परिकार

घरमै रेस्टुराँ

अहिलेका बालबालिकाहरू रेस्टुराँमा पाइने मीठा परिकारका पारखी छन् । बालबालिकाहरूमा फास्टफुडको यस्तो प्रभाव पर्नुलाई सकारात्मक मान्न सकिँदैन । कहिलेकाहीँ रमाइलोका लागि रेस्टुराँ जानु ठीकै भए पनि सदैव रेस्टुराँको खाना खाने बानीले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ । त्यसबाट जोगिन घरकै भान्सामा बालबालिकाहरूलाई मनपर्ने परिकार पकाइदिएर रेस्टुराँको स्वाद बिर्साइदिन सकिन्छ ।भेज बर्गरसामग्री : बर्गर ब्रेड ४ वटा, आलु टिक्की ४ वटा, टमाटरको स्लाइस २ वटा, प्याज मसिनो गरी काटेको २ चम्चा, सलाद पात २ वटा, टोम्याटो सस २ चम्चा, चाट मसला आधा चम्चा, चीजको ४ स्लाइस तथा काँक्रा २ टुक्रा । आलु टिक्की बनाउने विधि : ६ वटा पाउरोटीका टुक्रालाई मिक्सरमा पिसेर आलुमा अदुवा, हरियो खुर्सानीको पेस्ट तथा नुन हालेर मिक्स गरी टिक्कीको आकार दिने अनि तेलमा डिप फ्राई गर्ने ।बर्गर बनाउने विधि : बर्गर ब्रेडको बीचमा काटेर दुवै भागमा टोम्याटो सस लगाउने । एकपछि अर्काे गर्दै सलादको पात, टमाटर, प्याजको स्लाइस तथा आलुको टिक्की राख्ने । हरेक स्लाइसको बीचमा चाट मसला छर्कने । त्यसमा स्लाइस चीज राख्ने र माथिबाट काँक्रा, टमाटर र प्याजको स्लाइस राख्ने । चाट मसला छर्केर माथिबाट अर्काे ब्रेडले बन्द गर्ने । टुथपिक लगाएर ओबनमा बेक गर्ने । 

नारी संवाददाता , आश्विन ३१, २०७४

-- पुरै पढ्नुहोस् --

पाइनापल लेमनेड

पाइनापल जुस ४० मिलिलिटर, अरेन्ज जुस ४० मिलिलिटर, सुगर सिरप १० मिलिलिटर, सोडावाटर आधा लिटर, आइसक्युब ६ टुक्रा ।

नीलम चन्द, आश्विन २७, २०७४

-- पुरै पढ्नुहोस् --

मोकटेल

भोड्का ६० मिलिलिटर, ब्लुबेरी जुस १ सय २० मिलिलिटर, लेमन जुस १५ मिलिलिटर,ह्वाइट वाइन १० मिलिलिटर तथा ब्लु क्युराको २० मिलिलिटर ब्लेन्ड गर्ने ।

राम पुडासैनी, आश्विन २६, २०७४

-- पुरै पढ्नुहोस् --

पोर्क चिल्ली र रोस्ट

नेपाल टेलिभिजनको सुरुवाती कालकी अंग्रेजी समाचारवाचिका हुन्–अर्चना तामाङ । डेनिडाकी क्षेत्रीय सल्लाहकारसमेत रहेर अनुभव बटुलेकी अर्चनाले केही वर्षयता पुल्चोकमा पोर्कका परिकारलाई विशेष प्राथमिकता दिएर क्याफे आमु नामक रेस्टुराँ स्थापना गरेकी छिन् जहाँ उनी आफ्नै तरिकाले घरको स्वादमा विभिन्न परिकार तयार पार्छिन् ।

नारी संवाददाता , आश्विन २५, २०७४

-- पुरै पढ्नुहोस् --

भान्छामा मटनको स्वाद

गहिरो भाँडामा मासु हालेर खस्रो हुने गरी कुटेको अदुवा र लसुनले मोल्ने । त्यसपछि माथि उल्लेखित मसलाहरू हालेर मोल्ने । नुन र तोरीको तेल हालेर राम्रोसँग मोली केही घन्टा मेरिनेट हुन दिने । बाक्लो तावामा तोरीको तेल तताएर मोलेको मासु तावामा हल्का आँचमा पकाउने । यो तास चिउरा वा भुजासँग खान सकिन्छ ।

नारी संवाददाता , आश्विन २४, २०७४

-- पुरै पढ्नुहोस् --

एउटै चिकेनका फरक– फरक स्वाद

चिकेनको छातीको भागलाई अण्डा, कर्नफ्लोर तथा मैदाको मिक्सरमा डुबाएर डिप फ्राई गर्ने । प्याज, अदुवा, लसुन तथा टोमाटो चपलाई प्यानमा तेल तताई ब्राउन कलर आउने गरी भुटेर चिकेनमा मिक्स गरिदिने । अब यो सेरेड चिकेन साल्ट पेपर तथा टिम्मुर छर्केर खान तयार भयो ।

सेफ राजकुमार खड्का, आश्विन २३, २०७४

-- पुरै पढ्नुहोस् --

मटनका थरी थरी परिकार

खसीको फल मासु १ सय ३० ग्राम, लसुन ३ पोटी, प्याज १ वटा, हरियो खुर्सानी ३ पिस, कागती १ चम्चा, सुकेको खुर्सानी २ पिस, धनियाँ चप १ चम्चा, नुन स्वादअनुसार तथा अदुवा ५ ग्राम । विधि : खसीको फल मासुलाई कडा हुने गरी फ्राई गर्ने । त्यसपछि कडा मासुलाई कुटेर थेबे बनाउने ।

नीतिमा कार्की भण्डारी, आश्विन २२, २०७४

-- पुरै पढ्नुहोस् --

दसैं खानपिन

स्वस्थ मानिसका लागि सामान्यत: दिनभरमा १ किलोग्राम बराबर १ ग्राम प्रोटिनको आवश्यकता पर्छ । मासुबाट प्रशस्त प्रोटिन पाइन्छ । दिनभरमा मासु मात्र नखाई अन्य खानेकुरा पनि खाइने भएकाले खनपिनमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । स्वस्थ मानिसले दिनभरमा १ सय ग्राम मासु खान सक्छन् । चाडपर्व त हो नि भनेर धेरै मासु खाँदा निकै सतर्कता अपनाउनुपर्छ ।

नारी संवाददाता , आश्विन १०, २०७४

-- पुरै पढ्नुहोस् --

दसैंमा मासु

महान् पर्व दसैं भन्नासाथ मासु भन्ने कुरा सबैको दिमागमा आइहाल्छ । पहिले–पहिले मासु खानलाई दसैं नै कुर्नुपथ्र्यो भने अहिले त्यो अवस्था छैन । नियमित रूपमा दिनहुँजसो मासु खाइन्छ । यद्यपि अरु बेलामा भन्दा दसैंमा मासु बढी नै खाइन्छ । घरमै खसी, बोका, राँगा, हाँस, कुखुरा काटिने हुँदा हतारमा जथाभावी पकाएर खाने चलन पनि बढ्दो छ ।

उपासना घिमिरे, आश्विन ४, २०७४

-- पुरै पढ्नुहोस् --

फापरको ढिडो

पछिल्लो समय नेपाली परिकार मध्ये फापरको ढिडो खाने ठूलो जमात थकालीमा भेटिन्छन् । विभिन्न रोगका लागि पनि फाईदाजनक ढिडो सामान्य तरिकाले आफ्नै घरमा पकाउँन सकिन्छ ।

नारी संवाददाता , भाद्र २८, २०७४

-- पुरै पढ्नुहोस् --

खसीको खुट्टाको सुप

खसीको सुप नेपाली भान्सामा मन पराइने परिकारमध्ये एक हो । हुन त यो सुप बनाउने तरिका सबैको फरक–फरक हुन सक्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । आफ्नै घरमा सजिलै बनाउन सकिने यो परिकार बुढाबुढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ ।

नारी संवाददाता , भाद्र २७, २०७४

-- पुरै पढ्नुहोस् --