रोजगार

कसरी बन्ने फुड टेक्नोलोजिस्ट

 खाना पकाउने काम आफैमा एउटा कला हो र विज्ञान पनि । खानामा मरमसलाको प्रयोग कसरी गर्ने, मात्रा कसरी मिलाउने, त्यसलाई कसरी स्वादिष्ट बनाउने ? अधिकांश गृहिणीसँग यसको खास कला हुन्छ । त्यति मात्र होइन खाना कसरी पकाउँदा स्वस्थकर र पोषिलो हुन्छ भन्ने कुराको पनि ज्ञान हुन्छ ।अपवादबाहेक धेरैजसो महिला खाना बनाउन रुचि राख्छन् । कतिपयले त घरमै वा सानो उद्योग दर्ता गरेर व्यावसायिक रूपमै खानेकुरा बनाएर बिक्री गरिरहेका छन् । कतिपयले अचार, दालमोड, मिठाईं आदि बनाएर बजारमा पुर्‍याइरहेका छन् । यस्तै काममा रुचि भएकाहरूका निम्ति राम्रो करियर विकल्प हो–फुड टेक्नोलोजी । कस्तो छ सम्भावना ?अहिलेको व्यस्त जीवनमा सहरियाहरू भान्सामा खानाको जोरजाम गर्ने, पकाउने झन्झट लिन चाहँदैनन् । उनीहरू छिटो–छरितो रेडिमेड खानामा अभ्यस्त हुँदैछन् । त्यसैले बजारमा प्रोसेस्ड फुडको माग बढ्दो क्रममा छ । दैनिक छाक टार्नभन्दा पनि खाजाका रूपमा तयारी खाना खोज्नेहरूको संख्या बढ्दो छ । पकाउन झन्झट नहुने र समयको पनि बचत हुने भएकाले त्यस्ता परिकारमा उपभोक्ताको स्वाद बस्न थालेको हो । नेपालमा थुप्रै यस्ता कम्पनी छन् जसले तयारी खानेकुरा बनाएर उपभोक्तामाझ पेस गर्छन् । यसरी बजारमा लाने तयारी खाद्यपदार्थ स्वादिलो मात्र भएर पुग्दैन स्वास्थ्यमैत्री एवं पोषिलो पनि हुनु आवश्यक छ । तयारी खाद्यपदार्थलाई कसरी स्वादिलो, स्वस्थकर र पोषिलो बनाउने यसको ज्ञान एवं सीप फुड टेक्नोलोजिस्टमा हुन्छ । नेपालमा तयारी खाद्यपदार्थ उत्पादन गर्ने ठूला–ठूला कम्पनी छन् । ती कम्पनीलाई यस्तै जनशक्तिको आवश्यकता हुन्छ । बजारमा बढ्दो तयारी खाद्यपदार्थको माग र त्यस्ता खाद्यपदार्थ प्रशोधन गर्ने कम्पनीहरूको संख्या थपिएसँगै फुड टेक्नोलोजीका क्षेत्रमा रोजगारीका प्रशस्त ढोका खुला भएका हुन् । किन आवश्यक छ ?अहिले खेतीयोग्य जमिनको अनुपातमा उपभोक्ताको संख्या बढ्दो छ । प्राकृतिक प्रकोप, जलवायु परिवर्तनको विश्वव्यापी प्रभावले कृषि उत्पादनमा निरन्तर ह्रास आइरहेको छ । मागअनुरूप उत्पादन हुन नसकेकाले विषादी तथा रासयनिक मलखादको प्रयोग बढ्दो छ । यही समस्यालाई केही हदसम्म कम गर्न फुड टोक्नोलोजिस्टको भूमिका महत्वपूर्ण हुन्छ । फुड टोक्नोलोजिस्टले उत्पादित कृषि उपजलाई खाद्यपदार्थका रूपमा कुहिन वा नष्ट हुन नदिई खानयोग्य तुल्याउँछन् । त्यसो त मुलुकको कृषि उपजलाई तयारी खाद्यका रूपमा निर्यात गर्ने काममा पनि फुड टेक्नोलोजिस्टको भूमिका रहन्छ । दूधका परिकारदेखि मासुजन्य पदार्थ, फलफूलसम्मलाई प्रशोधन गरी लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सक्ने बनाइदिन्छन् । त्यसैले यी काममा फुड टोक्नोलोजी एवं प्रोसेस्डका लागि प्रशिक्षित फुड टेक्नोलोजीहरूको महत्व एवं आवश्यकता बढेको छ । कसरी बन्ने ?फुड टेक्नोलोजिस्ट कसरी बन्ने त ? यसका निम्ति प्रयोगात्मक ज्ञानसँगै शैक्षिक ज्ञान पनि हासिल गर्नुपर्ने हुन्छ । यो क्षेत्रमा करियर बनाउन चाहनेहरूले फिजिक्स, केमेस्ट्री, बायोलोजी वा म्याथमेटिक्स विषय लिएर प्लस टु अध्ययन गरेको हुनुपर्छ । फुड टेक्नोलोजीअन्तर्गत बीएस्सी इन फुड टेक्नोलोजी, बीएस्सी इन फुड न्यूट्रिसियन एण्ड प्रिजरभेसन, विटेक इन फुड इन्जिनियरिङ तथा एमएस्सी इन फुड टोक्नोलोजी आदि कोर्स उपलब्ध छन् । फुड टेक्नोलोजी र त्यससँग सम्बन्धित कोर्सअन्तर्गत खाद्यपदार्थलाई उचित तरिकाले भण्डारण गर्ने, प्याकेजिङ गर्ने तथा फ्रिजिङ गर्ने प्रविधिको जानकारी लिनुपर्छ । यसमा पोषक तत्वको अध्ययन, फल, मासु, वनस्पति वा माछाजस्ता छुट्टाछुट्टै विषय पनि समावेश हुन्छन् । कुनै पनि खाद्यपदार्थको उत्पादन, भण्डारण, परीक्षण, प्याकेजिङ र वितरणसम्मको काम फुड टेक्नोलोजिस्टले गर्नुपर्छ । यसअन्तर्गत मासु, फल, तरकारी, माछा, अन्न, दूध आदि सबै प्रकारका खानेकुरा समावेश हुन्छन् । फुड टेक्नोलोजिस्टको पहिलो काम कच्चापदार्थको परीक्षण, खाद्यपदार्थको गुणस्तर, खानेकुराको परीक्षण, न्यूट्रिसन भ्यालुको जाँचसँग सम्बन्धित हुन्छ । उनीहरूले खाद्यपदार्थको प्रशोधन, संरक्षण एवं त्यसलाई खराब हुनबाट बचाउने प्रविधि अपनाउँछन् । फुड टेक्नोलोजिस्ट वैज्ञानिक सोंचको हुनु जरुरी छ । उसलाई टेक्नोलोजी डेभलेपमेन्ट, हेल्थ वा न्यूट्रिसियन आदिमा रुचि हुनुपर्छ । यसका साथै जिम्मेवारी वा समूहमा काम गर्ने गुण हुनुपर्छ । राम्रो कम्युनिकेसन्स स्किल पनि चाहिन्छ । 

नारी संवाददाता , चैत्र १३, २०७३

-- पुरै पढ्नुहोस् --

मेकअप आर्टिस्टमा नाम पनि दाम पनि

वर्तमान प्रतिस्पर्धीे समयमा जोकोही आफ्नो करियरलाई लिएर जागरुक बन्दै गएका छन् । अहिले करियरका माध्यमबाट मानिसहरू दाम मात्र होइन नाम पनि कमाउन चाहन्छन् ।

नारी संवाददाता , माघ २५, २०७३

-- पुरै पढ्नुहोस् --

वेभरेज र बरिस्टामा रोजगारीको अवसर

युवापुस्ताको सीप, क्षमता एवं ज्ञानको कदर गर्ने अवसरका थुप्रै ढोका स्वदेशमै खुल्ला हुँदै गएका छन् । कतिपय कोर्स तथा विदेशी करिकुलम नेपालमा अध्ययनका लागि सम्भव नभएपछि शिक्षा र सीपका लागि अझै पनि युवाहरू दैनिकजसो विदेसिनु परेको तीतो यथार्थ हाम्रो सामु छ

नारी संवाददाता , माघ १६, २०७३

-- पुरै पढ्नुहोस् --

वेभरेज र बरिस्टामा रोजगारीको अवसर

युवापुस्ताको सीप, क्षमता एवं ज्ञानको कदर गर्ने अवसरका थुप्रै ढोका स्वदेशमै खुल्ला हुँदै गएका छन् । कतिपय कोर्स तथा विदेशी करिकुलम नेपालमा अध्ययनका लागि सम्भव नभएपछि शिक्षा र सीपका लागि अझै पनि युवाहरू दैनिकजसो विदेसिनु परेको तीतो यथार्थ हाम्रो सामु छ ।

नारी संवाददाता , माघ ९, २०७३

-- पुरै पढ्नुहोस् --

महिलाका लागि रोजगारी

महिलाको स्वभावअनुकूल रोजगारीले उनीहरूलाई सफल पनि तुल्याउ“छ ।

नारी संवाददाता , भाद्र ३०, २०७३

-- पुरै पढ्नुहोस् --

कसरी बन्ने फुड टेक्नोलोजिस्ट

नेपाली परिवेशमा पाककलासँग महिलाहरू सदियौंदेखि जोडिँदै आएका छन् । उनीहरूले घरधन्दाको कामसँगै थरीथरीका परिकार बनाएर परिवारलाई ख्वाउने जिम्मेवारी बहन गर्दै आएका छन् ।

शिव मुखिया , श्रावण १७, २०७३

-- पुरै पढ्नुहोस् --

मोडलिङमा कसरी करियर बनाउने ?

मोडलिग आज पनि युवावर्गलाई सपनाको संसार लाग्दछ तर अब यसलाई करियरका रूपमा पनि अपनाउन थालिएको छ ।

नारी संवाददाता , फाल्गुन १२, २०७२

-- पुरै पढ्नुहोस् --

महिलालाई क्लिनिङमा करियर

बिजनेस म्यानेजर जि.फोर.एस. सेक्युरिटी सर्भिसेज प्रा.लि.–महिलाका लागि राम्रो करियर बन्दै गएको क्लिनिङ पेसामा उच्च शिक्षा प्राप्त नगरे पनि कम पढाइ–लेखाइमै राम्रो आम्दानी गर्न सकिन्छ ।

नारी संवाददाता , फाल्गुन ७, २०७२

-- पुरै पढ्नुहोस् --

एमआर

मेडिकल रिप्रेजेन्टेटिभ अर्थात् एमआर पनि महिलाका निम्ति उपयोगी हुनसक्छ । धैर्यवान्, शालीन एवं नम्र व्यवहार भएकाहरूले यो क्षेत्रमा प्रगति गर्न सक्छन् । यद्यपि यो जति आकर्षक छ उत्तिकै चुनौतीपूर्ण र संवेदनशील पनि छ । यो मानव स्वास्थ्यसँग सोझो सम्बन्ध राख्ने काम हो ।

नारी संवाददाता , पुस ७, २०७२

-- पुरै पढ्नुहोस् --

सिटी गर्ल

​अस्वस्थकर खाना, प्रदूषित वातावरण, सुविधाभोगी दिनचर्या तथा यान्त्रिक जीवनशैली।

शिव मुखिया , पुस ६, २०७२

-- पुरै पढ्नुहोस् --

हेन्डिक्राफ्ट

कतिपय महिलालाई घरबाहिर गएर रोजगारी गर्न त्यति अनुकूल हुँदैन । घरधन्दा, सरसफाइदेखि बालबच्चा स्याहार्ने कामले उनीहरूलाई व्यस्त बनाउँछ । यस्तो अवस्थामा पनि घरमा बसेर काम गर्न सकिन्छ । त्यसको राम्रो विकल्प हो–हेन्डिक्राफ्ट ।

नारी संवाददाता , पुस ३, २०७२

-- पुरै पढ्नुहोस् --