सौन्दर्य

सौन्दर्य जिज्ञासा

सीमा कोइराला, कस्मेटिक नर्स, हेयर ट्रान्सप्लान्ट टेक्निसियन, आवरण स्किन एन्ड हेयर क्लिनिक गर्मी मौसममा छालामा के–कस्ता समस्या देखा पर्छन् ? गर्मी मौसममा धेरैजसो चायाँ–पोतो एवं डन्डिफोरको समस्या देखिन्छ । गर्मीका कारण छाला चिलाउने तथा राता फोका देखिने समस्या पनि उत्पन्न हुन्छ । कुन उमेरकालाई यो समस्या धेरै हुन्छ ? जुनसुकै उमेरकालाई छालाको एलर्जी हुन्छ । डन्डिफोरको समस्या युवालाई बढी हुन्छ भने चायाँ–पोतोको समस्या ३० वर्षभन्दा बढी उमेरका महिलामा देखिन्छ । चायाँ–पोतो एवं डन्डिफोरका लागि बनेका क्रिम तथा औषधिले कुनै साइड इफेक्ट गर्छन् कि ? कतिपय क्रिम तथा औषधिले रियाक्सन गर्न सक्छन् । त्यस्तो अवस्थामा डर्मेटोलोजिस्टसँग सल्लाह लिनु उपयुक्त हुन्छ । चायाँ–पोतोका लागि औषधि मात्र नभएर कस्मेटिक उपचार पनि गर्नुपर्ने हुन्छ । छाला राम्रो बनाउन के गर्नुपर्ला ? स्वस्थ खाना खानुपर्छ । जंक फुड खानुहुँदैन । तारेको–पिरो आदि खानेकुरा खानुहुँदैन । एन्टिअक्सिडेन्डयुक्त फलफूल खानुका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । घरमै बस्ने भए पनि ३–३ घन्टाको फरकमा सनस्किन लगाइरहनुपर्छ । छालाको हेरचाहलाई नियमितता दिनुपर्छ । छालाको समस्या सिर्जना हुन नदिन के गर्नुपर्ला ? आफ्नो छालाको प्रकारअनुसार सनस्क्रिन लगाउनुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । घाममा निस्कनुभन्दा आधा घन्टाअघि सनस्किन लगाउनुपर्छ । सनस्किन आफ्नो उमेरअनुसार प्रयोग गर्नुपर्छ । डन्डिफोर भएकाहरूले क्रिमबेसभन्दा पनि जेलबेस सनस्किन लगाउनु उपयुक्त हुन्छ । चायाँ–पोतो एवं डन्डिफोर निको हुन केही समय लाग्न सक्छ । उपचारका क्रममा डर्मेटोलोजिस्टले भनेका कुरा  राम्रोसँग पालना गर्नुपर्छ । बाहिर हिँडडुल गर्दा छाता ओढ्नुका साथै सनग्लास लगाउनुपर्छ ।   

नारी संवाददाता , जेष्ठ २२, २०७४

-- पुरै पढ्नुहोस् --

समर हेयर केयर

गर्मीमा बाहिरको धूलो–धूवाँका कारण केशमा नकारात्मक असर पर्ने हुँदा यो समयमा केशको मामिलामा निकै सजग हुनु जरुरी छ ।

नारी संवाददाता , चैत्र २२, २०७३

-- पुरै पढ्नुहोस् --

किशोरावस्थामा केशको हेरचाह

आधुनिक युवाहरूमा नयाँ–नयाँ हेयर स्टाइल बनाउने चाहना पाइन्छ । यसबाट उनीहरू परिवर्तनशील देखिन चाहन्छन् ।

नारी संवाददाता , चैत्र २१, २०७३

-- पुरै पढ्नुहोस् --

डन्डिफोर र कालोपन

गुलियो खाना, मोटोपन, तेल, सी फुड, अल्कोहल, मानसिक तनाब, रिस, गर्मी, पिरो–मसलेदार भोजन, बट्टामा राखिएका खाद्यपदार्थ, जंक फुड, अत्यधिक तैलीय छाला आदिका कारण अनुहारमा डन्डिफोर तथा कालोपन उत्पन्न हुन्छ ।

नारी संवाददाता , चैत्र १७, २०७३

-- पुरै पढ्नुहोस् --

हेयर केयरको सत्यता

केशको हेरचाह गर्ने विषयमा धेरैजसोले भ्रम पालेको पाइन्छ । त्यस्ता भ्रमपूर्ण कुरालाई सत्य मान्दा हानी हुनसक्छ।

नारी संवाददाता , चैत्र ९, २०७३

-- पुरै पढ्नुहोस् --

मौसम सुहाउँदो मेकअप

मौसममध्यकै मनमोहक र सुन्दर ऋतु वसन्तमा मेकअप गर्ने तौरतरिका केही फरक हुन्छ । मौसमलाई ध्यानमा राखेर गरिने मेकअपले सुन्दरतामा निखार ल्याउने भएकाले बदलिँदो मेकअप ट्रेन्डमा अहिलेका सौन्दर्य पारखीहरू पनि अभ्यस्त हुँदै गएको पाइन्छ ।

सरस्वती कटुवाल, फाल्गुन २०, २०७३

-- पुरै पढ्नुहोस् --

दुलही बन्नुअघिको ब्युटी रुटिन

आफ्नो सपनाको राजकुमारसँग च्याटिङ र लव टक गर्दै अबेर रातिसम्म जागा रहनु दुलही हुन लागेकी नवयुवतीको दैनिकीको सुन्दर एवं रोमान्टिक क्षण हुनसक्छ तर यसको साइड इफेक्ट पनि कम हुँदैन ।

नारी संवाददाता , फाल्गुन १६, २०७३

-- पुरै पढ्नुहोस् --

ब्राइडल–ट्रेन्डी मेकअप

नामअनुसार नै यो मेकअपलाई अनुहारको दोष लुकाउन र राम्रो फिचर्सलाई हाइलाइट गर्न गरिन्छ । यसमा स्याडो र सेड्सबाट इलुजन क्रिएट गरिन्छ ।

नारी संवाददाता , फाल्गुन १०, २०७३

-- पुरै पढ्नुहोस् --

छालाको कोमलताको रक्षा

जाडो मौसममा चिसो हावाले छालाको चिल्लो एवं नरमपन सोस्छ । यस्तोमा छालाको विशेष हेरचाह आवश्यक हुन्छ ।

नारी संवाददाता , माघ २५, २०७३

-- पुरै पढ्नुहोस् --

तीन दिने सौन्दर्य मेला सम्पन्न

सौन्दर्य कला व्यवसायी संघ र एफएनसीसीआईले माघ १४ गते सुक्रबारदेखि सुरु गरेको तीन दिने सौन्दर्य मेला आइतबार सम्पन्न भएको छ ।

नारी संवाददाता , माघ १७, २०७३

-- पुरै पढ्नुहोस् --

सुन्दरताप्रति तपार्इं कति सजग हुनुहुन्छ ?

सुन्दरताले महिलाहरूलाई एकातिर अरूको नजरमा प्रशंसाको पात्र बनाउँछ भने अर्कातिर उनीहरूलाई आत्मविश्वास पनि प्रदान गर्छ । महिलाहरू आफ्नो सौन्दर्यमा निखार ल्याउन घरेलु उपायहरूका साथै लेटेस्ट ब्युटी प्रोडक्ट्स पनि अँगाल्छन् ।

रोजिन शाक्य, माघ १६, २०७३

-- पुरै पढ्नुहोस् --