चिठी

नारी बहस सान्दर्भिक

 सजनी खड्का, गोरखागत चैतको नारीमा प्रकाशित बहस ‘परिवार नियोजन र त्यसका असर’ सान्दर्भिक छ । वर्तमान व्यस्त जीवनशैलीमा भगवान्को कृपा मानेर जति जन्मिन्छन् त्यति नै सन्तान जन्माइरहनु कुनै पनि दृष्टिले उपयुक्त हुँदैन । यो कुरा नेपाली महिलाहरूले बुझेका छन् । परिवार नियोजनका साधनहरूलाई जन्मान्तरका लागि प्रयोग गर्नुपर्छ र अनिच्छित गर्भधारणबाट जोगिन यस्ता साधन असल मित्र हुन्छन् भन्ने धेरैलाई राम्रोसँग थाहा छ । यद्यपि यस्तो विषयलाई बहसमा ल्याएर नारीले चेतना फैलाउने काम गरेको छ । यसका लागि नारीलाई धेरै–धैरै धन्यवाद ।

नारी संवाददाता , जेष्ठ ७, २०७४

-- पुरै पढ्नुहोस् --

उपत्यकाबाहिरका कुरा बढी समेटिनुपर्‍यो

नारी पढ्दा राजधानी केन्द्रित पत्रिकाजस्तो लाग्छ । यसमा उपत्यकाबाहिरका कामकुरा नछापिने त होइनन् तर ती पर्याप्त छैनन् । उपत्यकाबाहिरका क्रियाकलाप समेट्न तथा मोफसलमा बसेर संघर्ष गरिरहेका महिलाहरूको जानकारी सबैसामु पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने नारीले त्यसतर्फ ठोस कदम चाल्न आग्रह छ ।

नारी संवाददाता , जेष्ठ ७, २०७४

-- पुरै पढ्नुहोस् --

अझ पठनीय होस्

म नारी नियमित रूपमा पढ्छु । विगत केही समययता नारीमा आउने पुरुषसम्बन्धी स्तम्भ निकै मन पर्छ । आगामी दिनमा यस्ता स्तम्भ अझ थप हुनु आवश्यक छ किनभने नारी–पुरुष एउटै सिक्काका दुई पाटा हुन् ।

नारी संवाददाता , जेष्ठ ७, २०७४

-- पुरै पढ्नुहोस् --

स्वतन्त्रता सबैको अधिकार

गत महिना ‘कति स्वतन्त्र छन् महिला ?’ पढेपछि लेख्न मन लाग्यो । आधुनिक नेपाली महिला यसअघिको तुलनामा निकै स्वतन्त्र त छन् तर कति स्वतन्त्र छन् र स्वतन्त्रताको मापदण्ड के हो भन्ने विषय बहस हुनसक्छ ।

नारी संवाददाता , जेष्ठ ५, २०७४

-- पुरै पढ्नुहोस् --

विद्यार्थी एवं अभिभावकका लागि

नयाँ शैक्षिक सत्र प्रारम्भ हुन लागेको छ । कुन शिक्षालयले आफ्नो उद्देश्य पूरा गर्न बढीभन्दा बढी सहयोग गर्लान् भनी विद्यार्थी एवं अभिभावकहरू उपयुक्त विद्यालयको खोजीमा लाग्ने बेला पनि यही हो । शिक्षा प्रदान गर्ने उद्देश्यले खुलेका सबै शिक्षण संस्थाका आ–आफ्नै विशेषता हुन्छन् ।

नारी संवाददाता , वैशाख ७, २०७४

-- पुरै पढ्नुहोस् --

सशक्तीकरण समयको माग

मानव बेचबिखनको समस्या विश्वभर छ जसबाट नेपाल पनि अछूतो छैन । अझ यो कुरामा बढी पीडित त महिलाहरू नै छन् ।

नारी संवाददाता , वैशाख ५, २०७४

-- पुरै पढ्नुहोस् --

असम्भव केही छैन

गत महिनाको विशेष सामग्रीअन्तर्गत प्रकाशित असम्भव केही छैन सार्‍है मन पर्‍यो । प्रकृतिले नै ठगेको अवस्थामा समेत हिम्मत नहारी उदाहरणीय काम गर्ने साहसी दिदीबहिनीहरूलाई सलाम छ । हामीकहाँ अझै पनि अपाङ्गहरूलाई हेर्ने दृष्टि त्यति सकारात्मक छैन ।

नारी संवाददाता , वैशाख ४, २०७४

-- पुरै पढ्नुहोस् --

पुरुषको साथ आवश्यक

आधुनिक महिलाका जिम्मेवारी पनि बढेका छन् । आधुनिक महिलाका लागि सिर्जित जिम्मेवारी जीवनकै ठूलो चुनौती बन्दै गएको छ ।

नारी संवाददाता , चैत्र ३, २०७३

-- पुरै पढ्नुहोस् --

युवा आशाले आश जगायो

हाम्रो सामाजिक व्यवस्थाका कारण महिलाहरू पुरुषमाथि निर्भर रहनुपर्ने तीतो यथार्थ छ तर क्षमताको कुरा गर्ने हो भने महिलाहरू पनि कम छैनन् ।

नारी संवाददाता , फाल्गुन ७, २०७३

-- पुरै पढ्नुहोस् --

समानता व्यवहारमा हुनुपर्छ

समानता र सशक्तीकरण अहिलेका सर्वाधिक चलेका शब्द हुन् । यथार्थ के हो भने सशक्तीकरणको अर्थ पुरुषसरह हुनु होइन भने समानता भनेको महिलाले पुरुषले गरेजस्तै काम गर्नुपर्छ भन्ने पनि होइन । यी दुवै शब्द महिलालाई सबल, सक्षम, आत्मविश्वासी भएर अघि बढ्न सक्ने वातावरण सिर्जना गराउने खालका छन् ।

नारी संवाददाता , फाल्गुन ६, २०७३

-- पुरै पढ्नुहोस् --

महिनावारी बार्नु ठीक होइन

गत महिना नारी विशेष स्तम्भअन्तर्गत महिलामैत्री छैन महिनावारी पढेपछि केही लेख्न मन लाग्यो । महिनावारी हुनु प्राकृतिक कुरा हो । जैविक दृष्टिले महिला तथा पुरुषको शारीरिक बनोट फरक हुन्छ । जैविक विशेषताकै कारण महिलाहरूलाई महिनावारी हुनुपर्ने बाध्यता पनि छ ।

नारी संवाददाता , फाल्गुन ५, २०७३

-- पुरै पढ्नुहोस् --