बहस

घरेलु काममा महिला मात्र किन ?

श्रीमान्–श्रीमती दुवै प्रोफेसनल किन नहून्, दुवैजना थाकेर घर पुग्दा भान्सामा खट्नुपर्ने बाध्यता महिलाकै मात्र हुन्छ । परम्परादेखि नै घरको काम हजुरआमा–आमा, भाउजू–बुहारी, दिदी–बहिनीले गर्ने अनि हजुरबुबा–बुबा, दाजु–भाइ अफिस जाने अभ्यासलाई नजिकबाट नियाल्दै आएका हामीले पकाउने, ख्वाउने, भाँडा माझ्ने, घरको सरसफाइ तथा लुगा धुनेजस्ता विनापारिश्रमिकका घरेलु काममा महिलाले समय, सीप एवं शक्ति खर्चनुपरेको देखिरहेकै हो । धेरैमाझ चासो र चिन्ताको विषय नरहेको यो प्रसंगमा विविध क्षेत्रका महिलाको विचार : हामीले ग्रहण गर्ने शिक्षा दुई प्रकारका हुन्छन्–औपचारिक तथा अनौपचारिक । मानिस अनौपचारिक शिक्षा हुँदै औपचारिक शिक्षामा पुग्छ । बाल्यावस्थादेखि नै हामीले आमाले घरका सारा काम गरेको अनि बुवा सुट–टाई लगाएर अफिस गएको देख्यौं । जुन घरमा बुवाले आमालाई सघाएको, माया गरेको देखिन्छ त्यहाँ बुहारीलाई पनि सजिलो हुन्छ । महिलाले मात्र घरेलु काम गर्नुपर्छ भन्ने कदापि होइन । यो चलनचल्तीमा रहेको एउटा व्यवहार मात्र हो । शिक्षा, श्रीमतीलाई प्रेरणा तथा आरक्षणको प्रयोगले यो समस्या क्रमश: घट्दै जानेछ ।मधु घिमिरे आचार्यउप–सचिव, वन तथा भू–संरक्षण मन्त्रालयहाम्रो समाजमा परापूर्व कालदेखि त्यस्तै देखिदै आइएको छ र त्यही अभ्यास हुँदै आएको छ जुन हाम्रो सिकाइ बन्यो । पहिले श्रीमान्को खुट्टा धोएर पानी खाने चलन थियो जुन अहिले क्रमश: हटेजस्तै यो क्रम पनि बिस्तारै कम हुँदै जान्छ । बिरालो बाँधेर श्राद्ध गर्ने उखान भएको छ पुरुषले घरेलु काम गर्नु हुँदैन भन्ने कुरा । हाम्रो संस्कारले महिला चुलोचौकोमा भन्ने कुरालाई प्रश्रय दियो । महिलाहरू आर्थिक रूपमा सम्पन्न भए भने पुरुषले पनि सघाउँछन् । शिक्षा परिवर्तनको पहिलो सर्त हो । शिक्षित तथा चेतनशील पुरुषले महिलाहरूले पनि जागिर खान्छन्, कमाउँछन्, क्रियटिभ काम गर्छन् भन्ने कुरा बुझेका हुन्छन् र घरको काममा उत्तिकै कन्ट्रिब्युट गर्छन् । पूर्ण परिवर्तनका लागि नैतिक शिक्षा पनि आवश्यक छ ।  सुष्मा राजभण्डारीप्राज्ञ, नेपाल ललितकला परिषद्, हस्तकला विभाग पितृसत्तात्मक समाजका कारण घरेलु काममा महिलाहरू मात्र जोतिनुपरेको हो । यो अनपेड लेबरका रूपमा मूल्यांकनरहित छ । हामीकहाँ महिलालाई सर्वेसर्वा, देवता, घरमुली, घर धान्नेका रूपमा मात्र हेरिन्छ । परापूर्व कालदेखि नै श्रीमतीलाई सन्तान जन्माउने र पाल्ने मेसिनका रूपमा हेरिएको छ । श्रीमतीले घरमै बस्नुपर्छ तथा घरेलु काममै सीमित हुनुपर्छ भन्ने छ तर घरको काम दोब्बर मात्र होइन तेब्बर भारी हुन्छ । कार्य विभाजनका लागि शिक्षा, चेतना, विदेश भ्रमण एवं त्यसबाट सिकाइ आवश्यक छ भने सञ्चार माध्यमले पनि समाजको चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।  शारदा शर्मा पुडासैनीप्रकाशक तथा समाजसेवी उहिलेका श्रीमान्हरू सुत्केरी श्रीमतीलाई पकाएर ख्वाउन हिच्किचाउँथे । यद्यपि अहिले समय फेरिएको छ । मेरै घर–माइतीमा मेरा श्रीमान्, भाइहरू घरको काम गर्न लाज मान्दैनन् । कतिपय अवस्थामा हामी महिला स्वयं पनि श्रीमान्, छोरा वा दाजुभाइलाई घरको काम गर्न दिँदैनौं तर आफ्ना छोरालाई पनि सानैदेखि यस्ता काममा बानी बसाल्नुपर्छ । महिलाले मात्र घरेलु काममा खटिनुपर्ने संस्कारले निरन्तरता पाएकै कारण यस्तो भएको हो । यसमा परिवर्तन जरुरी छ ।  कमला के.सी.अभिभावक संयोजक, बेबीलोन नेसनल स्कुलघरको काम सहज मानिन्छ भने बाहिरको काम गाह्रो मानिन्छ । अझ मुख्य कुरा त गाह्रो काम महिलाले गर्न सक्दैनन् भन्ने छ । यस्तै सोचका कारण महिलाहरू घरेलु काममा मात्र सीमित हुनुपरेको हो । हिजोआजका महिलाहरू पुरुषसँग काँधमा काँध मिलाएर सँगै बाहिर काम गर्छन् । परिवारमा आर्थिक, नैतिक सहयोगमा कटिबद्ध हुन्छन् । त्यसैले अब पुरुषले पनि घरेलु काममा सघाउनुपर्छ । जसले आफ्नो दायित्व एवं जिम्मेवारी बुझेको छ उसले गर्छ पनि । अब घरेलु कार्य विभाजन हुनुपर्ने बेला आएको छ । त्यसका लागि शिक्षा, चेतना, महिलाको आर्थिक स्तर वृद्धिलगायत सञ्चार माध्यमले पनि यस्ता मुद्दालाई प्राथमिकताका साथ सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक छ ।इन्दिरा गौतम चौलागाईं व्यवसायी  

लक्ष्मी भण्डारी थापा, श्रावण २४, २०७४

-- पुरै पढ्नुहोस् --

परिवार नियोजन र यसका असर

हिजोआज धेरैजसोको जीवनशैली निकै व्यस्त छ । यस्तोमा बालबच्चा हुर्काउने समय र धैर्य कम हुँदै गएको देखिन्छ ।

लक्ष्मी भण्डारी थापा, चैत्र १२, २०७३

-- पुरै पढ्नुहोस् --

किन घट्दैन हिंसा ?

महिला हिंसा न्यूनीकरण एवं निर्मूल गर्न भनेर संसारभर विभिन्न कार्यक्रम तथा नीति तर्जुमा भैरहेको लामो समय बितिसक्दा पनि पूर्वीय मुलुकहरूमा हिंसाको अनुपात अझ बढ्दो देखिन्छ ।

लक्ष्मी भण्डारी थापा, पुस ११, २०७३

-- पुरै पढ्नुहोस् --

विवाहको नकारात्मक तथा सकारात्मक पक्ष

ल–छिमेक, चोक–गल्लीमा मानिसहरू फलानोको विवाह फलानोसँग हुँदैछ, फलानाले त यसपालि भोज ख्वाउलाजस्तो छ, त्यसले त अझसम्म जोडी पाएन भन्नेजस्ता टीकाटिप्पणीमा रमाइरहेका छन् ।

लक्ष्मी भण्डारी थापा, मंसिर ५, २०७३

-- पुरै पढ्नुहोस् --

लक्ष्मीको पूजा–उपासना गर्दा पनि किन कमजोर आर्थिक स्थिति ?

व्रत बसे फल प्राप्त हुन्छ भन्ने मानसिकता हामीमध्ये धेरैमा छ ।

लक्ष्मी भण्डारी थापा, कार्तिक ११, २०७३

-- पुरै पढ्नुहोस् --

तीजको व्रत महिलाले मात्र किन ?

महिला–पुरुष बराबर भनिए पनि श्रीमान्को दीर्घायुको कामना गर्दै तीजमा महिला मात्र व्रत बस्दै आएका छन् ।

उपासना पाण्डे/सरस्वती कटुवाल, भाद्र ३, २०७३

-- पुरै पढ्नुहोस् --

विदेशीसँग विवाह

गत वर्ष विदेशी नागरिकसँग विवाह गरी अमेरिका पुगेकी पोखराकी विन्दु परियारका बारेमा सनसनीपूर्ण खबरले नेपाली मात्र होइन विदेशी सञ्चारमाध्यम पनि गर्माए । उक्त समाचार नेपाली चेलीलाई विदेश पुर्‍याई शारीरिक,

लक्ष्मी भण्डारी थापा, श्रावण १०, २०७३

-- पुरै पढ्नुहोस् --

समानता र सशक्तीकरणको अर्थ

समानता र सशक्तीकरण पर्यायवाची शब्द हुन् तर हाम्रो समाजमा यसको महत्व र अर्थमा विरोधाभास छ । सशक्तीकरणको अर्थ पुरुषसरह हुनु होइन भने समानता भनेको महिलाले पुरुषले गरेजस्तै काम गर्नुपर्छ भन्ने होइन ।

नारी संवाददाता , माघ ९, २०७२

-- पुरै पढ्नुहोस् --

संकटमा घरेलु व्यवस्थापन

नेपालीहरूलाई अहिले ठूलो समस्याले सताएको छ । हरेकको घरमा असहज परिस्थिति सिर्जना भएको छ । नेपाली जनता राजनीतिक संकटका साथै बाँच्न पाउने अधिकारबाट पनि वञ्चित भएका छन् । ग्यास, मटीतेल तथा पेट्रोलियम पदार्थको अभावमा दु:ख भोगिरहेका नेपालीहरूले अब कस्तो विकल्प खोज्ने वा यस्तो अवस्थामा घरको व्यवस्थापन कसरी गर्ने ?

लक्ष्मी भण्डारी थापा, पुस १९, २०७२

-- पुरै पढ्नुहोस् --

संविधान र महिला

बहुप्रतिक्षित संविधान जारी भएको छ जसले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ । विगतको संविधान निर्माणका क्रममा महिलाका विविध मुद्दा समेट्नुपर्छ भनेर व्यापक रूपमा आवाज उठेको थियो । के त्यो समग्र आवाज संविधानमा समेटियो त ? संविधानले समेटेका र समेट्न नसकेका महिला मुद्दा तथा यसको कार्यान्वयनका सम्बन्धमा नारी बहस :

लक्ष्मी भण्डारी थापा, कार्तिक १७, २०७२

-- पुरै पढ्नुहोस् --

स्त्रीशक्ति

यत्र नार्यस्य तु पूज्यन्ते, रमन्ते तत्र देवता (मनुस्मृति) । या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ।। दुर्गासप्तशती (चण्डी) । यी उद्धरणले नारीप्रतिको श्रद्धा, सम्मान र आदर दर्शाउँछन् । स्त्रीशक्ति पूजाको विशेष महत्व रहेको महान् चाड दसैंका अवसरमा स्त्रीशक्ति र धर्मका विषयमा उठिरहेका आवाजका सम्बन्धमा विभिन्न क्षेत्रका महिलाले आ–आफ्नो धारणा व्यक्त गरे :

लक्ष्मी भण्डारी थापा, आश्विन १९, २०७२

-- पुरै पढ्नुहोस् --