अन्तर्वार्ता

लेखन नै मेरो प्रिय साथी हो

शिवानीसिंह थारू पूर्व मोडल, एयर होस्टेज, भिजे, नाटक लेखक तथा निर्देशक हुन् । यतिबेला उनी लेखिकाका रूपमा उदाएकी छिन् । हालै उनको उपन्यास काठमाडौंमा एकदिन फाइन प्रिन्टले बजारमा ल्याएको छ । काठमाडौंमा एकदिन पुस्तक लेख्न ९ वर्ष खर्चिनुभयो । किन यति धेरै समय लाग्यो ?पहिलो कारण थियो भाषा । जति पकड मेरो अग्रेंजीमा थियो त्यति नेपाली भाषामा थिएन । त्यसका लागि मैले नेपाली साहित्यको कदेखि ज्ञसम्म बुझ्न समय लगाएँ । दोस्रो कारण मैले पढ्न रुचाउने पुस्तक जस्तो थियो त्यस्तै खाले स्वादको उपन्यास लेख्नुपर्छ भन्ने चेत आउन थाल्यो र मैले पढ्न रुचाउने पुस्तकको शैली बनाउन अध्ययन र अभ्यास गर्नुपर्‍यो । त्यसमाथि मेरो विशिष्ट शैली निर्माण गर्न पनि मैले निकै मेहनत गर्नुपर्‍यो । यिनै कारणहरूले मलाई यतिका वर्ष लाग्यो ।९ वर्षको मेहनतपछि पुस्तक प्रकाशनमा आयो। मन कत्तिको हलुंगो भएको छ ?थोरै मात्र हलुंगो भएको छ । दिमागमा अर्को कथा फुरिसकेको छ । मैले अर्को पुस्तक लेख्नुपर्छ । त्यसैले चाँडोभन्दा चाँडो अर्को कथा, नाटक लेख्न बसूँजस्तै भैसकेको छ ।जिन्दगीमा मोडलिङ गर्नुभयो, एयर होस्टेस बन्नुभयो, भिजे बन्नुभयो, रेडियो नाटक लेख्नुभयो । अब लेखकका रूपमा उदाउँदै हुनुहुन्छ । सबैभन्दा बढी रमाइलो केमा लाग्यो ?सबैमा रमाइलो छ । जुन कुरामा रमाइलो लाग्दैन, म त्यो काम गर्दै गर्दिनँ । बीचमा मिडिया भनेको त्यस्तै हो, पैसा कमाउनतिर लाग्नुपर्छ भन्ने लाग्यो । मैले बुद्ध एयरमा एयर होस्टेजका लागि एप्लाई गरें र छानिएँ पनि । तीन महिनाको सम्झौता थियो, तर एक महिनामै छोडें । म आफूलाई बोरिङ लागेको कुरा छाडिदिन्छु । म पैसाका लागि मात्र काम गर्दिनँ । जे मन पर्छ त्यही गर्छु ।किन लेख्नुहुन्छ ?बाल्यावस्थामा आक्रोश व्यक्त गर्न लेख्थें । छोरा मानिसहरू रिस व्यक्त गरिहाल्थे । म सीधै त्यसरी रिस व्यक्त गर्न सक्दिनथें । म डायरी लेख्थें । लेखन नै मेरो प्रिय साथी हो । म डायरीमा एकदम खुलेर लेख्न सक्छु । मेरो पुस्तकको पात्र जति आक्रोशित छ, मेरो पात्रले जति पीडा भोगेको छ त्यो पीडा पाठकहरूले बुझिदिए पुग्छ । पुस्तक पढ्ने मानिसलाई पनि त्यत्तिकै रिस उठोस्, रौं ठाडो हुने गरी आक्रोश उब्जियोस् ।जीवनमा के बन्ने सपना थियो ?मेरो सपना हरेक पटक फेरिरह्यो । स्कुल पढ्दा म समाजसेवी बन्न चाहन्थें । ११–१२ पढ्दा टेक्सटाइल डिजाइनर बन्ने रहर पलायो । स्नातक पढ्दा म टेलिभिजन कार्यक्रम चलाउँथे ।त्यतिबेला म सपनाविहीनजस्तै थिएँ । मेरा कुनै सपना थिएनन् । राम्री उद्घोषिका बन्नुपर्छ जस्तो मात्र लाग्थ्यो । स्नातकोत्तर पढ्दा राम्रो टक शो सञ्चालक हुनुपर्छ भन्ने थियो । ११–१२ सकेपछि मैले नाटक–लेखन सुरु गरेकी थिएँ । त्यतिबेला भित्रैबाट लेख्छु भन्ने लागेको थियो । कमिक्स तथा अपराध कथाहरू एकदम धेरै पढ्थें । लेखक भन्ने त त्यतिबेला मलाई थाहा पनि थिएन । यद्यपि कथावाचक बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।प्राय: कुन समयमा लेख्न रुचाउनुहुन्छ ?सुतेर उठ्नेबित्तिकै दिमागमा धेरै कुरा फुर्छ । दिमाग एकदमै सफा हुन्छ । मलाई कडा चिया चाहिन्छ । त्यसपछि जस्तोसुकै पुस्तक लेख्न सक्छु भन्ने जाँगर आउँछ । बिहान साढे ७ बजे लेख्न थाल्यो भने दिउँसो २ बजेसम्म निरन्तर लेखेको लेख्यै हुन्छु, तैपनि एक घण्टा मात्र बितेजस्तो हुन्छ । यो मेरा लागि ऊर्वर समय हो । त्यसकारण यो समयमा भोक नलागिदिए हुन्थ्यो भनेर प्रार्थना गर्न मन लाग्छ । म साँझ र रातिलेख्न सक्दिनँ ।मानिसका लागि अध्ययन किन जरुरी छ ?धेरै कुराले जरुरी छ । आफूले आफूलाई चिन्न अनि धेरै जिन्दगी देख्न–चिन्न अध्ययन आवश्यक छ । अध्ययन भनेको रिस र आक्रोश चिन्ने माध्यम हो । अध्ययनबाट संसारको रंग, सुगन्ध तथा स्वादको मज्जा लिन सकिन्छ । अध्ययन गर्नेहरू जहाँ गए नि कहिल्यै बोरिङ फिल गर्दैनन् । 

नारी संवाददाता, वैशाख ७, २०७५

-- पुरै पढ्नुहोस् --

छाउपडीविरुद्ध विद्यार्थी जागरण

छाउपडी प्रथा गैरकानुनी छ । अघिल्लो संसद्ले त्यसविरुद्ध कानुनसमेत बनाएको छ । तैपनि पश्चिमी पहाडका महिलाहरू एउटा ठूलो अन्याय र अमानवीय भेदभाव सहेर बसिरहेका छन् । यो मूलत: सामाजिक समस्या हो । व्यापक जनचेतना फैलाएर यसलाई घर–घरबाटै अन्त्य गरिनुपर्छ ।

जनक नेपाल, चैत्र ४, २०७४

-- पुरै पढ्नुहोस् --

मुख्य कुरा खेलप्रति रुचि हुनुपर्‍यो

अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाएर वा खेलाडीहरूलाई नै विदेश पठाएर उनीहरूको क्षमतामा थप निखार ल्याउनुपर्छ । सरकारले विद्यालय तहमै खेल अनिवार्य भनेर तोकिदिनुपर्छ भने बालबालिकालाई नि:शुल्क तालिम, खेलसामग्री, न्युट्रिसन, स्पोर्ट साइकोलोजिकल काउन्सिलिङ, फिजियोथेरापी आदि उपलब्ध गराउनुपर्छ ।

लक्ष्मी भण्डारी थापा, फाल्गुन ३, २०७४

-- पुरै पढ्नुहोस् --

महिलाहरूको स्थिति बदलिँदो छ

युवाहरूलाई टाढा पारेको मनपर्दैन । समय–समयमा युवाहरूको आवाज तथा भनाइ सुन्ने र सकेजति कार्यान्वयनमा ल्याउने काम गर्दा युवाहरूको आवाज सम्बोधन हुनसक्छ । युवाको भाषा बोलिदिने नेताहरू नै युवाहरूको रोजाइमा पर्छन् ।

नारी संवाददाता , माघ ५, २०७४

-- पुरै पढ्नुहोस् --

निर्माता–निर्देशकसँग व्यस्त छु

स्कुल–कलेज पढ्दादेखि नै सबैले तिमी नायिकाका लागि परफेक्ट छौ भन्थे । ममा पनि कुनै दिन नायिकाका रूपमा चलचित्रमा देखा पर्नेसम्म सपना थियो तर पहिलो चलचित्रबाटै चर्चित हुन्छु भनेर कल्पनासम्म गरेकी थिइन ।

नारी संवाददाता , पुस २७, २०७४

-- पुरै पढ्नुहोस् --

इजी स्लिमका विशेषता

मेसिन तथा भाइब्रेसनको सहायताले तौल घटाइने भएकाले उच्च रक्तचाप, मधुमेह, मुटु रोगी तथा गर्भवती महिलाले यो सेवा लिनु हुँदैन भने महिनावारीको समयमा तथा एचआइभी लागेकाहरूले पनि यो सेवा लिनुहुँदैन ।

नारी संवाददाता , मंसिर २०, २०७४

-- पुरै पढ्नुहोस् --

दीपाश्रीसँग छ प्रश्न

सरले मसँग पैसा छैन भनेर शुल्क लिनुहुन्नथ्यो । त्यो समयमा मसँग बस–टेम्पु चढ्ने तथा खाजा खाने पैसासम्म हुँ दैनथ्यो । रुझ्दै, गर्मीमा पोलिँदै बाग्मती पुलमा एक्लै हिँडेको कुरा अझै सम्झिरहन्छु । पहिलो पटक गाडी किनेर बाग्मती पुलको एक चक्कर लगाएको क्षण मेरा लागि अविस्मरणीय छ ।

सिर्जना दुवाल श्रेष्ठ, कार्तिक २४, २०७४

-- पुरै पढ्नुहोस् --

पहिलो पारिश्रमिकले नेपाली शब्दकोश किने

सानैदेखि अरुणा लामाका गीत गुनगुनाउँथेँ । पछि उहाँका गीत गाएर थुप्रै पुरस्कार समेत पाएँ । दीप श्रेष्ठ, सुकमित गुरुङ, रीमा गुरुङ तथा सिनी गुरुङको स्वरबाट प्रभावित छु । मैले आफ्ना बुबा–आमा (उदय–मनिला) को गायन शैलीबाट प्रभावित भएर गीत गाउन थालेकी हुँ । अहिलेका इन्दिरा जोशी, आस्था राउत तथा आस्था तामाङ मास्केको शैली मन पर्छ ।

नारी संवाददाता , कार्तिक ६, २०७४

-- पुरै पढ्नुहोस् --

कुकुरलाई माया गरेर सिकाउनुपर्छ

काठमाडौं मरुकी कुकुर प्रशिक्षक सुस्मिता रञ्जितलाई सानैदेखि कुकुरप्रति रुचि थियो । त्यसैले उनलाई विदेशमा रहेका दाइहरूले उपहारका रूपमा कुकुर नै ल्याइदिन्थे । एक्लै भएकाले मनमा धेरै कुरा खेल्ने, आफू के बन्ने भन्नेमा धेरै दोधारमा परेकी सुस्मिताले टाटु, डिजे एवं फेसन डिजाइनिङ आदिको प्रशिक्षणसमेत लिइन् यद्यपि उनले आफ्नो रुचिअनुसार कुकुरसम्बन्धी प्रशिक्षक बन्ने निधो गरिन् ।

सुस्मिता रञ्जित, कुकुर प्रशिक्षकआश्विन २२, २०७४

-- पुरै पढ्नुहोस् --

बढ्दैछन् घुमन्ते नेपाली

विश्वव्यापीकरणको वर्तमान अवस्थामा कुनै पनि मानिस कुवाको भ्यागुतो बनेर बस्न चाहँदैन । यद्यपि चाहना राख्नु र त्यसलाई कार्यरूपमा परिणत गर्नु फरक कुरा हुन् । विकासोन्मुख देश भएकाले आमनेपालीको आयस्रोत पनि त्यति बलियो छैन र आयस्रोत दर्‍हो हुनेहरू पनि जानकारी तथा भ्रमण संस्कृतिको अभावका कारण देश–विदेश चहार्न अघि बढ्दैनन् ।

अनिता पौडेल लामिछाने, आश्विन १०, २०७४

-- पुरै पढ्नुहोस् --

तीजको व्रत बस्दा

शरीरलाई दैनिक दुई लिटरभन्दा बढी पानी चाहिन्छ । व्रत बस्दा शरीरलाई अझ बढी पानी चाहिन्छ । नाच्दा वा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी र नुन बढी खेर जाने भएकाले शरीरलाई अझ बढी पानी चाहिन्छ । त्यसकारण तीजको व्रतमा अन्न नखाए पनि शुद्ध पानी, ग्लुकोज, जुस, फलफूल आदि खानु उत्तम हुन्छ ।

नारी संवाददाता , भाद्र ७, २०७४

-- पुरै पढ्नुहोस् --