स्मार्ट होममेकर

वर्षायाममा ध्यान दिनुपर्ने कुराहरू

घरको भित्ता र छानामा हुने चुहावट – वर्षायाममा घरको भित्ता र छाना रसाउँछ कि भनेर विचार गर्नुपर्छ । रसाउँछ भने वाटरप्रुफ कोटिङको प्रयोग गरि रिपेयर गर्नुपर्छ । साथै सबै चिराहरू टाल्नुपर्छ । कौसीमा लुज टायल वा मिसिङ टायललाई रिप्लेस गर्नुपर्छ । जहाँबाट सिपेज हुन दिदैन । छतको पानी पाइपको मुख खोल्न बिर्सनु हुँदैन ।भेन्टिलेटर्सको प्रयोग– घरको जुन भित्तामा ओसेप हुने गर्छ त्यस्ता ठाउँमा भेन्टिलेटर्स बनाउनुपर्छ । यसो गर्नाले ओसेप कम हुनुका साथै ताजा हावा पास हुन मद्दत पुर्‍याउँछ । ताजा हावाले ओसिलो भित्तालाई सुक्न मद्दत पुर्‍याउँछ ।इलेक्ट्रिकल कुरा चेक गर्ने– वर्षायाममा घर बाहिरका एक्सपोज्ड बिजुलीका स्वीचलाई विशेष चेक गर्नुपर्छ र तुरुन्तै कभर गर्नुपर्छ । विशेष इलेक्ट्रिक रुममा कुनै सिपेज छ कि छैन भनी चेक गर्दा राम्रो हुन्छ । साथै कुनै इलेक्ट्रिक समस्या देखिएमा तुरुन्तै इलेक्ट्रिसियनसँग सल्लाह लिनुपर्छ । सिपेज हुने भित्तामा इलेक्ट्रिक बोर्डहरू परेमा विशेष हेरचाह साथै त्यसको समस्या समाधान गर्नुपर्छ ।कीरा–धमिराको आतंक– वर्षामा हुने चिसो तथा ओसको कारण धमिरा लाग्नु स्वभाविक हो । यस्ता किराबाट बच्नका लागि रसायनयुक्त स्प्रे प्रयोग गर्नुपर्छ ।वुडन फ्लोरिङको हेरचाह– पानी पर्ने सिजनमा वुडन फ्लोरिङमा ढुसी आउनसक्छ । त्यसैले यो मौसममा फ्लोरिङमा विशेष ध्यान दिनुपर्छ । चिसोको कारणले फ्लोरिङको सेप र क्वालिटी खत्तम हुन्छ । यस्तो हुन नदिनका लागि विशेष पलिस वा वाक्स पलिसको प्रयोग गरेमा फ्लोरिङ सुरक्षित रहन्छ ।काठको दराज र घर्रा – काठको दराज र घर्राहरूमा पनि वर्षायाममा एक किसिमको किरा लाग्ने गर्छ । त्यसैले कपडाको सुरक्षाको लागि कपुर, निमको पत्ता, ल्वाङ राख्नु राम्रो हुन्छ ।घर रिनोभेट गर्नुहुँदैन – रिनोभेट भन्नासाथ वाल पेन्टिङ, वाटर प्रुफिङ आदि कुराहरू आउँछन् । यो टेक्निकको प्रयोग गर्दा सूर्यको किरण आवश्यक हुन्छ । यो आफैंमा चिसो हुनाको कारण वर्षामा सुक्न गाह्रो हुनुका साथै ओस बढाउँछ ।  रिनोभेसन गर्ने कार्यहरू यो मौसममा नगरी पछि गर्दा राम्रो हुन्छ ।रट आइरन फर्निचर–  रट आइरन फर्निचर भन्नाले आउटडोर तथा मौसम सुहाउँदो फर्निचर बुझिन्छ । त्यसैले यस्ता फर्निचरमा वर्षाअघि नै एन्टिरस्ट पेन्ट कोटिङ गर्नुपर्छ । बास्ना नआउने हेयर कलर पनि प्रयोग गर्न सकिन्छ । यसले पनि फर्निचर रस्टिङ हुन दिदैन ।                             -सपना सापकोटा भुसाल, इन्टेरियर डिजाइनर     

सपना सापकोटा भुसाल, श्रावण ५, २०७४

-- पुरै पढ्नुहोस् --

राशिअनुसार होम डेकोर

मेष राशिका व्यक्तिहरू सिर्जनात्मक हुने भएकाले यिनीहरूलाई घर सजावटमा बढी रुचि हुन्छ । मेष राशिका मानिसहरू हरेक किसिमका फर्निचर, भड्किलो रंगको भित्ता, ट्ेरन्डी सामग्री एवं एसेसरिज आदिबाट आफ्नो घरको सजावटलाई फंकी टच दिन रुचाउँछन् । ठूलो तथा हावादार घर मन पराउँछन् भने काठको फ्लोरिङमा पनि रुचि राख्छन् । व्यायाम उनीहरूको दिनचर्याको एउटा महत्वपूर्ण हिस्सा हुन्छ ।

नारी संवाददाता , पुस २४, २०७३

-- पुरै पढ्नुहोस् --

ग्याजेट तथा होम अप्लाइन्सेसमा नयाँ प्रविधि

३३ सयदेखि ३५ सय ९० रुपैंयाँ पर्ने यस्ता कुकर मल्टी प्रपोज मात्र होइनन् मल्टी प्रयोग गर्न सकिने खालका छन् ।

लक्ष्मी भण्डारी थापा, आश्विन ३०, २०७३

-- पुरै पढ्नुहोस् --

चित्ताकर्षक फर्निचर

रको उपयुक्त शृंगारका लागि सुहाउँदा फर्निचर एवं फर्निसिङ पनि आवश्यक हुन्छ ।

लक्ष्मी भण्डारी थापा, आश्विन १८, २०७३

-- पुरै पढ्नुहोस् --

इन्डक्सन हिटरको प्रयोग र सावधानी

यसरी मिडियम फ्रिक्वेन्सी प्रयोग गरी बनाइएको खानाको मोलिक्युुलर स्टक्चरमा केही परिवर्तन हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । आधुनिक चुल्हो भए पनि यसबाट उत्पादन हुने चुम्बकीय तरङ्गको प्रतिकूल असर हाम्रो स्वास्थ्यमा बढी नै हुन्छ तसर्थ यसको प्रयोगमा सावधानी र सतर्कता अपनाउनु नै बुद्धिमानी हुन्छ ।

सुनी जोशी, पुस २, २०७२

-- पुरै पढ्नुहोस् --

फोनको स्मार्ट प्रयोग

फोनको स्मार्ट प्रयोगआदि ठाउँमा छेवैमा बसेको मानिसको चर्को रिङ टोन एवं मोबाइल वार्तालाप कसैलाई मन पर्दैन ।

चैत्र २, २०७१

-- पुरै पढ्नुहोस् --