विवाह विशेष

विवाहमा विश्वास तथा सम्मान आवश्यक

विवाह के हो ?विवाह दुई मानिसबीचको समझदारी तथा सौहार्दपूर्ण तरिकाले जीवन बिताउन प्रण गर्ने संस्था हो । अविवाहित हुनुहुन्छ, विवाहपछि जीवन कस्तो होला ?राम्रो जीवनसाथी र राम्रो परिवार छनोट गर्न सके उत्तम होला तर हडबडमा कुरा नबुझी आफूसँग मेल नखाने जीवनसाथी रोज्दा जीवन नर्क बन्नसक्छ । अहिले म आफ्नो विषयमा मात्र चिन्तन गर्छु भने विवाहपछि हाम्रो भनी चिन्तन गर्नुपर्छ । सन्तान भएपछि त अझ पाइला–पाइलामा सम्झौता गर्ने स्थिति आउला । विवाहित महिलाप्रति तपाईंको धारणा कस्तो छ ?म विवाहित महिलाहरूलाई स्याल्युट गर्छु । अहिलेका महिलाहरू घरको चौघेरामा मात्र सीमित छैनन् । आफ्नो व्यक्तिगत जीवन, कर्मथलो, सामाजिक जीवन एवं परिवारमा भूमिका निर्वाह गरिरहेका महिलाहरू प्रशंसनीय छन् । कतिपय ठाउँमा त्यसको कदर नभएको देख्दा भने दु:ख लाग्छ । विदेशमा जस्तो नेपालमा पनि डिभोर्स गर्ने परिपाटी बढेको छ, किन होला ?यसका विविध कारण छन् । महिलाहरू बिस्तारै सचेत अनि सशक्त हुँदैछन् जसले गर्दा उनीहरू आत्मसम्मानको रक्षा गर्न चाहन्छन् । उनीहरू सकेसम्म डग्न चाहँदैनन् । मन नमिलेर सदैव निराशामा बाँच्नुभन्दा अलग रहेर खुसी भइन्छ भन्ने सोचले डिभोर्स बढिरहेको छ । डिभोर्सको दर कम गर्न के गर्नुपर्ला ?यो कुरा सचेतनामा भर पर्छ । जबसम्म नेपालको पारिवारिक संचरना तथा पुरातन सोचमा परिवर्तन आउँदैन तबसम्म यो कम हुन सक्दैन । पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्नो ढर्रा तथा शैलीमा ढाल्न खोज्नु हुँदैन । जीवनसाथी कस्तो छनोट गर्ने योजना छ ?म आफू जस्ती छु त्यही स्तरको जीवनसाथी छनोट गर्छु, जसले मेरो चाहना तथा भावना बुझोस् । म उसको परिवार पनि विचार गर्छु । विवाह जीवनको महत्वपूर्ण निर्णय भएकाले आफू पूर्णरूपमा तयार भएपछि मात्र विवाह गर्छु ।(अविवाहित)रेलिजा श्रेष्ठ, अभिनेतृ, बिजुली मेसिन, अविवाहित

नारी संवाददाता , पुस १९, २०७३

-- पुरै पढ्नुहोस् --

अन्माउने दिनको पहिरन

विवाहको मुख्य दिन नै दुलही अन्माउने दिन हो । दुलही अन्माउने दिन सबैको नजर दुलहीमा हुन्छ । त्यसैले दुलहीहरू राम्री देखिन मेकअप, ज्वेलरीदेखि पहिरनमा पनि कुनै कसर छोड्न चाहँदैनन् ।

नारी संवाददाता , मंसिर २८, २०७३

-- पुरै पढ्नुहोस् --

रिसेप्सन पार्टीका दिन

रिसेप्सनका दिन दुलहीले लेहेंगा वा साडी लगाउनु उपयुक्त हुन्छ । यी पहिरनमा दुलही डिसेन्ट र सोभर देखिन्छिन् । रिसेप्सन पार्टीका दिन साथीभाइ तथा आफन्तहरू आउने हुँदा यो दिन दुलहीका लागि महत्वपूर्ण हुन्छ । साडी वा लेहेंगा नेपाली शैलीको लगाउँदा राम्रो देखिन्छ ।

नारी संवाददाता , मंसिर ३०, २०७३

-- पुरै पढ्नुहोस् --

दुलहीका लागि स्टाइलिस्ट पहिरन

केटा र केटी हेर्ने दिन दुलहीले लगाउने पहिरनको विशेष ख्याल गरिन्छ । कस्तो आचरण तथा स्वभावकी केटी हो भन्ने कुरा त्यही पहिरनबाट थाहा पाइन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, मंसिर २९, २०७३

-- पुरै पढ्नुहोस् --

दुलहीका लागि मुस्कान

धूम्रपान र मद्यपानबाट टाढै रहनुपर्छ । विवाहअघिका दिनहरूमा तनावबाट बच्ने तथा पूरा निद्रा लिने कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ । बोतलको बिर्काे वा प्लास्टिक प्याकिङ दाँतले खोल्नुहुँदैन ।

नारी संवाददाता , मंसिर २९, २०७३

-- पुरै पढ्नुहोस् --

ब्राइडल हेयर स्टाइल

नेपाली दुलहीहरूका लागि जुरोकै फरक–फरक हेयर स्टाइल उपयुक्त हुन्छ । धेरैजसो हेयर स्टाइलिस्टहरू विवाह गर्नुअघि हेयर स्पा गराउनुपर्छ भन्छन् तर यो जरुरी हुँदैन ।

नारी संवाददाता , मंसिर २९, २०७३

-- पुरै पढ्नुहोस् --

दुलहीका लागि आकर्षक केश

केश आकर्षक एवं बाक्लो भएन भने ब्राइडल हेयर स्टाइल राम्रो खुल्दैन । यसका लागि विवाहअघि आफ्नो केशको रेखदेख गर्ने र आकर्षक बनाउने उपाय अपनाउनुपर्छ ।

सरस्वती कटुवाल, मंसिर २९, २०७३

-- पुरै पढ्नुहोस् --

विवाहका गहना खरिद

हिजोआज विवाहको मेकअप एवं पहिरनसँगै गरगहनाको छनोट पनि प्राथमिकतामा पर्न थालेको छ । यद्यपि विवाहका लागि गहना छनोट गर्नुअघि चलेको ट्रेन्डका विषयमा जानकारी राख्नु जरुरी छ ।

नारी संवाददाता , मंसिर २५, २०७३

-- पुरै पढ्नुहोस् --

पहिरन दुलहाका लागि

विवाह भन्नासाथ धेरैजसोको पहिलो ध्यान दुलहीको पहिरन, मेकअप तथा गहनामा जान्छ तर दुलहाका लागि भने त्यतिविधि ध्यान दिइएको पाइँदैन । दुलहाका लागि एक–दुई जोर दौरा–सुरुवाल वा सुटसम्म बनाइन्छ । यद्यपि अहिलेका दुलहाहरू पनि स्टाइलिस्ट देखिने चाहना राख्छन् ।

सिर्जना दुवाल श्रेष्ठ, मंसिर २५, २०७३

-- पुरै पढ्नुहोस् --

डिजाइनर ब्राइडल ब्लाउज

डिजाइनर ब्राइडल ब्लाउज

नारी संवाददाता , मंसिर २४, २०७३

-- पुरै पढ्नुहोस् --

बदलिँदो तस्बिर

निकै माया–प्रेमले हुर्काएर बढाएका चेलीलाई विवाह गरेर बिदा गरिन्छ । जन्मघरबाट कर्मघर जाँदा चेलीको मनमा अनेकौं प्रश्न हुन्छन् ।

नारी संवाददाता , मंसिर २४, २०७३

-- पुरै पढ्नुहोस् --