समाचार

झमकको जीवन काँडा कि फूल अब पर्दामा

 साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ ।दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ ।विनोद विष्टले निर्माण गरेको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उनले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ ।शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश दिएकी घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पुर्‍याउने विश्वास चलचित्र निर्माता बताउँछन् । चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायतका कलाकारले अभिनय गरेका छन् । भने गायिका जुनु गौतमले गीत गाएकी छन् । चलचित्र आगामी चैत २२ गतेबाट देशभर प्रदर्शन गरिने बताइएको छ । 

नारी संवाददाता , पुस १, २०७५

-- पुरै पढ्नुहोस् --

फोटो पत्रकार शाह रिहा

फोटो खिच्ने क्रममा पक्राउ परेकी फोटो पत्रकार वर्षा शाह रिहा भएकी छिन् । देश सञ्चार अनलाइनमा कार्यरत शाहलाई फोटो खिच्न राष्ट्रपति कार्यालय शितल निवास पुगेको बेला हिजो अपराह्न प्रहरीले पक्राउ गरेको थियो ।

नारी संवाददाता , मंसिर २८, २०७५

-- पुरै पढ्नुहोस् --

मिस एन्ड मिसेज धौलागिरि

अभ्यास इभेन्टद्वारा आयोजित यो प्रतियोगितामा पर्वत र बाग्लुङका विवाहित तथा अविवाहित महिलाहरूले भाग लिइरहेका छन् । अडिसनमा सहभागी १७ जनामध्येबाट उत्कृष्ट १२ छनोट गरी विभिन्न तालिमपश्चात् अन्तिम प्रतिस्पर्धामा उतार्न लागिएको आयोजक संस्थाका प्रबन्धक इन्दु शर्माले बताइन्

नारी संवाददाता , मंसिर २७, २०७५

-- पुरै पढ्नुहोस् --

पर्सामा प्रदेश स्तरीय महिला अधिकार मञ्च गठन

पर्सामा प्रदेश स्तरीय महिला अधिकार मञ्च गठन भएको छ । वीरगंजको टाउन हलमा आवा सेतु सिंहको अध्यक्षतामा १३ सदस्य महिला अधिकार मञ्च गठन भएको हो ।

नारी संवाददाता , मंसिर २६, २०७५

-- पुरै पढ्नुहोस् --

अभिनेत्री बर्षा राउत सम्मानित

सेलिब्रेटी गेस्ट अफ अनर’को रुपमा कार्यक्रममा उपस्थित भएकी राउतलाई नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

नारी संवाददाता , मंसिर २५, २०७५

-- पुरै पढ्नुहोस् --

९९ जना स्वयंसेविकालाई साईकल

गाउँपालिकाले १५ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर साईकल वितरण गरेको हो ।निस्वार्थ सेवामा लागेका स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल बढाउनुका साथै उनीहरुलाई थप हौसला प्रदान गर्न साईकल वितरण गरिएको बताइएको हो ।

नारी संवाददाता , मंसिर २३, २०७५

-- पुरै पढ्नुहोस् --

उत्कृष्ट १२ मा टुङ्गीयो श्रृङ्खलाको यात्रा

करिब एक महिना लामो विश्व सुन्दरी प्रतियोगिता अन्तर्गतको उपाधि दौड यात्रा डिसेम्बर ८ तारिख बेलुकी सम्पन्न भएको छ । सान्या शहरमा संचालन भएको ६८ औँ संस्करणको विश्व सुन्दरी प्रतियोगिताको शीर्ष उपाधिको ताज २६ वर्षिया मेक्सिन सुन्दरी भेनिसा पोन्स डे लियनले उचालेकी छिन् ।

नारी संवाददाता , मंसिर २३, २०७५

-- पुरै पढ्नुहोस् --

मलेसियामा मैथिली थिम

तीन दिन चलेको उक्त फेसन विकमा नेपालसहित अमेरिका, भारत, मलेसिया, भियतनाम, फिलिन्स आदि देशका फेसन डिजाइनरहरू सहभागी थिए । मिथिला कल्चर झल्कने गरी डिजाइन गरिएका देवका १२ वटा पहिरन फेसन शोमा प्रदर्शन गरिएका थिए ।

नारी संवाददाता , मंसिर २०, २०७५

-- पुरै पढ्नुहोस् --

श्रृंखला खतिवडा मिस वल्र्डको फाइनलमा

मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्डको फाइनल चरणमा प्रवेश गरेकी छिन् । मल्टिमिडिया भिडियोमा उत्कृष्ठ बन्दै खतिवडा फाइनल चरणमा प्रवेश गरेको मिस वल्र्डको आधिकारीक पेजमा उल्लेख छ ।

नारी संवाददाता , मंसिर १८, २०७५

-- पुरै पढ्नुहोस् --

सबेरै उठ्नेमा क्यान्सरको जोखिम कम

अध्ययनकर्ताहरूका अनुसार बिहान सबेरै उठ्नेमा क्यान्सरको जोखिम ४० प्रतिशतले कम देखियो । सुत्ने समय र स्तन क्यान्सरको जोखिमका सम्बन्धमा केन्द्रित उक्त अध्ययन ४ लाख ९ हजारभन्दा बढी महिलामा गरिएको थियो ।

नारी संवाददाता , मंसिर १७, २०७५

-- पुरै पढ्नुहोस् --

महिला निर्देशित ‘अगेन्स्ट अल अड’ सर्वोत्कृष्ट

प्रतियोगितामा सर्वोत्कृष्ट हुने ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’लाई आइवार्ट नेपालका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले २५ हजारसहित पुरस्कार प्रदान गरिन् ।

नारी संवाददाता , मंसिर १७, २०७५

-- पुरै पढ्नुहोस् --