बालबालिका

अभिनय कार्यशालामा रमाउँदै बालबालिका

हामी बालबालिका हौं, हामीहरू पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छौं’ भन्ने मूल भावका साथ लिटल थिएटर ग्यारेज : बालबालिकाका लागि नाट्य तथा अभिनय कार्यशाला यो वर्ष पनि सञ्चालनमा आएको छ । थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले हरेक वर्ष आयोजित गर्ने कार्यशालाको यो पाँचौं संस्करण हो । कीर्तिपुरस्थित राराहिल स्कुलको सहकार्यमा स्थापित थिएटर मलमा सञ्चालन भैरहेको लिटल थिएटर ग्यारेजमा अहिले ३३ जना बालबालिका रमाइरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ५ देखि १३ वर्ष उमेर समूहका बालबालिका कार्यशालामा सहभागी छन् । यो कार्यशालाको ढाँचा थिएटरका विभिन्न खेल तथा क्रियाकलापमार्फत अभिनयका साथमा उनीहरूको व्यक्तित्व विकासका सघाउ पुर्‍याउने उद्देश्यसाथ तयार पारिएको छ । बालबालिकाहरू कार्यशालामा कथावाचान, चित्रकला, नृत्य, वतृत्वकला, क्ले आर्ट तथा अभिनयका विभिन्न क्रियाकलापमा सहभागी भैसकेका छन् । कार्यशालाको अन्तिम दिन उनीहरूले अतिथि तथा अभिभावकहरूमाझ तीनवटा नाटक प्रस्तुत गर्दैछन् भने कार्यशालामा सिकेका र अभ्यास गरेका अन्य प्रस्तुति पनि त्यहाँ समेटिनेछन् । हरेक वर्ष चैत २० गते सुरु हुने १५ दिने कार्यशाला वैशाख ७ मा सम्पन्न हुनेछ । बालरंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संगठनको नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा कार्यशालालाई थिएटर मल र टिसिसी नेपालले २०७१ सालदेखि निरन्तरता दिँदै आएको छ । नेपालमा बाल रंगमञ्च स्थापना गर्दै यसको नियमितता र विकासका लागि खोलिएको थिएटर सेन्टर फर चिल्ड्रेनले आफ्ना नाट्य प्रस्तुतिहरू राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म मञ्चन गरिसकेको छ । गत फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागी हुँदै कीर्तिपुरमा पुनर्स्थापना भएको थिएटर मलले यही महिनादेखि नियमित नाटक मञ्चन थाल्दैछ । 

नारी संवाददाता , वैशाख ८, २०७६

-- पुरै पढ्नुहोस् --

फेसन शोमा बालबालिका

उनीहरूको र्‍याम्प वाक वयस्कहरूको भन्दा कम आकर्षक थिएन । आत्मविश्वास, प्रस्तुति एवं स्टाइल पनि दमदार थियो । रंगी–विरंगी, मनमोहक पहिरनमा सजिएका उनीहरूको समग्र हावभाव लोभलाग्दो देखिन्थ्यो । त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड सेन्टरस्थित कर्मा बार एन्ड लाउन्जमा दुई दर्जनभन्दा बढी बालबालिकाले मोडलका रूपमा प्रस्तुत हुँदै भिन्न खालको खुबी प्रस्तुत गरे ।

नारी संवाददाता , वैशाख ६, २०७६

-- पुरै पढ्नुहोस् --

फेसन शोको रनवेमा बालबालिका

उनीहरुको विरालो चालको हिंडाई वयस्कहरुको भन्दा कम आकर्षक थिएन । आत्मविश्वास, प्रस्तुति र स्टाइल पनि दमदार थियो । रंगी विरंगी, मनमोहक पहिरनहरुमा सजिएका उनीहरुको समग्र आवरणीय हावभाव लोभलाग्दो थियो । 

नारी संवाददाता , वैशाख ३, २०७६

-- पुरै पढ्नुहोस् --

प्रिन्साले पहिरिन् मिनि मोडल वर्ल्डको ताज

विभिन्न उमेर समूहको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा नेपालको उपस्थिति बढ्दै गइरहेको अवस्थामा पछिल्लो समयमा नेपाली सहभागिहरुको उपस्थिति दरिलो बन्दै गएको देखिन्छ । यसै सन्दर्भमा हालै इजिप्टमा संचालन भएको स्टार्ट मिनी मोडल्स अफ द वर्ल्ड २०१९ मा नेपालकी कान्छी सहभगि ५ वर्षिया प्रिन्सा खड्का मिनी मोडल वर्ल्डको ताज पहिरिन सफल भएकी छिन् । 

रोजिन शाक्य, चैत्र १७, २०७५

-- पुरै पढ्नुहोस् --

किड्स एन्ड टिन फेसन मोडल 

ड्रिम सर्च एजेन्सीद्वारा आयोजित किड्स एन्ड टिन मोडल फेसन मोडल प्रतिस्पर्धामा प्रि–किड्स फेसन मोडल–२०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेसन मोडल–२०१९ सहस्र प्रधान ।

नारी संवाददाता , फाल्गुन २६, २०७५

-- पुरै पढ्नुहोस् --

किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

किड्स एण्ड टिन फेशन मोडल २०२९ सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सी आयोजक रहेको कार्यक्रममा ‘प्रि किड्स फेशन मोडल २०१९’ यशाश्री महर्जन भएका छन्, भने ‘किड्स मेल फेशन मोडल २०१९’ सहश्र प्रधान चुनिए ।

नारी संवाददाता , फाल्गुन २१, २०७५

-- पुरै पढ्नुहोस् --

मिस लिटिल नेवा लुम्बिनी–११३९

रुपन्देहीमा सञ्चालित मिस लिटिल नेवा लुम्बिनी–११३९ को उपाधि बुटवलकी वृष्टि श्रेष्ठले जितेकी छिन् । गत साता भएको प्रतियोगिताको फिनालेमा पुगेका ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठ मिस लिटिल नेवा लुम्बिनी–११३९ घोषित भएकी हुन् । 

नारी संवाददाता , फाल्गुन १८, २०७५

-- पुरै पढ्नुहोस् --

ट्यालेन्ट स्टार नेपालको उपाधि

परिवर्तन इभेन्ट हाउसले काठमाडौंमा आयोजना गरेको ट्यालेन्ट स्टार नेपाल–२०१९ मा विभिन्न तीन उमेर समुहका बालबालिकाहरुबीच रमाइलो प्रतिस्पर्धा सम्पन्न भएको छ ।

नारी संवाददाता , फाल्गुन ५, २०७५

-- पुरै पढ्नुहोस् --

नेसनल किड्स अफ इयर

विभिन्न विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ३१ जना बालबालिकाहरुको सहभागितामा आयोजना भएको नेसनल किड्स अफ द इयर २०१९ को फाइनल प्रतिस्पर्धामा सिनियर तर्फ क्रिस्टिना खड्का र जुनियरतर्फ स्टेला शाह विजेताका रुपमा चयन भएका छन् ।

नारी संवाददाता , माघ २८, २०७५

-- पुरै पढ्नुहोस् --

इन्टरनेशलन किड्स अफ दि इयर

‘नेशनल किड्स अफ द इयर–२०१९’को उपाधि सिनियर किडतर्फ क्रिस्टिना खड्का र जुनियरतर्फ स्टेला शाहले पाए । दुवै विजेताले आगामी जुनमा सिंगापुरमा ८८ देशका बालबालिकाबीच हुने अन्र्तराष्ट्रिय प्रतियोगिता ‘इन्टरनेशलन किड्स अफ दि इयर–२०१९’मा सहभागी हुन पाउनेछन् ।

नारी संवाददाता , माघ २६, २०७५

-- पुरै पढ्नुहोस् --

प्रितम आचार्य टप १५ मा

सुनसरीको इटहरीका बालगायक प्रितम आचार्य भारतको जिटिभीबाट प्रसारण भैरहेको रियालिटी शो सारेगम लिटिल च्याम्सको टप फिप्टिनमा पुग्न सफल भएका छन् । उनी टप ३० वाट टप १५ मा पुगेका हुन् ।

नारी संवाददाता , माघ १८, २०७५

-- पुरै पढ्नुहोस् --