वर्ष विशेष

म देशका लागि के गर्न सक्छु ?

 एक थुकी सुकी, सय थुकी नदी भनेझैं सबैले आ–आफ्नो स्थानबाट सकेको काम गरे देश विकास हुन्छ । आमनागरिकका हैसियतले आ–आफ्नो क्षेत्र, पेसा तथा कर्ममार्फत हामीले के गर्न सक्छौं आफ्नो मुलुकका लागि ? हामी जहाँ, जसरी र जस्तो स्थानमा छौं त्यहीँबाट त्यसरी नै आफू सक्दो गर्न सकेको खण्डमा देशमा सभ्यता बढ्दै, भ्रष्टाचार घट्दै एवं लापरबाही तोडिँदै जान्छ ।  अञ्जु भट्टराई, संस्थापक–प्रिन्सिपल, अक्षरा स्कुल, काँडाघारीशिक्षा क्षेत्रलाई एड्भान्स, व्यावहारिक एवं बालमैत्री बनाउन म सदा प्रयत्नरत रहन्छु । अर्को कुरा आफ्नो विद्यालयका आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति दिएर मुलुकका लागि सक्षम नागरिक बनाउँछु । एन्फा उपाध्यक्षको हैसियतले हरेक विद्यालयबाट अनिवार्य रूपमा विद्यार्थीलाई खेलकुदमा समावेश गराउनैपर्ने नियम बनाई मुलुकलाई नयाँ र अब्बल खेलाडी दिन भूमिका खेल्छु । निजी र सरकारी शिक्षा तथा शैक्षिक संस्थाहरूबीच समन्वयकारी भूमिका खेली शिक्षा क्षेत्रको खाडल र विभेद कम गर्न सहयोगी भूमिका निर्वाह गर्नसक्छु । पूनम क्षेत्री गौतम, निर्मातृ, डिजाइनर तथा अभिनेतृभर्खरै सम्पन्न न्यूयोर्क फेसन शोमा आफ्नो कला प्रस्तुत गरेर आएँ । मेरा डिजाइन विदेशीहरू (जसले नेपालको नाम पहिलो पटक सुनेका थिए) ले पनि मन पराए । हामीले देशलाई दिन सक्ने भनेको यही हो । हाम्रो सानो र एक्लो प्रयासले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनियो । अर्को कुरा चलचित्र निर्मातृका हैसियतले म महिला सशक्तीकरण, विकास र प्रगतिका लागि प्रेरित गर्ने खालका चलचित्र निर्माण गर्न सक्छु, जसले देश विकासमा आमूल परिवर्तनकारी भूमिका खेल्न सघाउँछ । सिर्जना श्रेष्ठ, निर्देशक, आयुष अस्पताल, नयाँबानेश्वरनेपाल प्राकृतिक रूपमा अत्यन्तै धनी देश हो । यहाँ सुन–चाँदी, हीरा–मोती सबै छन् । यी सबैलाई प्रयोग गर्न सकेको खण्डमा देशलाई अवश्य उँभो लगाउन सकिन्छ । हाम्रो पुरानो पद्धति प्राकृतिक चिकित्सालाई मैले निजी क्षेत्रमार्फत स्थापित गरी थुप्रै बिरामी निको पारेकी छु । नेपालकै स्रोत –साधन एवं कच्चापदार्थको प्रयोग गरी ३ दर्जनभन्दा बढीलाई रोजगार दिइरहेकी छु । नसर्ने तथा जीवनशैलीसँग सम्बन्धित रोगको दीर्घकालीन उपचारका लागि राष्ट्रियस्तरबाटै पहल गरिरहेकी छु । नियमित कर तिर्नु, इमान्दारीपूर्वक काम गर्नु तथा नियम–कानुन पालना गर्नुलाई मैले आफ्नो कर्तव्य मान्दै आएकी छु । रुबिना क्षेत्री, कप्तान, महिला क्रिकेट टिमहामी खेलाडीले देशका लागि गर्ने भनेको राष्ट्रको प्रतिनिधित्व गर्दै अब्बल प्रदर्शन गर्नु हो । खेलकुदमार्फत विदेशी भूमिमा नेपालको नाम उँचो बनाउने मेरो प्रयास सदैव जारी रहनेछ । खेलाडीले आफ्नो बल, बुद्धि, क्षमता र आँट मुलुककै लागि समर्पित गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा राष्ट्र तथा सामाजिक हितका लागि हामीले व्यावसायिक हुन मिल्दैन । त्यस्तो अवस्थामा हामी नि:स्वार्थ र निष्पक्ष रूपले खेल्छौं । जस्तोसुकै परिस्थितिमा पनि मैले रुबिना क्षेत्री भनेर होइन कि नेपाल र नेपाली भनेर आफूलाई प्रदर्शन गर्ने गरेकी छु । म राष्ट्रिय खेलाडी भनेर यो ट्यागको कुनै फाइदा पनि उठाउँदिन । म आफ्नो परिश्रममा विश्वास गर्छु । योगिता थापा, अन्तर्राष्ट्रिय मोडलम अन्तर्राष्ट्रिय र्‍याम्पमा व्यक्तिगत तवरले होइन मुलुकको प्रतिनिधित्व गर्दै आफ्नो कला प्रस्तुत गर्छु । म नेपाली भनेर बढी चिनिन्छु । अन्तर्राष्ट्रिय शोहरूमा आफूलाई प्रस्तुत गर्दा सकेसम्म नेपाली वेशभूषा झल्कने पोशाक मेरो प्राथमिकतामा पर्छन् । त्यति मात्र होइन आफ्नो देश, यहाँको कला–संस्कृति एवं प्राकृतिक दृश्यका बारेमा बोलेर मैले देशका लागि योगदान दिने प्रयास गरिरहेकी छु । विदेशको आफ्नो सम्पूर्ण कमाइ नेपाल भित्र्याइरहेकी छु । हामीहरूले यसरी नै आ–आफ्नो तह र तप्काबाट थोरै मात्र भए पनि राष्ट्रको हित हुने काम गर्दै गयौं भने नेपाल क्रमश: समृद्ध हुँदै जान्छ । रीना प्रधान, मेकअप आर्टिस्ट, द फिनिसिङ टच ब्युटी टेक्नोलोजीसौन्दर्यका क्षेत्रमा लामो समय काम गरेको नाताले म यो क्षेत्रमा नेपाली कलालाई अझ प्रोत्साहित गर्ने प्रयासमा छु । आफ्नो निजी प्रयासद्वारा कतिपयलाई रोजगारी दिइरहेकी छु । आफ्नो टोल–छिमेकको वातावरण संरक्षण एवं प्रबद्र्धनमा पनि भूमिका निर्वाह गरिरहेकी छु । सौन्दर्यलाई स्वास्थ्यसँग जोडेर हेर्दा धेरै महिलालाई यसमा सजग एवं सचेत बनाउने कुरामा पनि म निरन्तर क्रियाशील छु । महिलालाई यस विषयमा तालिम दिई स्वरोजगार एवं आत्मनिर्भर बनाउने काममा पनि लागिरहेकी छु । राज्यलाई तिर्नुपर्ने कर तथा राज्यद्वारा जारी नियम–कानुन पालना गर्न म पछि पर्दिन । लीला मानन्धर, युरोपियन सदनसम्म पुग्ने प्रथम नेपाली महिलाआँट र संघर्षलाई निरन्तरता दिएको खण्डमा नेपाली महिला पनि संसारका जुनसुकै स्थानमा पुगेर राष्ट्रको नाम उँचो राख्न सक्छन् भन्ने उदाहरण बन्न सक्नु पनि नेपालकै लागि गौरवको विषय हो । अर्को कुरा अन्तर्राष्ट्रिय स्तरमा राजनीति गर्ने व्यक्तिको हैसियतले त्यहाँसम्म नेपाली महिलाहरूलाई पुर्‍याउन मेरो निरन्तर प्रयास रहनेछ । विदेशी सीप, स्रोत तथा ज्ञान नेपाल भित्र्याउन म सक्रिय रूपले लागेकी छु जुन देशका लागि फलदायी साबित हुनेछ । मिलु थापा, सञ्चालक, भिएलसीसी फिटनेस, ब्युटी एण्ड स्पा मेट्रो पार्क, उत्तरढोका लाजिम्पाटमहिलालाई उद्यमशीलतामा लगाउने मेरो प्रयास निरन्तर जारी छ जुन मैले आफ्नो देश र नेपाली महिलाहरूका लागि गरिरहेकी छु । घरमै बसेर गर्न सकिने कामदेखि अन्य व्यवसाय जसले महिलालाई आर्थिक रूपमा सशक्त बनाउँछ को प्रबद्र्धन एवं विकासमा मेरो सक्रियता नै मैले देशका लागि आफ्नो क्षमताले दिन सकेको केही चीज हो । जे गरेकी छु आफ्नो परिश्रमद्वारा आयआर्जन गरिरहेकी छु र इमान्दारीपूर्वक राजस्व तिरिरहेकी छु । म झुक्किएर पनि बिनालाइसेन्स हिँड्दिन र सडक नियम पालना गर्छु । बाटोमा जथाभावी फोहोर पनि फाल्दिन । शर्मिला सुब्बा, मार्केटिङ अफिसर, नेपाल इकारात इन्जिनियरिङ कम्पनीएक जिम्मेवार तथा व्यावसायिक नागरिकका हैसियतले म इमान्दारीपूर्वक कर बुझाउँछु । राष्ट्र हितका लागि जारी ऐन–कानुन सधै पालना गरिरहेकी छु । मुलुकको शान्ति र विकासमा बाधा पुर्‍याउने कार्य एवं गतिविधिको विरोध गर्छु र अरूलाई पनि त्यसमा सहभागी हुनबाट रोक्छु । जीवन निर्वाहका लागि सधै कानुनले वर्जित नगरेका काम मात्र गर्छु । आफूले सक्ने स्तरबाट मुलुकको सकारात्मक विकास एवं न्यायका लागि आवाज उठाइरहन्छु ।

नारी संवाददाता , वैशाख २७, २०७४

-- पुरै पढ्नुहोस् --

वर्षका चर्चित महिला

वर्ष २०७३ सालमा सञ्चारमाध्यममा सबैभन्दा बढी छाउने महिला को होलान् ? निश्चय नै कौतूहलको विषय बन्न सक्छ । वर्षभरिका न्युजमेकर महिलाहरूको खोजी गर्ने क्रममा नारीले सबैजसो सञ्चारमाध्यमका समाचारलाई फर्केर हेर्ने प्रयास गरेको थियो ।

अश्विनी कोइराला, वैशाख २७, २०७४

-- पुरै पढ्नुहोस् --

जो तानिए विवादमा

दर्जनौं महिला परिश्रमले प्रगतिको सिँढी उक्लिरहँदा केही महिलाले भने अनपेक्षित विवादको सिकार हुनुपर्‍यो जसमध्ये केही महिला आफ्नै कारणले र केही महिला बाहिरी कारणले असफल भए ।

नारी संवाददाता , वैशाख २६, २०७४

-- पुरै पढ्नुहोस् --

नवदेवी सम्मान–२०१६ को चौधौं संस्करण सम्पन्न

सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान)–२०१६ को चौधौं संस्करण गत शनिबार सम्पन्न भएको छ । एसएसवाई (क्रियटिभ स्टेटमेन्ट्स) को आयोजनामा सन् २००२ देखि वार्षिक रूपमा निरन्तर आयोजना गरिएको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) मा विशेषत: ग्रामीण क्षेत्रमा आफ्नो सीप, मेहनत र परिश्रमद्वारा समाजमा योगदान पुर्‍याइरहेका परिवर्तनका संवाहकलाई एकैथलोमा राखेर सम्मान गरिन्छ ।

नारी संवाददाता , जेष्ठ २५, २०७३

-- पुरै पढ्नुहोस् --

राष्ट्रपति भण्डारी विश्वकै ५२ औं शक्तिशाली महिला

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औं शक्तिशाली महिला भएकी छिन् । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका

नारी संवाददाता , जेष्ठ २५, २०७३

-- पुरै पढ्नुहोस् --

नयाँ वर्ष मनाउने शैली

नयाँ वर्ष उत्साहको क्षण हो । नयाँ वर्ष विश्वमा अलग–अलग तिथिमा मनाउने चलन छ । नेपालमा नयाँ वर्षको पहिलो महिना वा पहिलो दिन, वैशाख १ गते नयाँ जोस र जाँगरका साथ मनाउने परम्परा छ । नयाँ वर्ष सकारात्मक सोच, एकता, नयाँ योजनाका साथ मीठा परिकार खाई विशेष उत्सवका रूपमा मनाउने चलन छ ।

सरस्वती कटुवाल, वैशाख २१, २०७३

-- पुरै पढ्नुहोस् --

महिलाका पक्षमा भएका सकारात्मक काम

भूकम्प र नाकाबन्दीको त्रास झेल्नुपरेकाले नेपालीका लागि वर्ष २०७२ बिर्सनलायक रह्यो । यद्यपि यही वर्ष लामो प्रतीक्षापछि संविधान जारी भएका कारण त्यसले सकारात्मक सन्देश पनि प्रवाह गर्‍यो । यो वर्ष महिलाका क्षेत्रमा पनि केही सकारात्मक काम भएका छन् जसले समग्र नेपाली महिलाको भविष्यप्रति आशा पलाएको छ ।

लक्ष्मी भण्डारी थापा, वैशाख २१, २०७३

-- पुरै पढ्नुहोस् --

रामकुमारी झाँक्रीको नयाँ वर्ष रिजोलुसन

रामकुमारी झाँक्री, राजनितीज्ञनयाँ वर्ष किन र केका लागि मनाइन्छ ?पहिले–पहिले स्कुल छुट्टी हुँदा त्यसै रमाइलो हुन्थ्यो । क्रमश: यो परम्परा बन्दै गयो । अहिले बितेका वर्षको स्मरण तथा आगामी वर्ष सफल होस् भन्ने कामनाका साथ आफूलाई नयाँ ऊर्जाका साथ अघि बढाउन नयाँ वर्ष मनाइन्छ ।

लक्ष्मी भण्डारी थापा, वैशाख १५, २०७३

-- पुरै पढ्नुहोस् --

नयाँ वर्ष रिजोलुसन

आस्था राउत, गायिकानयाँ वर्षको योजना के छ ?यसपटक स्वदेश तथा विदेशबाट नयाँ वर्षका प्रोग्रामका प्रस्तावहरू आइरहेका छन् तर नयाँ वर्ष प्रोग्राम, परिवार तथा साथीभाइसँग रमाइलो गरी मनाउनुभन्दा देशप्रति समर्पण गरी केही गरौं भन्ने सोच छ ।

सिर्जना दुवाल श्रेष्ठ, वैशाख १४, २०७३

-- पुरै पढ्नुहोस् --

छोरीलाई अघि बढ्न कसैले रोक्न सक्दैन

सभामुख ओनसरी घर्तीले नेपालको संविधानले महिलासम्बन्धी धेरै विषयलाई सम्बोधन गरेको बताएकी छिन् ।

नारी संवाददाता , चैत्र १०, २०७२

-- पुरै पढ्नुहोस् --

सर्वोच्चमा तीन महिला न्यायाधीश

सुशीला कार्की मुलुकको प्रथम महिला प्रधानन्यायाधीश हुँदैछिन् । राज्यका तीनै अंगमा महिला प्रमुख हुने क्रममा सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा समेत दुई जना महिला छन् ।

नारी संवाददाता , चैत्र ६, २०७२

-- पुरै पढ्नुहोस् --