विदेश

विदेशमा संस्कृति धान्ने ध्येय

बीसौं वर्ष विदेश बसेका नेपालीहरूसँग प्रश्न गरियो भने उत्तर एउटै पाइन्छ–आफ्नै देश प्यारो...आफ्नै मौलिक संस्कृति र खानपानको स्वाद संसारकै उत्तम, म त मेरा छोराछोरीसँग नेपालीमै कुराकानी गर्छु, घरमा नेपाली खाना नै पाक्छ, उतै बसे पनि हामी आफ्ना चाडपर्व धुमधामसँग मनाउँछौं, नेपाली पहिरनमा आफ्नोपन महसुस हुन्छ आदि..इत्यादि । मूलत: विदेशमा संस्कृति धान्ने सवालमा महिलाको विशेष हात हुन्छ ।घरभित्र प्रयोग गरिने भाषा, भान्सामा पाक्ने परिकार, आफ्नै हातले बालबालिकालाई सजाउँदै लगाइदिने पहिरन वा अन्य शृंगार आदि महिलाको निर्णयमा भर पर्ने कुरा हुन् । डायस्पोरामा जागिर अनि घरधन्दा सन्तानको लालनपालन गरेर पनि सामाजिक कार्यमा नेपाली महिलाको सहभागिता बाक्लै देखिन्छ । नेपालमा दु:ख पर्दा होस् वा विदेश पुगेका नेपालीलाई दु:ख पर्दा नेपालीहरूलाई एकजुट बनाई सहयोग जुटाउन महिलाहरूकै पहल रहँदै आएको पाइन्छ । नेपाली महिलाहरूले विदेशी भूमिमा बसेर पनि आफ्नो संस्कार,संस्कृति, भाषा तथा रहनसहनलाई जीवन्त राख्ने प्रयास गर्दै आएका छन् ।रश्मी थापा मगर, क्यानाडाक्यानाडा, टोरन्टो निवासी रश्मी थापा मगर त्यता गएको एकदशक बित्न लागिसकेको छ । गोरखा हर्मटारीका शिक्षक टेकबहादुर तथा गृहिणी आमा लीलामाया थापा मगरका ७ सन्तानमध्येकी एक रश्मीले पशुपति क्याम्पसबाट स्नातक गरिन् । गोरखा दरबारका पुजारी खलककी छोरी रश्मीमा सानैदेखि सेवाभावना थियो । ग्रामीण स्वावलम्बन विकास (आरएसडिसी) मा संयोजकका रूपमा मुलुकका थुप्रै गाउँमा काम गरेकी रश्मीले पेवा नेपाल गठन गरी गाउँका महिलाहरूलाई स्वावलम्बी बनाउन सहयोग पुर्‍याएकी थिइन् । सामाजिक कामका सिलसिलामा मकवानपुरको दुर्गम जंगल (ट्वाङडाँडा, राप्तीपारि) मा भेटिएका वनकरियाहरूलाई उनले पहिलोपटक सहर देखाउने काम मात्र गरिनन् नेपाल सरकारसँग संयोजन र मध्यस्थता गरी उनीहरूलाई पुनस्र्थापना गर्न ठूलो भूमिका निर्वाह गरिन् । अहिलेसम्म पनि वनकरिया जातिलाई स्वास्थ्य, शिक्षा एवं सामाजिकीकरणका लागि निजी तथा विदेशी सहयोग जुटाइरहेकी रश्मीको टोरन्टोमा स्पा व्यवसाय छ । विदेशमै पनि उनी घरमा हुँदा जनजातिको पहिरन लुंगीमा हुन्छिन् । घरमा दैनिक नेपाली खाना पाक्छ भने नेपाली भाषामै संवाद हुन्छ । पाँचथरका गोपाल थापा मगरसँग विवाह गरेकी रश्मीका १ छोरा तथा १ छोरी छन् ।नेपाली क्यानेडियन महिला एसोसियसनकी संस्थापक महासचिव रश्मी सामाजिक क्षेत्रमा क्यानाडाभरि परिचित छिन् । एसोसिएसनमार्फत उनले आफ्नो भाषा, संस्कृति जर्गेना एवं उत्थानमा विशेष भूमिका निर्वाह गरिरहेकी छिन् । हामी हाम्रा हरेक चाडपर्व मात्र होइन, नारी दिवस, श्रमिक दिवसजस्ता विशेष दिन पनि नेपाली शैलीमै मनाउँछौं–रश्मी भन्छिन्–कल्चरल डान्स तथा गायन, नेपाली वेशभूषा प्रदर्शन, नेपाली परिकारको प्रदर्शनी, नेपाली खेलकुदको आयोजना आदि त मुख्य काम नै भए त्यसका साथै क्यानाडा पुगेका नयाँ नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई समेत यस्तै कार्यमा सहभागी गराएर आगामी दिनमा नेपाली परम्परा एवं संस्कृतिको गरिमा जोगाइराख्न विभिन्न अन्तक्र्रिया पनि गरिन्छ ।नेपालमा वनकरियासँग लामो समय काम गरेकी थापा पहिलोपल्ट क्यानाडा पुग्दा आफूलाई त्यो नौलो ठाउँमा वनकरियाजस्तो महसुस गरेकैले नेपालबाट पहिलोपटक क्यानाडा पुग्नेहरूलाई सहज वातावरण बनाइदिने, काम खोजिदिने तथात्यहाँको वातावरणमा घुलमिल हुन सघाउने काममा समय खर्चिन्छिन् ।सुनन्दा श्रेष्ठ क्षेत्री, अस्ट्रेलियाअस्ट्रेलियाको पर्थ निवासी सुनन्दा श्रेष्ठ क्षेत्री एकाउन्टिङ पेसामा आबद्ध छिन् । अस्ट्रेलियाबाट प्रोफेसनल एकाउन्टिङमा स्नातकोत्तर पूरा गरेकी भक्तपुरकी सुनन्दाले चितवनका नीरज क्षेत्रीसँग विवाह गरेकी हुन् । दुई छोरीकी आमा सुनन्दा विदेशमा नेपाली संस्कार र संस्कृतिको जगेर्नामा महिलाहरू धेरै हदसम्म जिम्मेवार रहँदै आएको कुरा बताउँदै भन्छिन्–पुरुषहरू विशेषत: व्यवसायिक काममै व्यस्त रहन्छन् । उनीहरूसँग समय कम हुन्छ ।आफ्नो भाषा, संस्कृति, खानपान एवं संस्कार बालबालिकालाई सिकाउनेदेखि लिएर घरभित्र र बाहिर पनि यसलाई बढावा दिने काममा महिलाको बढीहात हुन्छ । पावरक्लिनकी संस्थापक सुनन्दा विदेशमै बसे पनि नेपाली चाडबाड धुमधामसँग मनाउने मात्र नभई विदेशीहरूलाई पनि निम्ता गरी ती चाडको अर्थ र महत्व बुझाउँछिन् । उनले आफ्ना दुई साना छोरीलाई पनि नेपाली भाषा, खानपान एवं पहिरनमा अभ्यस्त बनाएकी छिन् । सुनन्दा भन्छिन्–कतिपय नेपालीका छोराछोरीले नेपाली बोल्नसमेत बिर्सिसके तर मैले आफ्ना छोरीलाई अहिलेदेखिनै नेपाली संस्कारमा घुलमिल गराइरहेकी छु । नेवारी परिकारकी पारखी सुनन्दा छुट्टीका बेला नेवारी परिकार बनाएर परिवारलाई ख्वाउँछिन् । जहाँपुगे पनि आत्माभित्र सधैं नेपाल र नेपाली रहने उनी बताउँछिन् ।कमला दाहाल, जर्मनीदुई दशकभन्दा बढी भैसकेको छ, कमला दाहाल जर्मनी बस्न थालेको । सुरुवाती दिनमा विदेशी भूमिमा थुप्रै चुनौती सामना गर्नुपरेको बताउने कमला अहिले त्यस्ता नयाँ नेपालीहरू जो पहिलो पटक जर्मनी पुग्छन् कि मार्गदर्शक बनेकी छिन् । दुई छोराकी आमा कमला होटल तथा रेस्टुराँ व्यवसायी मात्र होइनन् नाम चलेकी कलाकारसमेत हुन् । उनी कुशल नृत्यांगना पनि हुन् । हाल अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबलकी बरिष्ठ उपाध्यक्ष कमलाले जर्मनीमा सामाजिक सेवामा पनि प्रशस्त समय खर्चिँदै आएकी छिन् । जेठो छोरा वर्ष दिनको नपुग्दै स्टेजको एउटा कुनामा झोलुङ्गो झुन्ड्याएर नृत्यमार्फत नेपाली संस्कृति चिनाउँदै हिँडेकी कमला वर्षका बार्‍है महिना नेपाली संस्कार–संस्कृति एवं वेशभूषाको प्रबद्र्धनमा खटिइ रहन्छिन् चाहे सांस्कृतिक कार्यक्रम गरेर होस् वा नेपाली परिकार प्रदर्शनी गरेर होस् । उनी यही कारणले विदेशीहरूमाझ समेत सुपरिचित छिन् । त्यसका अतिरिक्त कमला आफ्ना सन्तान मात्र होइन अन्य नेपालीका छोराछोरीहरूलाई समेत मातृभाषामा प्रखर बनाउन विभिन्न कार्यक्रम संचालन गरिरहन्छिन् । जर्मनीस्थित उनको घरमा हिन्दू धर्मका देवीदेवताका तस्बिर सजिएका छन् । प्रत्येक दिन उनी पूजाबाट कामको थालनी गर्छिन् । घरमा नेपाली खाना नै पाक्छ भने नेपालीमै कुराकानी गरिन्छ । कमलाले भनिन्–संसारको जुनसुकै कुनामा बसेपनि मन त नेपाली नै हो, मनमा जे छ त्यही नै खोजिन्छ र उसकै बढी माया लाग्छ ।साबु गदाल कार्की, अमेरिकाअमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने साबु गदाल कार्की पेसाले नर्स हुन् । उनले लगाएको नेपाली पहिरनबाट लोभिएर कयौं विदेशी सँगै फोटो खिचाउन आउँछन् । नेपाली संस्कार जोगाउन उनले महत्वपूर्ण काम गर्दै आएकी छिन् । विदेशमा आफ्नो भाषा–संस्कृति र संस्कारको उत्थान कसरी गर्ने भन्ने चिन्तासधैंहुन्छ–साबुले भनिन्–‘त्यसकै परिणाम हो मैले निर्माण गरेको चलचित्र दर्पणछायाँ–२ । यसरी नै हो हाम्रो संस्कार, संस्कृति, भाषा एवं वेशभूषालाई विश्वमा चिनाउने ।’ अमेरिकाका विभिन्न राज्यमा हुने नेपाली कार्यक्रममा उनको उपस्थिति रहन्छ । व्यक्तिगत रूपमा पनि नेपाली संस्कृतिलाई बढावा दिने विविध कार्यक्रममा सहयोग पुर्‍याउँदै आएकी गदाल सांस्कृतिक कार्यक्रम, चलचित्र तथा फरक खालका प्रदर्शनीले नेपाली संस्कृतिलाई विश्वभर परिचित गराउने कुरा बताउँछिन् ।रजनी सुनुवार, लण्डनकुनै बेलाकी चर्चित कलाकार हुन्–रजनी सुनुवार । हाल लण्डनलाई आफ्नो कर्मथलो बनाएकी सुनुवार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युकेकी अध्यक्ष पनि हुन् । कला क्षेत्र नै यस्तो विधा हो जसले भाषा–संस्कार र संस्कृति उत्थानमा ठूलो भूमिका निर्वाह गर्नसक्छ भन्ने कुरामा विश्वास राख्ने रजनी विदेशी माटोमा आफ्नो आस्थालाई अटल राख्न सके यसै पनि संस्कार जोगिने तर्क गर्छिन् । परिवारभित्र नेपाली भाषा मात्र प्रयोग गर्नु, नेपाली पहिरन र खानपानमै जोड दिनु, नेपालीहरूका हरेक कार्यक्रममा सरिक हुनु, विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी विदेशीहरूलाई समेत त्यसमा सहभागी गराउनुजस्ता उनका क्रियाकलाप संस्कार जोगाउन सहयोगी साबित हुँदै आएका छन् ।जुनु गुरुङ, दक्षिण कोरियादक्षिण कोरियामा बसेर नेपाली महिलाहरूको हक–अधिकार एवं समानताका लागि अभियन्ताको भूमिका निर्वाह गरिरहेकी जुनु गुरुङ त्यहाँस्थित धेरै नेपालीका लागि बलियो आधार हुन् । गुरुङ–मगरलगायतका जनजातिका वेशभूषा एवं खानपानलाई दक्षिण कोरियासम्म पुर्‍याउन सफल जुनुको तुङदेमुनस्थित पसलमा जनजातिका परम्परागत पहिरन, जिरा, धनियाँ, हिङ, टिम्मुर आदि नेपाली मसलाका साथै अन्य खाद्यान्नसमेत पाइन्छ । व्यापारभन्दा समाजसेवालाई महत्व दिने जुनु त्यहाँ कार्यरत नेपाली महिलाहरूलाई दु:ख पर्दा ढाल बनेर उभिन्छिन् । कोरियामा उनले दर्जनौं नेपाली सांस्कृतिक कार्यक्रम आयोजित गरिसकेकी छिन् । नेपाली चलचित्र प्रदर्शन गर्ने कुरामा होस् वा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने कुरा उनी सधैं अघि सर्छिन् । आफ्नो परिवारमा उनी शतप्रतिशत नेपाली संस्कार प्रयोग गर्दा गर्व महसुस गर्छिन् । जुनु भन्छिन्–आफ्नै देशमा बसिरहेको भए यत्तिको गरिन्थ्यो कि गरिँदैनथ्यो कुन्नि तर यहाँ आएपछि आफ्नो धर्म, संस्कार, संस्कृति एवं लवाइखवाइलाई बढीमहत्व दिन थालियो, जुन हाम्रो पुँजी तथा पहिचान हो । 

लक्ष्मी भण्डारी थापा, पुस ११, २०७४

-- पुरै पढ्नुहोस् --

मामा मुभमेन्ट

सन् १९८३ मा नेदरल्यान्डको आम्स्ट्रड्याम सहरको कुनै एक घरको भान्सा टेबलबाट सुरु भएको हो– मामा क्यास अभियान । स्थानीय ५ जना महिला अधिकारकर्मी जो स्वयं पैसाको शक्तिबाट निकै टाढा थिए, ले प्रारम्भ गरेको यो अभियान केही दिनभित्रै करोडौं महिलामा पुग्न सफल भयो ।

नारी संवाददाता , भाद्र १५, २०७४

-- पुरै पढ्नुहोस् --

मल्टिनेसनल महिला जसले संसार हाँक्छन्

संसारका हरेक कुनामा आफ्नो ब्रान्ड–बर्चस्व जमाउन सफल मल्टिनेसनल कम्पनी कसको नेतृत्व क्षमता एवं विचारबाट चल्छ होला ? धेरैमा यस्तो उत्सुकता हुनसक्छ । सिर्जनशील, कर्मठ, परिश्रमी र कार्यदक्षताजस्ता चीज विशेषत: पुरुषमा बढी हुन्छन् भन्ने पुरातन मान्यता विपरीत पछिल्लो समयमा महिला पनि यी कुरा र काममा अब्बल दरिँदैछन् ।

लक्ष्मी भण्डारी थापा, श्रावण १६, २०७४

-- पुरै पढ्नुहोस् --

फस्ट लेडी मेलानिया

चुनाव प्रचार अभियानका क्रममा श्रीमान् डोनाल्ड ट्रम्पमाथि यौन शोषणको आरोप लागेको थियो । त्यो समयमा मेलानियाले ट्रम्पको बचाउ गरेकी थिइन् ।

नारी संवाददाता , चैत्र २२, २०७३

-- पुरै पढ्नुहोस् --

मिस वल्र्ड २०१६ को ताज पियर्टो रिकोकी स्टेफनीलाई

‘मिस वल्र्ड २०१६’ को ग्राण्ड फिनालेमा पियर्टो रिकोकी स्टेफनी डेल भाल डियाजले विश्व सुन्दरीको ताज आफ्नो शीरमा सजाउन सफल भएकी छिन् । गत आइतबार १८ डिसेम्बर राति सम्पन्न अमेरिकाको म्यारिल्याण्डस्थित एमजिएम नेसनल हार्बरमा सम्पन्न ६६औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा पाँच फिट आठ इन्च उाचाईकी १९ वर्षिया स्टेफनीले विश्वका अन्य एक सय १६ जना सुन्दरीहरुलाई पछि पार्दै यस पटकको मिस वल्र्ड विजेताका रुपमा आफूलाई प्रस्तुत गर्न सफल भएकी हुन् ।

नारी संवाददाता , पुस ४, २०७३

-- पुरै पढ्नुहोस् --

घुम्टोभित्रका हीरा

मुसलमान परिवेशयुक्त बंगलादेश महिलाका लागि सहज छैन । महिलाहरू हरेक क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न धर्म बाधक बनेको

झरना नहर्की, लक्ष्मी भण्डारी थापाचैत्र २, २०७१

-- पुरै पढ्नुहोस् --

संसारले नचिनेकी साकिरा

सन्तान जन्माएपछि कोलम्बियाली पप गायिका एवं नर्तकी साकिरा इजाबेल मुबारक रिपोलको खुसीको ठेगाना छैन ।

जितेन्द्र साह, पुस १, २०७१

-- पुरै पढ्नुहोस् --

परिवर्तनतर्फ साउदी अरबका महिला

साउदी अरबका महिलाले बल्ल मतदान र उम्मेदवार बन्ने अधिकार पाउन लागेको कुरा सुन्दा अचम्म लाग्न सक्छ ।

जितेन्द्र साह, मंसिर १, २०७१

-- पुरै पढ्नुहोस् --

सुषमा स्वराज :जसको बोली बिक्छ

शक्ति र सत्तामा नहुँदा धेरैजसो राजनीतिकर्मी ओझेलमा पर्छन्, प्रभावहीन हुन्छन्। उनीहरूले बोलेको कसैले सुन्दैन।

श्रावण १, २०७१

-- पुरै पढ्नुहोस् --

गर्भमै मार्न खोजिएकी छोरी मन्त्री बनिन

भारतको दिल्ली, मंगोलपुरीका भूपेन्द्र तथा शिलाले तीन छोराछोरीपछि अर्को सन्तानको चाहना राखेका थिएनन्।

चैत्र २, २०७०

-- पुरै पढ्नुहोस् --

जारी छ मलालाको संघर्ष

पाकिस्तानकी युवा अभियानकर्ता मलाला युसुफजाईले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सबैभन्दा प्रभावकारी ५ सय व्यक्तिको

जितेन्द्र साह, फाल्गुन १, २०७०

-- पुरै पढ्नुहोस् --