नारी विचार

प्रबासका नेपाली नारी

गाडी, बंगला, धन–दौलत, बिकाशको चरम उत्कर्षमा पुगेका मुलुकमा बिताइने भ्याकेसन आदिले पनि एन्टवेरपेन बेल्जियम निवासी सरु चापागाइको मन भरिदैन् । उनलाइ जन्मभुमी नेपाल र नेपालमा भएका इष्टमित्र तथा आफन्तको यादले हर क्षण सताइरहन्छ ।चितवनकी सरु चापागाइ त्यसैले एनआरएन आइसिसि वुमन कमिटी मार्फत नेपालमा बिभिन्न सेवा र सहयोगमुलक काममा उतैबाट खटिइरहन्छिन् । १६ बर्षदेखी त्यही बसोबास गरिरहेकी उनले नमस्ते रेष्टुरेष्ट सञ्चालन गरिरहेकी छिन् भने बिभिन्न संघ–संस्थामा आबद्ध भइ सामाजिक काममा समेत सक्रिय छिन् । १ छोरा १ छोरीकी आमा सरु परदेशमा बसेपनि आफ्नै मुलुक बनाउन पहल गर्नुपर्ने बताउंदै भन्छिन्– हामी यही बसेर पनि नेपालका लागी धेरै गरिरहेका छौं अब सरकारले बलियो निती सहित बिकाशका काम थाल्नुपर्छ । जहां रोजगार समेत सृजना होस् । हरेक युवा बिदेसिन नपरोस् । रेष्टुरां ब्यवसाय भएकाले राती ढिलो सुत्ने बिहान ढिलै काम शुरु गर्न अभ्यस्त चापागाइले भनिन– नेपालमा मात्रै बसिरहेका भए नेपाली महिलाहरुको शिक्षा र स्वास्थ्यमा यसरी कहां आफैं सहयोग गर्न सकिन्थ्यो र ? आफु त को संगा मागौंको स्थिती सृजना हुदैन्थ्यो भन्न सकिन्न । तर अहिले कसैले नदिए पनि अस्ति नेपालमा भुकम्प जांदा राम्रैं सहयोग गर्न सफल भएं । बेल्जियम कै लुभेन निवासी जानकी गुरुगं एनआरएन बेल्जियमकी संस्थापक कोषध्यक्ष्य, एनआरएन युरोपको डेपुटी–कोअर्डिनेटर, एनआरएन बेल्जियमकी अध्यक्ष्य तथा एनआरएन अन्तराष्ट्रिय समन्वयन समिती सदस्य समेत हुन् । चितवनकी जानकी नेपाल हुंदा शिक्षण पेशा पछि गैरसरकारी संस्थामा कार्यरत थिइन् । माओबादी द्धन्दकालमा बिदेसिन बाध्य भएको बताउने गुरुगं जुनबेला आफ्नो मुलुकलाइ बिपद पर्छ त्यो बेला संधै आफु उपस्थित भएको बताउंछिन् । उनका अनुसार बिदेशीएका महिलालाइ उद्धार गर्ने देखी, स्किल टास्क फोर्स समेत सञ्चालन गर्ने पहलमा जुटेकी जानकी महिलाको आर्थिक स्थिती सुधारका लागी शिक्षा र सीप बिकाशमा जोड दिनुपर्ने बताउंदै भन्छिन्– यहां सीप सिकेर कालान्तरमा आफ्नै मुलुक फर्किएर यही सीप लगानी गर्ने र अरुलाइ पनि सिकाउने योजना छ । लुभेनमा रेष्टुरेष्ट तथा रेमिट्यान्स ब्यावसायमा संलग्न उनी उतै बसेर पनि परेका बखत संस्थागत तथा ब्यक्तिगत तवरबाट नेपाल र नेपालीका लागी सक्दो सहयोग गरिरहेकी छिन् । चितवन शारदानगरी की जानकी मुलुकलाइ जुनबेला संकट पर्छ त्यो बेला एनआरएन अपस्थित हुनुपर्छ भन्ने मान्यता राख्छिन् । सीता सापकोटा कांग्रेस बृतमा सुनिएको नाम हो । प्रवास बसाइमा समेत ब्यापार र राजनितीलाइ संगै अगाडी बढाउन सफल उनी बागंलुगं लहरेपीपलमा जन्मिएकी हुन् । चीतवनको बिरेन्द्र क्याम्पस तथा काठमाण्डौको पद्यमकन्या क्याम्पसमा स्नातक पढ्र्दै गर्दा उनी बिद्यार्थी  राजनितीमा सक्रिय थिइन् । चितवनको आदर्श नारी क्लबको संस्थापक अध्यक्ष्य सीता बि.सं. २०४४ सालदेखी नै राजनितीमा होमिएकी हुन् । ०५४ मा तरुण दलको जिल्ला सदस्य हुदै ०५५ मा बिदेश पुगेकी उनी ०६४ मा पुन नेपाल फर्केर तरुण दलको प्रशिक्षण बिभागको केन्द्रिय सदस्य तथा केन्द्रिय महिला उपप्रमुख भएर राजनिती दौरानमा लागिन् । पांच बर्ष स्वदेश बसाइपछि पुन बिदेसिएकी उनले त्यही बसेर पनि नेपालका बिकट स्थानका महिला स्वास्थ्यका क्षेत्रमा काम गरिरहेकी छिन् । उनको कार्यकालमा संस्था मार्फत मुटुरोगी, मृगौलारोगी, थालेसिमलका बिरामी लगायत ग्रामीण भेगका बिद्यालयमा भवन निर्माण, बाडीपिडितलाइ सहयोग गर्ने काम भयो । सीत भन्छिन्– हामीले जन्मंदै रगत नहुने थालेसिमल जस्तो भयंकर रोगका बिरामीलाइ उपचार गरिरहेका छौं त्यसका अलावा बाडीपिडित लगायतका लागी २२ लाख रुपैंया उठाएर पठाइयो । नेपालमै बसिरहेका भए शायद यो कत्तिको सम्भव हुन्थ्यो ? भन्न सक्दिन् । एक–एक गर्दै सहयोग गर्न सकियो भने समृद्ध नेपाल बन्छ । सापकोटाका अनुसार शिक्षा महिला शसक्तिकरणको मुल शर्त हो त्यसपछि महिलालाइ बाहिर आउने बाताबरण सृजना हुनुपर्छ । कुनै जमानाकी सुन्दर नायिका पार्वती अधिकारी उसै गरी नेपाल बसिरहेका भए आफ्ना डाक्टर–इञ्जिनियर भइसकेका सन्तानलाइ यो स्थानसम्म पुऱ्याउन नसकिने बताउंछिन् । फेरी भेटौंला, कस्तुरी, बहादुर, सोल्टिनी, नमस्ते नेपाल लगायतका १३ वटा ठुलो पर्दाका चलचित्र तथा ८० भन्दा बढी टेलिसिरियलमा अभिनय गरिसकेकी पार्वती राजनैतिक अस्थिरता र तत्कालिन द्धन्दात्मक परिस्थितीले बिदेसिन बाध्य भएको बताउंछिन् । चितवन सहायता कोषकी निवर्तमान अध्यक्ष्य अधिकारी हाल युरो नेपाल कलाकार संघको अध्यक्ष्यका रुपमा कलाकार हकहित संरक्षणमा महत्वपुर्ण भुमिका निर्वाहा गरिरहेकी छिन् । नृत्यमा अब्ब अधिकारी बिदेश बसाइमा पनि नृत्य तथा अभिनय सिकाउंछिन् ।  भविष्यमा नेपाल फर्केर अभिनयमै लाग्ने इच्छा ब्यक्त गर्दै पार्वतीले भनिन– अब धेरै बिदेश बसिदैन् । आफ्नै मुलुक फर्केर अभिनयलाइ निरन्तरता दिने योजना छ । लुभेनमा इनारी नामक सुसी रेष्टुरेष्ट चलाइरहेकी मीरा डंगोल गुरुगंलाइ महिला शसक्तिकरणका लागी आर्थिक सम्पन्नताले महत्वपुर्ण भुमिका खेल्छ भन्ने लाग्छ । आफ्नै पनि भविष्य सुनिश्चितता र बालबच्चाको उज्ज्वल भविष्यका लागी बिदेशमा लामो बसाइ भयो भन्ने मीरा उतै बसेर पनि आफ्नो जन्मथलो रसुवामा मन्दिर, पुल निर्माण लगायतका सामाजिक कार्यमा सक्रिय छिन् । धर्मकर्ममा निक्कै आस्था राख्ने मीरा नेपाल फर्किएर केही नयां गरी दुइ–चार जनालाइ रोजगार दिने मनस्थितीमा छिन् । मीरा ले भनिन– हाम्रो देशमा पनि रोजागार र राम्रो निती नियम भए कसैलाइ बिदेसिने मन हुदैन् । एन्टवेयरपेनमा होफ भान एजन सञ्चालन गरिरहेकी अनुजा प्रधान पेशागत रुपमा ब्यावसायी भएतापनि चलचित्रकी नायिक समेत हुन् । नमस्ते नेपाल नामक नेपाली चलचित्रमा अभिनय गरेकी अनुजा सुन्दर, आकर्षक तथा फरासिली छिन् । १५ जनालाइ रोजगार दिइरहेकी युवापुस्ताकी उनले भनिन– नेपाल हुंदा एउटा साबुन किन्न पनि पसल पठाएनन अबिभावकले, अत्यन्तै निर्भर बनाएर राखे, यहां आएपछि अर्काकोमा काम गरें तर कहिल्यै कामदार हमसुस गर्न परेन् । यहां पेशागत सम्मान छ । मालिकले कामदारलाइ कहिल्यै हेपाहा ब्यवहार गर्दैनन् । यो कुरा हामी नेपालीले सिक्नै पर्छ । हामी नेपाली युवाहरु आत्मानिर्भर हुन र आफु अनुसारको सम्मान चाहान्छौं । नेपालमा आफु १८ बर्षकी हुंदासम्म आलु समेत किन्न जान नदिने बरु घर–घरकी कहानी हेराएर राखे घरभित्रै तर बिदेसिए पछि जीवन निर्वाहा सिकेको बताउछिन् ।  

लक्ष्मी भण्डारी, आश्विन ४, २०७३

-- पुरै पढ्नुहोस् --

पुनर्निर्माणमा पनि किन निराशा ?

जुनसुकै प्राकृतिक प्रकोपका कारण हुने क्षतिको न्यूनीकरण र बचावटका लागि महिलालाई प्रकोप व्यवस्थापनको प्रत्येक तहको ज्ञान र जिम्मेवारी दिनु

असार ६, २०७२

-- पुरै पढ्नुहोस् --