पेरेन्टिङ

सन्तानलाई माया गरेर हुर्काऔं

 कुटपिट नगरी आफ्ना सन्तान तरह लाग्दैनन् भन्ने सोच धेरैको हुन्छ । तर डर, धम्की, त्रास एवं शारीरिक सजायले बालबालिकालाई गलत कुरा सिकाउँछ । उनीहरूको मस्तिष्कको कार्यदक्षतामा ह्रास आउँछ । आफूभन्दा ठूलाबाट पिटिँदा बालबालिकाहरू निराश र असहाय महसुस गर्छन् । जसले उनीहरूलाई उदास वा आक्रामक बनाउन सक्छ । त्यसैले हामी उनीहरूले जुन काम जसरी गरून् भन्ने चाहन्छौं, त्यो कसरी गर्ने भनेर पहिले नै राम्रोसँग सिकाइदिनुपर्छ । पिटाइले बालबालिकालाई समस्या समाधान गर्न सिकाउँदैन, बरु उनीहरूलाई दु:खी मात्र बनाउँछ । सानो उमेरमा अनुभव गर्नुपरेको आत्मग्लानि वा लघुताभासको चोट तिनको जीवनभर कायम रहन सक्छ । यसैले आफूले उनीहरूलाई कस्तो भाषामा के भनिदै छ भन्ने कुरा पनि हेक्का राख्नुपर्छ । शब्द र भाषाले पनि पिटाइले जत्तिकै बालमस्तिष्कमा आघात पार्न सक्छ । उनीहरूले कुन कुरामा गल्ती गरे, कसरी गल्ती गरे भन्ने कुरा राम्रोसँग बुझाइदिनुपर्छ । घरमा पनि आवश्यक पर्ने सरसफाइ, सुरक्षाका उपाय, खाना खाने, पढ्ने, मनोरञ्जन गर्ने र सुत्ने नियमका कुरा पनि सुरुदेखि नै सिकाउनुपर्छ । पिटाइले बालबालिकालाई क्रुद्ध, आक्रामक र रिसाहा स्वभावको बनाउने मात्र होइन उनीहरूमा प्रतिशोधको भावना पनि जन्माइदिन सक्छ । शारीरिक सजायले बालबालिकालाई के सही हो र के गलत हो भन्ने छुट्याउन नसक्ने बनाइदिन्छ । त्यसकारण अञ्जानवश कुटपिटमा संलग्न बालबालिकालाई कुटेरै ठीक पार्नुपर्छ भन्ने कुराले कुनै अर्थ राख्दैन । यसका लागि केहीबेर उनीहरूसित नबसिदिने, आफैंलाई सम्हालेर बालबालिकाप्रतिको आफ्नो धारणा सकारात्मक बनाइदिने, उनीहरूबाट कस्तो व्यवहार चाहने हो त्यस्तै आफूले उनीहरूसित गर्ने तथा अभिभावकका कुरा नमाने के हुन्छ भन्ने कुरा उनीहरूलाई पहिले नै बुझाइदिने गर्नुपर्छ ।  बालबालिकालाई पिट्नु भनेको अरूलाई पिट्नु पनि राम्रै कुरा रहेछ भनेर उनीहरूलाई शिक्षा दिनु हो । बालबालिकाले ठूला व्यक्ति वा अभिभावकको सिको गर्छन् । त्यसैले पिटाइबाट उनीहरूको मस्तिष्कमा अरूलाई पिटे पनि हुनेरहेछ भन्ने धारणा विकास हुन्छ । पिटाइले बालबालिकाको भावनामा चोट पुर्‍याउँछ । यसले उनीहरूको पढाइमा असर त पार्छ नै, उनीहरू साथी बनाउन नसकेर र साथीहरूको माझ घुलमिल हुन नसकेर एक्लो महसुस गर्न थाल्छन् ।

नारी संवाददाता , पुस १२, २०७३

-- पुरै पढ्नुहोस् --

बालबालिकालाई सजाय दिनु कति उचित ?

गल्ती गर्ने समय नै बाल्यकाल हो । आमाबाबुको भाषामा बालबालिका चकचके, छुकछुके तथा बदमास हुन्छन् तर यसो नगरी उनीहरू सक्रिय पनि हुँदैनन् । बालबालिकाको बदमासी र चकचकेपनलाई लिएर विभिन्न धारणा पाइन्छन् । एकथरीले गल्ती गरिहाले गल्ती महसुस गराउन भए पनि सजाय दिनुपर्छ भन्छन् भने अर्काथरी विशेषज्ञहरू सजाय दिनु गलत हुने बताउँछन् ।

नारी संवाददाता , पुस ४, २०७३

-- पुरै पढ्नुहोस् --

मातृत्वको गरिमा

मातृत्वको सुखद् अनुभूतिले नारीलाई आफू सम्पूर्ण हुनुको अनुभूति प्रदान गर्छ । आमा बन्नु र त्यसपछि साना शिशुको हेरचाह गर्नु जति नै कठिन किन नहोस्, हरेक महिला यो अनुभूति सँगाल्न चाहन्छन् ।

रोजिन शाक्य, असार २६, २०७३

-- पुरै पढ्नुहोस् --

कतै तपाईंका बालबालिका पियर प्रेसरको सिकार त छैनन्

बालबालिकाले जिद्दी गर्नु स्वभाविक हो तर तिनका मित्रजनको कुनै सामानमा हठ गर्नु वा त्यस्तै सर–सामानका लागि डिमाण्ड गर्नु पीयर प्रेसर भन्ने गरिन्छ ।

नारी संवाददाता , फाल्गुन ४, २०७२

-- पुरै पढ्नुहोस् --

बालबालिकाहरूको हाई एक्सपेक्टेसन

सबैभन्दा पहिले सर्वेक्षणको एउटा नतिजा हेरौं ।–वर्ष २००६ मा लगभग ६ हजार स्कुले बालबालिकाले आत्महत्या गरे ।–वर्ष २००९ सम्ममा यो आँकडा अरू बढ्यो ।

नारी संवाददाता , पुस १६, २०७२

-- पुरै पढ्नुहोस् --

जाडोमा नवजात शिशुको हेरचाह

जाडो मौसममा हावाको नरमपन हराउँछ, जसका कारण शिशुको छाला शुष्क हुन्छ । यस्तो स्थितिमा शिशुको मालिस जैतुनको तेलले गर्दा लाभ हुन्छ ।

नारी संवाददाता , पुस १०, २०७२

-- पुरै पढ्नुहोस् --

कस्तो हुनुपर्छ शिक्षक र अभिभावकको सम्बन्ध

बालबालिकाको पहिलो पाठशाला परिवार हो भने आमा पहिलो शिक्षक हुन्। बालबालिकाले आमाकै अनुभूतिबाट धेरै कुरा सिक्छन् र समाजको नियम–स्थितिका बारेमा जान्ने प्रयास गर्छन्।

रोजिन शाक्य, आश्विन २१, २०७२

-- पुरै पढ्नुहोस् --

डराउनु ठीक होइन

हाम्रा बालबालिका पहिलो पटक कहिले डराएका थिए ? बादलको गर्जनले, कोठामा अचानक अँध्यारो हुँदा, भूकम्प जाँदा, भीडमा अभिभावकको हात छुट्दा

रोजिन शाक्य, असार ६, २०७२

-- पुरै पढ्नुहोस् --

बालबालिकामा पियर प्रेसर

बालबालिकाले जिद्दी गर्नु स्वाभाविक हो तर साथीभाइको कुनै सामान देखेर त्यस्तै सामान प्राप्त गर्ने हठ गर्नुलाई पियर प्रेसर भनिन्छ ।

फाल्गुन ५, २०७१

-- पुरै पढ्नुहोस् --

साइबर वल्र्डमा बालबालिका

हरेक अवस्थामा मातापिता आफ्ना बालबालिकाका विषयमा चिन्ता मात्र गर्दैनन् त्यस्तो चिन्ता समयअनुसार परिवर्तन पनि भैरहन्छ ।

रोजिन शाक्य, माघ २, २०७१

-- पुरै पढ्नुहोस् --

बालबालिकालाई हुर्काउन प्रेमका पाँच भाषा

\'भाइ यसलाई त्रिशूलीमै फ्याँकिदिनुहोस्, फर्काएर फेरि नल्याउनुहोला । म यसको अनुहारै हेर्न चाहन्न ...\' भक्कानो छोडेर मलाई अंगालो हालेर उहाँ ग्वाँग्वाँ रुन थाल्नुभयो ।

पुस १, २०७१

-- पुरै पढ्नुहोस् --