मनोरन्जन

अनुषा भइन् मिस एसईई आइडल

 एसईई अर्थात् माध्यमिक शिक्षा परिक्षा दिएर बसेका छात्राहरुमा केन्द्रित रहेर संचालन गरिएको मिस एसईई आइडल २०१७ नामक प्रतिस्पर्धामा भिअर च्वाईस र मस्ट ट्यालेन्टेड अवार्ड सहित अनुषा राईले विजेताको ताज पहिरिन सफल भएकी छिन् । ट्रिनिटि मार्केिङ्ग तथा ईभेण्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा प्रस्तुत गरिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा १४ जना सहभागिहरु प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कन्फिडेण्ट अवार्ड सहित रोशिक थापा फस्ट रनर अप, बेस्ट ड्रेस अवार्ड सहित   सेलिना महर्जन सेकेन्ड रनर अप तथा रुबी कक्षपति थर्ड रनर अप उपाधिमा विजेता बने । रुबीले फ्रेन्डली र पब्लिक च्वाईस विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित पार्न सफल भइन् । प्रतियोगिताको अन्य विविध विधामा लोरिश गुरुङ बब्ली, वर्षा घोरासैनी क्याटवाक, जेसिका शाही बेस्ट स्माइल, दैशा श्रेष्ठ बेस्ट पर्सनालिटी, श्रेया श्रेष्ठ डिसिप्लिन, पुजा सिवाकोटी पङ्चुअल, सुष्मिता कार्की बेस्ट हेयर, अमिषा गुरुङ इन्टरटेनर, सामाना घिमिरे बेस्ट फिगर अवार्ड विचेता चयन गरिएका थिए । प्रतियोगिता नमित भण्डारीको कोरियोग्राफीमा संचालन भएको थियो ।

नारी संवाददाता , जेष्ठ ९, २०७४

-- पुरै पढ्नुहोस् --

मिस रेजिना एण्ड मिष्टर रेक्स सम्पन्न

सौन्दर्य तथा मोडल प्रतिस्पर्धाहरु मंचन हुने क्रम बढीरहेकै मेसो हालै राजधानीमा नयाँ प्रतिस्पर्धाको श्री गणेश भएको छ, मिष्टर एण्ड मिस रेजिनाको नामबाट । रेक्स फेसन होमले आयोजना गरेको यो प्रतियोगिता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको हो ।

नारी संवाददाता , जेष्ठ ९, २०७४

-- पुरै पढ्नुहोस् --

दिपा र रोहित बने मि. एण्ड मिस मोडल नेपाल–२०१७

मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहने युवा युवतीमा केन्द्रित प्रतियोगिता ‘मिष्टर एण्ड मिस मोडल नेपाल २०१७’ मा रोहित काडेल र दिपा श्रेष्ठ विजेता चयन भएका छन् ।

नारी संवाददाता , वैशाख २८, २०७४

-- पुरै पढ्नुहोस् --

गीतकार अम्बिका गुरुङले श्रीमानको जन्मदिन पारेर भिडियो प्रिमियर गरिन्

गीतकार अम्बिका गुरुङले आफ्ना श्रीमान् बुद्धि बहादुर गुरुङको ६९ जन्मोत्सवको अवसर पारेर आफैंले रचना गरेको ‘आँखामा तिम्रो...’ गीतको म्युजिक भिडियो प्रिमियर गरेकी छिन् ।

नारी संवाददाता , वैशाख १९, २०७४

-- पुरै पढ्नुहोस् --

बेलायतमा गायनसंगै फेसन शो

नयाँ वर्षको पहिलो दिन गत शनिवार बेलायतको रिडिङमा नेपाली मोडलहरुले फेसन शो प्रस्तुत गरेका छन् । पुराना कोरियोग्राफर सिद्धान्त घिमिरेको कोरियोग्राफीमा मोडलहरुले विभिन्न आधा दर्जन सिक्वेन्समार्फत विभिन्न पहिरनहरु प्रदर्शन गरेका हुन् ।

नारी संवाददाता , वैशाख ४, २०७४

-- पुरै पढ्नुहोस् --

एउटै मञ्चमा तीन विजेता

पाँचौ ‘जुनियर ब्याटर–२०१७’ शुक्रबार छानिएका छन् । उमेर समुह अनुसार ‘जुनियर ब्याटर एन्जलस्’ (कक्षा १ र २), ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’ (कक्षा २ र ४) र ‘जुनियर ब्याटर किङ एण्ड क्विन’ (कक्षा ५ देखि ८ सम्म) गरि तीन क्याटवरीमा आयोजना गरिएको प्रतियोगीतामा तीन शिर्ष बिजेता छानिएका हुन् ।

नारी संवाददाता , वैशाख ३, २०७४

-- पुरै पढ्नुहोस् --

सामाजिक क्षेत्रमा सेलिब्रेटीहरू

निर्णय आफूलाई सानो छँदैदेखि पढ्न नपाएका बालबालिकाहरू देख्दा नमज्जा लाग्ने बताउँछन् । त्यसैले विगत १३ वर्षदेखि उनले एउटा अभियान चलाइरहेका छन् । एनएसके एजुकेसन टुर शीर्षकको उक्त कार्यक्रम बेग्लै किसिमको छ । विभिन्न जिल्ला तथा विद्यालयमा गएर उनी कन्सर्ट दिन्छन् र त्यसवापत प्राप्त हुने पारिश्रमिक तथा त्यहाँका विद्यार्थीहरूबाट संकलित कपी, किताब, इरेजर आदि विकट गाउँघरका विद्यालयहरूमा पुर्‍याउँछन् ।

सिर्जना दुवाल श्रेष्ठ, चैत्र २७, २०७३

-- पुरै पढ्नुहोस् --

मीना कायस्थको नवरस

युवा कलाकार मीना कायस्थका कला लोकप्रिय छन् । समयको मागअनुसार कलाकृति प्रस्तुत गर्न पोख्त कायस्थले मानिसहरूमा हुने नवरसलाई थिम बनाई रिसाइकल गरिएका पेपरमेसीबाट कला सिर्जना गरेकी छिन् ।

नारी संवाददाता , चैत्र ४, २०७३

-- पुरै पढ्नुहोस् --

प्रिया मिस एरोमा चितवन

१२ जना प्रतिस्पर्धीलाई पछि पार्दै पूर्वि चितवनकी १९ बर्षिया प्रिया शर्मा ‘मिस एरोमा चितवन २०१७’ भएकी छन् । उनले उपाधीसंगै ५० हजार नगद हात पारिन ।

विमल खतिवडा, चैत्र १, २०७३

-- पुरै पढ्नुहोस् --

रंगको प्रयोग

होली खेल्दा गुणस्तरयुक्त तथा पाउडर पानीमा घुल्ने उत्तम रङ नै प्रयोग गर्नुपर्छ ।

नारी संवाददाता , फाल्गुन २८, २०७३

-- पुरै पढ्नुहोस् --

सविनाको सार्थक

आधुनिक गीतमा आफ्नो अलग स्थान बनाइसकेकी गायिका सविना कार्कीले भर्खरै आफ्नो नयाँ एल्बम बजारमा ल्याएकी छिन् ।

नारी संवाददाता , फाल्गुन १२, २०७३

-- पुरै पढ्नुहोस् --

कालीप्रसाद बाँस्कोटा, गायक

पारि त्यो डाँडामा, नीर जहिले रिसाउने, ठमेल बजारजस्ता गीतका गायक एवं संगीतकार हुन् कालीप्रसाद बाँस्कोटा ।

सिर्जना दुवाल श्रेष्ठ, फाल्गुन ७, २०७३

-- पुरै पढ्नुहोस् --