम लक्ष्य

एक महिनाअघिसंचानलमा आएको हार्मोनी केयर वृद्धवृद्धाहरूको सेवाको भावले संचालनमा आएको संस्था हो ।

सरस्वती कटुवाल, कार्तिक २८, २०७३

-- पुरै पढ्नुहोस् --

छिमेकी मुलुक भारतमा नीलडेभिड सैलुन बिस्तार हुँदै

हालैमात्र भारतको बंगाल राज्यमानीलडेभिड सैलुन खुलेको छ ।

नारी संवाददाता , कार्तिक २७, २०७३

-- पुरै पढ्नुहोस् --