सेलिब्रटी फेसन

सेलिब्रेटी फिटनेस एन्ड फेसन

 साराको राजचलचित्र रुद्रबाट डेब्यु गरेकी नायिका सारा सिर्पाली अहिले आफ्नो तेस्रो चलचित्र सुश्री सम्पत्तिमा व्यस्त छिन् । आफूलाई भर्सटाइल नायिकाका रूपमा स्थापित गर्ने रहर बोकेकी सारा अभिनयका साथमा आफ्नो सौन्दर्य र फिटनेसप्रति उत्तिकै सचेत छिन् । उनी चलचित्र तथा फेसन शोहरूमा समेत सक्रिय रहँदै आएकी छिन् ।फिट रहनफिट एन्ड फाइन रहनुपर्छ भन्ने मान्यता राख्ने सारा देख्दा सुन्दर मात्र होइन मानसिक रूपमा पनि सुन्दर र ताजा रहन हरसम्भव प्रयास गर्छिन् । पहिले फिटनेस क्लब धाउने सारा अहिले घरमै एक्सरसाइज गर्छिन् । उनले घरमै हिट वर्क आउट तथा कार्डियो गर्नुका साथै ५ केजी वेट उचाल्छिन् । घरमै हप्ताको ४ पटक जिम गर्छिन् । फ्याट कन्ट्रोलका लागि उनी मासु र चिनी खान्नन् भने हरिया सागसब्जी बढीभन्दा बढी खान्छिन् । सारा ब्रेकफास्टमा ४ थरिका फलफूल मिसाएर तयार पारिएको स्मुदी रुचाउँछिन् ।स्किन एन्ड हेयर केयरहरेक दिन क्लिन्जिङ गर्ने सारा हप्ताको एकपटक मह र लेमनको प्याक लगाउँछिन् । समय–समयमा फेसियल गराइरहने सारा राम्रो ब्रान्डको मात्र मेकअप सामग्री प्रयोग गर्छिन् । साराको केशको रंग नेचुरल हो, उनमा केश कलर गर्ने रहर छैन, त्यही भएर घरमै मेहन्दी लगाएर हेयर ट्रिटमेन्ट गर्छिन् ।पहिरनसारालाई स्मार्ट क्याजुअल लुक्स मनपर्छ । ट्राउजर, जिन्स तथा स्कर्ट उनलाई मनपर्ने आउटफिट हुन् । इभेन्ट तथा ठाउँअनुसार कस्तो पहिरन लगाउने उनले पहिले नै योजना बनाइसकेकी हुन्छिन् । सारा प्राय: प्रोग्राम, पार्टी वा मिटिङमा जानुअघि आफ्नी स्टाइलिस्ट तथा फेसन डिजाइनर सुनीता श्रेष्ठसँग सल्लाह लिन्छिन् । उनलाई सबैभन्दा मन पर्ने पहिरन भने जिन्स पाइन्ट र जिन्स ज्याकेट नै हो साथमा जिन्स, ट्राउजरसँग ब्लाउज र ब्लेजर पनि मन पर्छ । आफूलाई सुहाउने र युनिक पहिरनमा सबैको नजरमा पर्नुपर्छ भन्ने उनको मान्यता छ ।एसेसरिजसिल्भर, ह्वाइट गोल्ड तथा फ्युजन ज्वेलरी मन पराउने सारा नेकको एसेसरिज लगाउन बढी रुचाउँछिन् । धेरैजसो मसला विड्सवाट एसेसरिज लिने सारासँग इयरिङको राम्रै कलेक्सन छ । बजारमा कुनै नयाँ राम्रो इयरिङ देखियो कि किनिहाल्ने उनको बानी छ ।फुट वेयरसुटिङमा बाहेक उनी कमै मात्र हिल लगाउँछिन् । फ्ल्याट जुत्ता बढी लगाउने साराका प्राय: सबै जुत्ता युकेबाट पठाइएका हुन् । हिलमा त्यति सहज महसुस नहुने भएकाले उनीसँग विभिन्न डिजाइनका फ्ल्याट जुत्ताहरू छन् ।  

सिर्जना दुवाल श्रेष्ठ, श्रावण १, २०७५

-- पुरै पढ्नुहोस् --

सेलिब्रेटी फेसन र फिटनेस

छालाको सुरक्षाप्रति सचेत श्वेता कहिल्यै लहैलहैमा लागेर कस्मेटिक्स प्रोडक्ट प्रयोग गर्दिनन् । स्किनका लागि नियमित ट्रिटमेन्ट, क्लिन्जिङ एवं फेसियल गराइरहने श्वेता हयात होटलस्थित पार्लरको नियमित ग्राहक हुन् । केशलाई महिलाको गहना मान्ने श्वेता हेयर ट्रिटमेन्टका लागि विपिन हेयर सैलुन पुग्छिन् । उनी आफ्नो मेकअप आफैं गर्छिन् ।

सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ ११, २०७५

-- पुरै पढ्नुहोस् --

पहिरनमा व्यक्तित्व झल्कनुपर्छ

उनी प्राय:जसो सिम्पल मेकअपमा हिँड्छिन् तर एसेसरिजप्रति भने उनको गहिरो रुचि छ । निरु बजारमा आएका नयाँ एसेसरिज मन पर्नेबित्तिकै खरिद गरिहाल्छिन् ।

राधिका अधिकारी, फाल्गुन २२, २०७४

-- पुरै पढ्नुहोस् --

मुना गौचनको फेसन तथा फिटनेस मन्त्र

हरेक बिहान आधा घन्टा घरमै एक्सरसाइज तथा योग गर्छु । उठ्नेबित्तिकै मनतातो पानी पिउँछु । समय मिलाएर जिम जानुका साथै सन्तुलित भोजन मात्र खान्छु । कार्बाेहाइड्रेट कम तथा प्रोटिन बढी खान्छु । हरेक दिन फ्रेस जुस पिउँछु । गर्मीमा सुन्तला र मौसमको जुस पिउँछु भने जाडोमा सुपमा जोड दिन्छु ।

नारी संवाददाता , भाद्र ९, २०७४

-- पुरै पढ्नुहोस् --

वर्षा राउत

युवा पुस्ताले रूचाएकी नायिका हुन्–वर्षा राउत । चिटिक्क परेको शरीर एवं सुन्दर अनुहारकी धनी मात्र होइन पछिल्लो समय प्रदर्शित थुप्रै चलचित्रमा देखिएको वर्षाको परिपक्व भूमिकाका कारण उनलाई मन पराउनेहरू प्रशस्तै छन् ।

सरस्वती कटुवाल, श्रावण २३, २०७४

-- पुरै पढ्नुहोस् --

नायिका वर्षा राउतको फेसन

युवा पुस्ताले रूचाएकी नायिका हुन्–वर्षा राउत । चिटिक्क परेको शरीर एवं सुन्दर अनुहारकी धनी मात्र होइन पछिल्लो समय प्रदर्शित थुप्रै चलचित्रमा देखिएको वर्षाको परिपक्व भूमिकाका कारण उनलाई मन पराउनेहरू प्रशस्तै छन् ।

सरस्वती कटुवाल, असार २८, २०७४

-- पुरै पढ्नुहोस् --

सदबहार रूपकी धनी मिस नेपाल रुबी राणा

सन् १९९४ ताकाकी मिस नेपाल रुबी राणाको सुन्दरतामा कुनै कमी आएको छैन । राणा सदबहार रूपकी धनी मानिन्छिन् ।

सरस्वती कटुवाल, फाल्गुन १०, २०७३

-- पुरै पढ्नुहोस् --

सेलिब्रेटी फेसनमा दीपाश्री

कलाकारिता क्षेत्रको लामो अनुभव संगालेकी लोकप्रिय हास्यअभिनेतृ दीपाश्री निरौला केहीअघि प्रदर्शित सुपर हिट नेपाली चलचित्र छक्कापन्जाकी निर्देशक हुन् ।

सरस्वती कटुवाल, पुस २०, २०७३

-- पुरै पढ्नुहोस् --

सेलिब्रेटी फेसन

आकर्षक र धेरैबाट रुचाइएकी नायिका हुन्–नीता ढंगाना । नेपाली चलचित्रबाट आमदर्शकको मन जित्न सफल कलाकार हुन्–नायिका ढुंगाना ।

सरस्वती कटुवाल, कार्तिक ८, २०७३

-- पुरै पढ्नुहोस् --

सेलिब्रेटीहरूको तीज कार्यक्रम

हिन्दू महिलाहरूको महान् चाड तीज उनलाई रमाइलो लाग्ने पर्वमध्ये एक हो ।

सिर्जना दुवाल श्रेष्ठ, भाद्र १६, २०७३

-- पुरै पढ्नुहोस् --

माला लिम्बू नायिका

नवोदित नायिका माला लिम्बूले चलचित्र चलचित्र वान वेमार्फत डेब्यु गरेकी हुन् । मोडलिङबाट करियर सुरु गरेकी माला फिल्मी क्षेत्रमा प्रवेश गर्नु

सरस्वती कटुवाल, चैत्र २, २०७१

-- पुरै पढ्नुहोस् --