घर

व्यवस्थित होस् स्टोर रूम पनि

घरको इन्टेरियर गर्दा ड्रइङ रुम, बेडरुम, किचन तथा लिभिङ एरियामा बढी केन्द्रित हुनुपर्छ । यस्तोमा स्टोर रुम घरको उपेक्षित कुना बन्न पुग्छ । जसले गर्दा घरको यो एरियाले सम्पूर्ण घरकै शोभा बिगार्छ । अत: स्टोर रुमको महत्व एवं आवश्यकतालाई बेवास्ता गर्नु हुँदैन । यसलाई व्यवस्थित राख्न त्यति मेहनत पनि गर्नु पर्दैन । त्यसका लागि स्पेस प्रयोग गर्ने सही उपाय मात्र अपनाए पुग्छ ।ठाउँ निश्चित गर्नुपर्छहरेक घरमा अचार राख्ने डिब्बा, पुराना कपडा, उपहार, कार्डस्, स्मृति चिन्ह, तकिया, ब्ल्याङ्केट आदि धेरै सामग्री हुन्छन् । ती सामग्रीलाई स्टोर रुममा व्यवस्थित गरी राख्नुपर्छ । घरमा कतिपय त्यस्ता सामान हुन्छन् जुन दैनिक प्रयोगमा आउँदैनन् तर भविष्यको आवश्यकताका लागि तिनलाई सुरक्षित राख्नुपर्छ । स्टोर रूममा धेरै प्रकारका सामान जम्मा हुन्छन् । यस्तोमा स्टोर रूममा सामान राख्ने स्थान आवश्यकताअनुरूप निर्धारण गर्नुपर्छ । स्टोर रुम भन्दैमा त्यहाँ सबै कुरा जम्मा गर्नु हुँदैन । जब सबै सामान राम्रोसँग व्यवस्थित रूपमा राखिन्छ तब कोठा बेल मेनेज्ड देखिन्छ ।सूची तयार गर्नेसबैभन्दा पहिले एउटा सूची बनाउनुपर्छ । त्यो सूची हेर्नेबित्तिकै कुन सामग्री कुन ठाउँमा राख्नुपर्छ सबै कुरा थाहा हुन्छ । कुन सामान दैनिक प्रयोगमा आउँछ र कुन अवसरअनुसार आफ्नो सुविधाअनुसार राख्नुपर्छ । यसले आवश्यक परेका बेला ती सामान सहज रूपमा फेला पार्न सकिन्छ । स्टोर गरिएका डिब्बामा लेवलिङ गर्नुपर्छ जसले गर्दा खोजेको बेला सजिलै प्राप्त होस् । स्टोर रुममा लाइटिङ र भेन्टिलेसन पनि सही हुनुपर्छ । प्राय: गरी बन्द कोठाबाट गन्ध आउँछ । यदि घरमा मुसा वा ओसको समस्या छ भने स्टोर रुमको विशेष ख्याल राख्नुपर्छ । झुन्ड्याउने सामानका लागि सुन्दर डिजाइनका हुक्स प्रयोग गर्न सकिन्छ ।यदि घर सानो छ भनेघर सानो छ भने पनि दु:खी हुनुपर्दैन । फ्ल्याट सिस्टमका घरमा यो आम समस्या हो । यसलाई समाधान गर्न बजारमा यस्ता थुप्रै विकल्प उपलब्ध छन् जसको उपयोग गरी आफ्ना सम्पूर्ण सामान व्यवस्थित गर्न सकिन्छ । बक्स भएको बेडसँगै स्टोरेज चेस्ट वा प्यानल्स पनि राख्न सकिन्छ ।अन्य कुरा    स्टोर रुमको ढोका ठूलो हुनुपर्छ जसका कारण आवश्यक ठूला सामग्री भित्र–बाहिर गर्न सकियोस् ।    सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ भने फ्लोर सफा रहनुपर्छ ।    स्टोरमा बढीभन्दा बढी सेल्फ हुनुपर्छ । सेल्फमा सर–सामान व्यवस्थित रूपमा राख्न सकिन्छ । यहाँ आलमारी पनि राख्न सकिन्छ ।    प्राय: प्रयोगमा आउने सामानलाई मुनितिर राख्नुपर्छ । बाँकीलाई माथिल्लो सेल्फमा राख्नु उपयुक्त हुन्छ ।भुइँमाभुइँमा मेन्टिटेन्स गरिरहनु नपर्ने सामग्री राख्नुपर्छ । अस्थायी स्टोरेज स्पेस पनि यस्तै मटेरियलको बनाउनुपर्छ । स्टोरेज गरिएका सामान नबिग्रिऊन् भन्ने हेतुले स्टोर रुम हावा लाग्ने तथा घामको उज्यालो आउने हुनु उपयुक्त हुन्छ । 

नारी संवाददाता , कार्तिक २८, २०७५

-- पुरै पढ्नुहोस् --

गायिका स्मिताको कोजी होम

डेढ रोपनी जग्गामा निर्मित यो घर बाहिरबाट हेर्दा बंगला स्टाइलको देखिन्छ । मुख्य ढोकाबाट भित्र छिरेपछि सानो बगैंचा छ जहाँ कोइरालाको रुखदेखि भोगटे तथा अम्बाका रुखहरूसम्म छन् । यो घर बाहिरबाट नयाँ स्टाइलको आवरणमा देखिन्छ भने भित्र नयाँ र पुरानोको फ्युजनमा तयार भएको छ । यो घरमा स्मिताका थुप्रै गीतको म्युजिक भिडियोसमेत छायांकन गरिएको छ ।

सिर्जना दुवाल श्रेष्ठ, चैत्र ६, २०७४

-- पुरै पढ्नुहोस् --

एक्सटेरियर र इन्टेरियरमा ए वान घर

इन्टेरियर डिजाइनको प्रक्रियामा धेरै विषय थपिँदै गएका छन् । पहिले इन्टेरियर भन्नासाथ घरभित्रको सजावट बुझिन्थ्यो भने अहिले बाहिरी सजावट अर्थात् एक्सटेरियरलाई पनि उत्तिकै महत्व दिन थालिएको छ । भैंसेपाटीस्थित भूपेन्द्र सिंहको यो घरलाई एक्सटेरियरदेखि इन्टेरियर लुकसम्मलाई भिन्न रूप दिइएको छ ।

सपना भुसाल सापकोटा, इन्टेरियर डिजाइनर, सपना भुसालपुस २०, २०७४

-- पुरै पढ्नुहोस् --

घरको नक्सासँगै इन्टेरियर योजना

इन्टेरियर डिजाइन घरमा बस्नेहरूको काम, स्वभाव तथा उनीहरूको व्यावहारिक गतिविधिअनुसार डिजाइन गरिन्छ । कोठाको आकार र उचाइमा विशेष ध्यान दिइन्छ । यसैका आधारमा फर्निचर, पर्दा, भित्ताको रंग आदि छनोट गरिन्छ । इन्टेरियरको महत्व बढेकैले पहिले घरको नक्सा डिजाइनलाई मात्र महत्व दिनेहरू अहिले इन्टेरियर डिजाइनका बारेमा पनि जिज्ञासा राख्न थालेका छन् ।

सिर्जना दुवाल श्रेष्ठ, कार्तिक ३०, २०७४

-- पुरै पढ्नुहोस् --

रिक्रियसन प्लेस अर्थात् बाथरुम

आजभन्दा करिब आधा दशकअघिसम्म पनि बाथरुमलाई पानी पोख्ने–पोखिने तथा दिसा–पिसाब गर्ने स्थानका रूपमा मात्र लिइन्थ्यो ।

लक्ष्मी भण्डारी थापा, वैशाख २, २०७४

-- पुरै पढ्नुहोस् --

फ्युजन स्टाइलको नेपाली घर

घर भनेको आफूलाई मन परेको म्युजियम हो । कामको सिलसिलामा दिनभरिको दौडधूपपछिको थकान लिएर घरमा छिर्दा घरको वातावरणले मेडिटेसनको काम गर्न सक्यो भने जीवन स्वत: स्वस्थ र रमाइलो हुन्छ ।

नारी संवाददाता , चैत्र ३१, २०७३

-- पुरै पढ्नुहोस् --

स्मार्ट होम डेकोर

परम्परागत लुकका लागि भित्तामा गाढा सेड्स पेन्ट गर्नुपर्छ । हरेक कोठालाई फरक–फरक रंगले सजाउनुपर्छ, जसले गर्दा हरेक कोठा फरक एवं विशेष देखिन्छ ।

नारी संवाददाता , माघ २३, २०७३

-- पुरै पढ्नुहोस् --

भान्सामा भण्डारण

भान्सालाई घरको अहम् हिस्सा मानिन्छ । यो भाग निकै चलायमान पनि हुन्छ । भान्सामा खाना तयार गरिन्छ । त्यसका लागि विविध वस्तुको आवश्यकता पर्छ । खाना तयार गर्दा चाहिने सामग्रीहरूको आ–आफ्नै महत्व हुन्छ । कुनै सामान लामो समयका लागि खरिद गर्न सकिन्छ भने कुनै सामान छोटो समयका लागि खरिद गरिन्छ । आफ्नो आवश्यकताअनुसार सामानहरूको भण्डारण गर्नुपर्छ ।

नारी संवाददाता , माघ ४, २०७३

-- पुरै पढ्नुहोस् --

परम्परागत भान्सा

भान्सा सजाउन रुचाउने तथा भान्सा डिजाइनमा कलात्मक सोच भएकाहरूका लागि नयाँ अवधारणा सिर्जना गर्ने कला परम्परागत भान्साले प्रदान गर्छ । यो भान्सा कालिगढको सीपमार्फत तयार पारिन्छ । पुराना विश्वप्रख्यात कालिगढहरूले बनाएको डिजाइनलाई आधार मानी परम्परागत भान्सा बनाइन्छ ।

नारी संवाददाता , पुस २८, २०७३

-- पुरै पढ्नुहोस् --

घरको ढोका कस्तो हुनुपर्छ ?

घरको ढोका सही ठाउँमा हुनुपर्छ । अन्यथा धेरै कुरामा समस्या आइपर्नसक्छ । घरको सुन्दरता बढाउने कुरामा पनि ढोकाको प्रमुख्य भूमिका रहन्छ ।

नारी संवाददाता , पुस २३, २०७३

-- पुरै पढ्नुहोस् --

सहज छ इन्टेरियर वार्म लुक

जाडो मौसममा न्याना कपडा तथा एसेसरिजले शरीर न्यानो बनाएजस्तै घरभित्रको वातावरण पनि त्यत्तिकै न्यानो बनाउनु आवश्यक हुन्छ ।

नारी संवाददाता , पुस २०, २०७३

-- पुरै पढ्नुहोस् --