सत्य­­­­/भ्रम

सौन्दर्य सामग्री सत्य भ्रम

धारणा : स्किन केयर प्रोडक्ट खरिद गर्दा उमेरमा ध्यान दिनु जरुरी छ ।यथार्थ : धेरैजसो प्रोडक्ट पाका उमेरका महिलाका लागि बनाइएको हुन्छ । त्यसैले आफ्नो इच्छाअनुसार यस्ता प्रोडक्ट खरिद गर्न सकिन्छ । यसमा उमेरको कुनै सीमा हुँदैन । यद्यपि ८० वर्षका महिलाहरूका लागि बनाइएको क्रिम ५० वर्षकाहरूले पनि खरिद गर्न सक्छन् तैपनि आफ्नो उमेरअनुसार क्रिम छनोट गर्नु उपयुक्त हुन्छ । धारणा : स्किन केयर प्रोडक्टले बोटोक्स तथा डर्मल फिलर्सले जस्तै असर गरिरहन्छ ।यथार्थ : कुनै पनि अध्ययनले स्किन प्रोडक्टले बोटोक्स वा डर्मलको जस्तो काम गर्छ भन्ने कुरा बाहिर ल्याएका छैनन् । बोटोक्सले मात्र बोटोक्सको जस्तो काम गर्छ । यही कुरा डर्मल फिलर्समा पनि लागू हुन्छ । बोटोक्स तथा डर्मलको इन्जेक्सनले छाला चाउरीरहित हुन्छ । स्किन केयर प्रोडक्टले मात्र चाउरीपन हटाउँछ भन्ने सोच्नु भ्रम हो । यसका लागि बोटोक्स नै उपयुक्त माध्यम हो । धारणा : छालाका लागि मिनरल ओयल उपयुक्त होइन ?यथार्थ : साधारणतया मिनरल ओयलका बारेमा गलत धारणा छ । सत्य के हो भने यो काँचो तेलबाट बनाइएको हुन्छ । यो पूर्णरूपमा प्राकृतिक हुन्छ, जुन नोक्सानदायक हुँदैन । यसको प्रयोग पूर्णरूपमा सुरक्षित हुन्छ । मिनरल ओयल सुख्खा छालाका लागि लाभदायक हुन्छ ।धारणा : ब्ल्याक हेड्स छालाको सरसफाइसँग सम्बन्धित समस्या हो ।सत्य : ब्ल्याक हेड्स छालाको सफाइसँग सम्बन्धित हुँदैन । हार्मोनल परिवर्तनसँगै सिबम ग्ल्यान्ड बढी क्रियाशील भएर सिबम निस्कन्छ जुन ब्ल्याक हेड्स हुने मुख्य कारण हो । 

नारी संवाददाता , श्रावण ३१, २०७४

-- पुरै पढ्नुहोस् --

खोपका सम्बन्धमा भ्रम

शिशुलाई एकपटकमा एउटाभन्दा बढी खोप दिँदा त्यसको गम्भीर साइड इफेक्ट हुन्छ, जसले शिशुको प्रतिरोधी प्रणालीमा असर पुर्‍याउँछ । दादुरा, रुबेला, गलगाँडजस्ता रोगलाई गम्भीर रोग मानिन्छ । यी रोगले बालबालिका तथा वृद्धवृद्धामा गम्भीर समस्या उत्पन्न गर्छन् ।

नारी संवाददाता , श्रावण १९, २०७४

-- पुरै पढ्नुहोस् --

पीडाको मुख्य कारण

जीवनशैलीमा आएको परिवर्तनका कारण हिजोआज धेरैजसोले पिठ्युँमा पीडा भएको गुनासो गर्छन् । यस्तो पीडासँग विभिन्न धारणा जोडिएको पाइन्छ । पिठ्युँको पीडा तथा अस्टियोपोरोसिसजस्ता समस्यासँग जोडिएका थुप्रै गलत धारणा छन् ।

नारी संवाददाता , माघ ११, २०७२

-- पुरै पढ्नुहोस् --

स्वास्थ्यसँग जोडिएका केही भ्रम तथा सत्य

नोट: सर्जरी, खासगरी नाक, कान, घाँटीको सर्जरीको तुरुन्तै पछि अमिलो फल नखानु वेश हुन्छ ।

उपासना पाण्डे, भाद्र ४, २०७२

-- पुरै पढ्नुहोस् --

नवजात शिशुसँग सम्बन्धित भ्रम तथा सत्य

शिशुहरू अत्यन्त कोमल तथा संवेदनशील हुन्छन् । त्यसैले नवजात शिशुको हेरचाह विशेष रूपमा गर्नु आवश्यक छ ।

चैत्र २, २०७१

-- पुरै पढ्नुहोस् --